जन आकाश
काठमाडौं । नेपाली कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण तत्कालका लागि रोक्ने तयारी गरेको छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको शपथ ग्रहण रोक्ने तयारी भएको पार्टीका एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिएका छन्।
सभापति गगन थापाले शपथ लिइसकेका छन्। बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण भने आज हुने तय भएको छ। तर, अदालतमा मुद्दा विचाराधीन रहेका यी चार जनाले तत्काल शपथ लिन नपाउने भएका छन्।
पार्टीका ती पदाधिकारीका अनुसार चारै जनाको केन्द्रीय सदस्य पदलाई तत्कालका लागि होल्डमा राख्ने तयारी गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend