logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा


  • जन आकाश
  • बिहिबार, कार्तिक २० २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार हुने पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। अब लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्नेछ।

अंक तालिकामा लुम्बिनी ३ खेलबाट २ जित र १ बराबरीसहित ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। यता, जनकपुर ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेर चौथो स्थानमा छ। रोचक पक्ष के छ भने जनकपुर पहिलो संस्करणको र लुम्बिनी दोस्रो संस्करणको उपाधि विजेता टोली हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend