जन आकाश
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको अनधिकृत सार्वजनिक प्रदर्शन तथा प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई सूचित गरेको छ।
क्यानले जारी गरेको सूचनामा अनुमतिबिना खेलको प्रसारण गर्ने स्रोत प्रयोग गर्न वा त्यस्तो प्रसारणलाई पुनः प्रसारण गर्न पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ।
अनुमतिबिना सार्वजनिक रूपमा खेल प्रदर्शन गर्दा नेपालमा लागू कानुन तथा प्रसारण अधिकारसम्बन्धी सम्झौताको उल्लंघन हुन सक्ने क्यानले चेतावनी दिएको छ।
क्यानका अनुसार नेपालभित्र एनपीएलको विशेष प्रसारण अधिकार हिमालय स्पोर्ट्स र नेटटीभीसँग मात्र रहेको छ। त्यसैले सबै फ्रेन्चाइज टोली, खेलस्थल, कार्यक्रम आयोजक, प्रायोजक, साझेदार तथा अन्य सरोकारवालालाई अनधिकृत रूपमा खेल प्रदर्शन तथा प्रसारण नगर्न आग्रह गरिएको छ।
त्यस्तै, सार्वजनिक रूपमा खेल देखाउने कार्यक्रम, फ्यान पार्क तथा प्रचारात्मक अवलोकन कार्यक्रम सञ्चालन गर्दा हिमालय स्पोर्ट्सको आधिकारिक प्रसारण फिड वा नेटटीभीको आधिकारिक स्ट्रिमिङ सेवा मात्र प्रयोग गर्नुपर्ने क्यानले स्पष्ट पारेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend