logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रतिशोधपूर्ण व्यवहार नगर्न र सूचना चुहावट रोक्न नवनियुक्त आईजीपी केसीको निर्देशन


  • जन आकाश
  • बिहिबार, कार्तिक २० २०८३

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले प्रहरी संगठनभित्र कसैप्रति पनि प्रतिशोधपूर्ण व्यवहार नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।



दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी प्रधान कार्यालय पुगेर कर्मचारीलाई निर्देशन दिँदै उनले संगठनका संवेदनशील सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अपनाइने बताए।

उनले प्रहरी कर्मचारीको सरुवा तथा बढुवा कामको आधारमा हुने व्यवस्था मिलाइने स्पष्ट पार्दै कुनै पनि प्रलोभन, प्रभाव र दबाबमा नपरी जिम्मेवारी पूरा गर्न निर्देशन दिए। केसीले नेपाल प्रहरीलाई थप सक्षम, व्यावसायिक, प्रविधिमैत्री र नागरिकप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्ने आफ्नो प्राथमिकता रहेको बताए।

त्यस्तै, प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन कार्य वातावरण सुधार, कल्याणकारी कार्यक्रम र क्षमतामा आधारित वृत्ति विकास प्रणालीलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे। उनले आपराधिक गतिविधिमा कठोर हुँदै आम नागरिकसँगको व्यवहारलाई थप मर्यादित र जनउत्तरदायी बनाउन प्रहरी कर्मचारीलाई आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend