logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कर्णालीबाट एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड मिलर


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले आफ्नो आगामी खेलमा दक्षिण अफ्रिकी स्टार क्रिकेटर डेभिड मिलरलाई मैदान उतार्ने भएको छ।



कात्तिक ९ गतेदेखि काठमाडौंमा जारी प्रतियोगितामा कर्णालीले हालसम्म तीन खेल खेलिसकेको छ। तीनमध्ये दुई खेलमा जित निकालेको कर्णालीले एक खेलमा भने हार बेहोरेको छ।

कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो। तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो।

अब कर्णालीले शुक्रबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर सहभागी हुनेछन्। उनको आगमनसँगै कर्णालीको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend