जन आकाश
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी साढे चार वर्षसम्म निरन्तर काम गरेर अर्को निर्वाचनमा अझ ठूलो शक्तिका रूपमा फर्किने दाबी गरेका छन्।
नेपाल इन्फ्रास्ट्रक्चर समिटसम्बन्धी कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको करिब आठ महिनासम्म सरकारका काममा कसैले औँला ठड्याउन नसकेको जिकिर गरे। उनले सरकारका सबै निकायबीच समन्वय गरेर काम भइरहेको बताए। वाग्लेले मुलुकमा लामो समयसम्म सरकार पाँच वर्ष टिक्न नसकेको इतिहास तोड्ने दाबी गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन र कानुनी सुधारलाई प्राथमिकता दिएको बताए।
उनका अनुसार सरकारले १६६ वटा ऐनमाथि काम गरिरहेको छ भने ५९ वटा ऐनलाई एउटै प्याकेजमा अघि बढाउने तयारी छ। त्यस्तै, आठदेखि १० वटा ठूला पूर्वाधार आयोजना एकैपटक अघि बढाउने र विकासमा निजी क्षेत्रको लगानी बढाउने सरकारको योजना रहेको उनले बताए। सुशासनको प्रयासले राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पारेको उनको दाबी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend