logo आइतबार, मंसिर ६ २०८३ | Sunday 22nd November 2026
logo

आइतबार, मंसिर ६ २०८३ | Sunday 22nd November 2026

बागमतीका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी


  • जन आकाश
  • आइतबार, मंसिर ६ २०८३

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।



केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धान गर्न उच्च अदालत पाटनबाट गत साता पक्राउ अनुमति लिएको स्रोतले जनाएको छ।

यसअघि प्रहरीले बानियाँका छोरा दीक्षान्तलाई पक्राउ गरेको थियो। त्यस्तै, वैशाखमा सम्पत्ति शुद्धीकरण विभागले बानियाँको घरमा छापा मारेको थियो।

बानियाँ २०८२ साउन २० देखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend