जन आकाश
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर मात्रै गरिएको बताएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। उनलाई उक्त जिम्मेवारीमा पठाएसँगै सरकारले एआईजी मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गरेको हो।
कार्कीलाई पदबाट हटाइएको विषयलाई लिएर विभिन्न चर्चा भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले भने यसलाई कारबाहीका रूपमा बुझ्न नहुने स्पष्ट पारेका छन्।
‘उहाँलाई कारबाहीको रूपमा हेर्न हुँदैन। जिम्मेवारी फेरबदल मात्रै भएको हो। उहाँलाई सुरक्षा सल्लाहकारको रूपमा राखिएको छ। अब नयाँ आईजीपी आउनुभएको छ, उहाँले गर्नुपर्ने आवश्यक काम गर्नुहुन्छ,’ मन्त्री पोखरेलले भने।
सरकारले भने कार्कीलाई नयाँ जिम्मेवारी दिएर प्रहरी संगठनको नेतृत्व परिवर्तन गरेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend