जन आकाश
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले वृद्धि भएसँगै सुनको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend