जन आकाश
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ।
कार्कीले बिहीबार आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। उक्त रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
यसअघि अध्ययनका क्रममा रहेकाले बिहीबार रिट निवेदन दर्ता हुन नसकेको बताइएको थियो। पछि आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गरिएको हो।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। तर, कार्कीले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझिसकेका छैनन्।
आफूलाई पदबाट हटाउने सरकारको निर्णय गैरकानुनी रहेको दाबी गर्दै कार्की न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend