जन आकाश
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट–२०२६ लाई सम्बोधन गर्दै उनले आगामी लगानी सम्मेलनअघि नै आवश्यक कानुनी तथा नीतिगत सुधार पूरा गर्ने सरकारको तयारी रहेको बताए।
मन्त्री लम्सालका अनुसार लगानी सम्मेलन विदेशी लगानीकर्तासमक्ष परियोजना प्रस्तुत गरेर प्रतिबद्धता जुटाउनेमा मात्र सीमित हुने छैन। लगानीको सुरक्षा, श्रमिकको अधिकार र बजारको सुनिश्चितताबारे पनि जानकारी गराइनेछ।
सरकारले स्वीकृति दिइसकेका आयोजना कसैले रोक्न नसक्ने गरी कानुनी व्यवस्था गर्न लागेको उनले बताए। साथै, नेपाली उत्पादन र स्वदेशी उद्योगलाई सार्वजनिक खरिदमा प्राथमिकता दिने निर्देशिका कार्यान्वयनमा आइसकेको जानकारी दिँदै आगामी दिनमा सरकारी तथा निजी क्षेत्रका निर्माणमा समेत स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने उनले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend