logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

स्थानीय तह निर्वाचनको रणनीति बनाउन एमालेले बोलायो राष्ट्रिय भेला, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनलगायतका विषयमा पार्टीको रणनीति तय गर्न राष्ट्रिय भेला बोलाएको छ। एमाले केन्द्रीय संगठन विभागका अनुसार आगामी मंसिर २ र ३ गते काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय भेला आयोजना हुने भएको हो।



भेलामा देशभरबाट ३ हजार १६४ जना प्रतिनिधि सहभागी हुनेछन्। भेलामार्फत पार्टीका नीति, पारित दस्ताबेज तथा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरिने एमालेले जनाएको छ।भेलाको व्यवस्थापकीय तयारीका विषयमा मंगलबार छलफल भएको केन्द्रीय प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।

छलफलमा एमाले उपमहासचिव लेखराज भट्ट, सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल, सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतलगायत उपत्यकाका पार्टी कमिटी तथा जनसंगठनका पदाधिकारी तहका नेताहरू सहभागी थिए।

उपमहासचिव भट्टले पार्टीका नीति, पारित दस्ताबेज र वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्।स्थानीय तह निर्वाचनको तयारी, पार्टीको संगठनात्मक अवस्था र आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुने भेलालाई एमालेले रणनीति निर्माणको महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend