logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ, ८९ लाखभन्दा बढीको कारोबार


  • जन आकाश
  • बिहिबार, कार्तिक २० २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन्।



पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका भारतको बिहार राज्य, भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन्।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलका खेलमा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा गराउने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्हालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ। पक्राउ परेका सिन्हालाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend