जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले नयाँदिल्लीमा स्वागत गरेका छन्।
सोमबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यमन्त्री प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरेका हुन्। त्यसक्रममा शाहले भारतको स्थानीय सांस्कृतिक नृत्यसमेत अवलोकन गरेका थिए।
प्रधानमन्त्री शाहले आजै साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend