जन आकाश
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
आइतबार मधेश प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले प्रदेशमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने बताएका छन्।
उनले सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी दिँदै भोलिदेखि नै त्यसको प्रक्रिया अघि बढाउने बताए।
यसअघि शनिबार प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend