logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

१० देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन


  • जन आकाश
  • बिहिबार, असोज २९ २०८३

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। समितिबाट भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भएको हो।



समितिबाट अनुमोदित प्रस्तावित राजदूतहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबरा रहेका छन्।

त्यसैगरी, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम अनुमोदन भएको छ।

यसैबीच, मलेसिया, जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतहरू क्रमशः चूडामणि खरेल, जिज्ञानकुमार थापा र गिरिबहादुर सुनारबारे समितिले निर्णय गर्न बाँकी रहेको जनाएको छ। उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा केहीबेरमा निर्णय लिने समितिको तयारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend