logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

म कम्जोर धरातलमा उभिएको छैन : गगन थापा


  • जन आकाश
  • बिहिबार, कार्तिक २० २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूलाई जोडेर बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। बिहीबार भिडियो सन्देश जारी गर्दै उनले आफ्नो नैतिकता र इमानदारीमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताएका हुन्।



बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर आफूविरुद्ध आरोप लगाइएको भन्दै थापाले कांग्रेसको आधिकारिकताको लडाइँमा एक रुपैयाँको पनि लेनदेन नभएको स्पष्ट पारे।

उनले आफ्नो हातमा कुनै दाग नरहेको र नैतिक धरातल कमजोर नभएको दाबी गर्दै विगतमा शक्तिशाली सरकार तथा आफ्नै पार्टी नेतृत्वको सरकारका गलत कामविरुद्ध समेत आवाज उठाउँदै आएको बताए।

आफू स्वच्छ र इमानदार भएकै कारण हरेक चुनौतीको सामना गर्दै अघि बढेको उल्लेख गर्दै थापाले शुभेच्छुकहरूलाई ढुक्क रहन आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend