logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

हेटौँडामा शिक्षा तथा सामाजिक विकासमन्त्री र प्रदेश विश्वविद्यालयहरूको सम्मेलन सुरु


  • जन आकाश
  • बिहिबार, कार्तिक १३ २०८३

काठमाडौं । उच्च शिक्षाको गुणस्तर सुधार तथा प्रदेशहरूबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौँडामा शिक्षा तथा सामाजिक विकासमन्त्री र प्रदेश विश्वविद्यालयहरूको सम्मेलन सुरु भएको छ।



कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन संघीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरेका हुन्। सम्मेलनमा सातै प्रदेशका प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी, सरकारी अधिकारी तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ।

सम्मेलनमा शिक्षाका असल अभ्यास, उपलब्धि र चुनौतीबारे अनुभव आदानप्रदान गर्नुका साथै संघ र प्रदेशबीचको समन्वय, प्रदेश विश्वविद्यालयको संस्थागत विकास तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका विषयमा छलफल हुने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend