logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

प्रधानमन्त्री बालेन शाहद्वारा तेस्रो संस्करणको एनपिएल उद्घाटन


  • जन आकाश
  • मंगलबार, कार्तिक ११ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका छन्।



सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन्। उनीसँगै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि मैदान पुगेका थिए।

प्रधानमन्त्री शाह मैदान प्रवेश गर्दा क्रिकेट समर्थकहरूले हुटिङ गर्दै स्वागत गरेका थिए। उनले अम्पायरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्।

यसअघि एनपिएलका अघिल्ला संस्करणका उद्घाटन समारोहमा पनि प्रधानमन्त्री सहभागी भएका थिए।

प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा टस जितेको लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend