logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आइजिपीबाट हटाउने निर्णयविरूद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट


  • जन आकाश
  • बिहिबार, कार्तिक २० २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।



कार्कीले वारेसमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट पठाएका हुन्। उनले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न माग गरेका छन्।

अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार रिट सर्वोच्च अदालतमा पठाइसकिएको छ। हाल सर्वोच्च अदालतले रिटको अध्ययन गरिरहेको भए पनि दर्ता भने भइसकेको छैन।

‘रिट पठाइसकेका छौँ। सर्वोच्चले अध्ययन गरिरहेको होला,’ अधिवक्ता कुँवरले भने। सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। उक्त निर्णय गैरकानुनी रहेको दाबी गर्दै कार्कीले आफ्नो पदमा पुनर्बहालीको मागसहित सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend