जन आकाश
काठमाडौं । सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कको एउटा क्यानले कसैलाई मोटरसाइकल त कसैलाई स्कुटरको मालिक बनाएको छ। म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत भाग्यशाली विजेतालाई पुरस्कार हस्तान्तरण गर्न थालिएको हो।
अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई तीन वटा मोटरसाइकल र एउटा स्कुटर हस्तान्तरण गरिएको छ।
काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ। म्याक्स टाइगर इनर्जी ड्रिङ्कको क्यानको बिर्कोमार्फत पुरस्कार जितेका उनीहरूले आफ्नो जितको पुरस्कार प्राप्त गरेका हुन्।
त्यसैगरी, विराटनगरको पुरानो गुद्रीमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममा धरानका अनोज कुमार अधिकारीले स्कुटर प्राप्त गरेका छन् भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल हात पारेका छन्।
मोटरसाइकल प्राप्त गरेपछि विजेता सुमन कर्माचार्यले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठूलो पुरस्कार प्राप्त हुने कल्पनासमेत नगरेको बताए। मोटरसाइकल जितेको खबरले उत्साहित बनाएको उल्लेख गर्दै उनले पुरस्कार हात पर्दाको खुसी शब्दमा व्यक्त गर्न कठिन भएको प्रतिक्रिया दिए।
अर्का विजेता विनोद ढुंगेलले पनि म्याक्स टाइगरको अभियान आफ्ना लागि अप्रत्याशित खुसीको अवसर बनेको बताए। सामान्य रूपमा इनर्जी ड्रिङ्क खरिद गर्दा मोटरसाइकल जित्ने अवसर मिल्नु विशेष अनुभव भएको उनको भनाइ छ।
यस्तै, स्कुटर विजेता अनोज कुमार अधिकारीले पुरस्कार प्राप्त गर्नु आफ्नो लागि खुसीको क्षण भएको बताए। विराटनगरका मोटरसाइकल विजेता विनोद पोखरेलले पनि सामान्य खरिदबाट मोटरसाइकल जित्ने अवसर पाउनु विशेष उपलब्धि भएको प्रतिक्रिया दिएका छन्।
म्याक्स टाइगरको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन्। तर, पुरस्कार जित्ने अवसर अझै बाँकी रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अभियानमा थप ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी छ। विशेषगरी बम्पर पुरस्कारमा राखिएको प्रोटोन कारले उपभोक्तामाझ थप आकर्षण र उत्सुकता बढाएको कम्पनीको दाबी छ।
सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्कको क्यानको बिर्कोलाई आकर्षक पुरस्कार जित्ने अवसरसँग जोड्दै म्याक्स टाइगरले देशका विभिन्न सहरका उपभोक्तालाई अभियानमा सहभागी गराउँदै आएको छ।
नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भइरहेको एक्सट्रिम फ्यानजोनमार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रम सुरु भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend