logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य, ओपनरद्वयको उत्कृष्ट सुरुवात


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८३

काठमाडौं । दुवै ओपनरले आक्रामक सुरुवात गरेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससामु जितका लागि १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।

सुदूरपश्चिमका ओपनर सैफ जैब र विनोद भण्डारीले ७.३ ओभरमा ६८ रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

भण्डारीले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए। उनी रनआउट भए। अर्का ओपनर सैफ जैबले २४ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३५ रन बनाए। उनलाई सूर्य तामाङले बोल्ड आउट गरे।

त्यस्तै, ब्रान्डन म्याकमुलेनले २४ रन बनाउँदा नन्दन यादवको बलमा क्याच आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा मार्क वाटको बलमा आउट भए।

इशान पाण्डेले १३ बलमा ३ छक्कासहित २३ रन बनाए। उनी पनि मार्क वाटकै बलमा क्याच आउट भए। आरिफ शेखले ११ रन बनाए। थरिन्दु रत्नायके २२ र स्कट कुग्लेजिन १३ रनमा अविजित रहे।

कर्णाली याक्सका लागि मार्क वाटले सर्वाधिक २ विकेट लिए। उनले २७ रन खर्चिए। त्यस्तै नन्दन यादव, हुसैन तलात र सूर्य तामाङले समान १ विकेट हात पारे। १७७ रनको लक्ष्य पछ्याउन कर्णाली याक्सले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend