जन आकाश
काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटल र धौलागिरी पारिजात बचत तथा ऋण सहकारी संस्था नजिकै रहेको एक घर तथा गोदाममा भीषण आगलागी भएको छ।
आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासीको टोली घटनास्थलमा परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगलागीबाट थप क्षति हुन नदिन गोदामभित्र रहेका सामान तथा सामग्रीहरू सुरक्षित स्थानमा सार्ने कामसमेत तीव्र पारिएको छ।
आगलागीबाट भएको क्षतिको विवरण र घटनाको कारणबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend