logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

देउवा समूहद्वारा नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनीत


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८३

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधानलाई मनोनीत गरेको छ ।



देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा। शशांक कोइरालाले प्रधानलाई संघको अध्यक्षमा मनोनीत गरेका हुन् ।

प्रधानलाई आगामी छ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित प्रधानलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको संयोजक कोइरालाको सचिवालयले जनाएको छ ।

कराते तथा किक बक्सिङ खेलसँग आबद्ध प्रधान खेलकुद क्षेत्रको विकास र संगठनात्मक गतिविधिमा समेत सक्रिय छन् । संघको महासचिव रहिसकेका प्रधान देउवा समूहबाट कांग्रेसका महासमिति सदस्य रहेका छन् ।

देउवा समूहले यसअघि भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल दलित संघमा समानान्तर अध्यक्ष मनोनीत गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend