logo आइतबार, मंसिर ६ २०८३ | Sunday 22nd November 2026
logo

आइतबार, मंसिर ६ २०८३ | Sunday 22nd November 2026

सवारी दुर्घटना कम गर्न सवैपक्ष जिम्मेवार हौं 


  • जन आकाश
  • आइतबार, मंसिर ६ २०८३

नेपालमा नेपालीहरुको मूख्य पर्वहरुको समयमा सवैभन्दा बढी दुर्घटना हुने गरेको छ । नेपाल ट्राफिक प्रहरीले दिएको अभिलेख अनुसार २०८३ असोज २० वाट कार्तिक ३० गते सम्मको दुघर्टना रेकर्डमा सवैभन्दा बढी कोशी प्रदेशमा १७९६ वटा सवारी साधन दुर्घटना भएका छन्। दोस्रो बढी दुर्घटना हुनेमा मधेश प्रदेश छ । त्यो ४० दिनमा मधेशमा १५४९ सवै खालका सवारी गरी दुर्घटना भएका हुन् । तेस्रोमा लुम्बिनी प्रदेशमा १५१६ दुर्घटना भएका छन् । सुदुरपश्चिममा ७५९, उपत्यकामा ६६८, कर्णाली प्रदेश ५६२, बागमती प्रदेश ५३९, बागमती प्रदेशको उपत्यकाका वाहेकको हो । त्यो ४० दिनको आकाडामा सवैभन्दा कम दुर्घटना गण्डकी प्रदेशमा देखिन्छ । सवैभन्दा धेरै मोटरसाईकल सवारी साधन दुर्घटना भएका छन् । त्यो ४० दिनको अवधिमा १३४३ सवारी साधन दुर्घटना भएका छन् । जीप कार ८८२ रहेको छ । शा.स.चल्ने ३६७ रहेको छ । बस १७९, टेम्पो ५२९, ट्याक्टर १२६, डोजर–लोडर–स्काभेटर ११, टिपर ४१, ट्रक टेलर २११, माईक्रो १४५, गरी सावारी साधन दुर्घटना भएको देखिन्छ । कारणहरु जे जे भएपनि यो ४० दिनको अवधिमा घाइतेको संख्या सात हजारको हाराहारीमा देखिन्छ यो निक्कै ठूलो छ । मृत्यु हुने संख्या पनि त्यतिकै डरलाग्दो छ । यस्ता दुर्घटना कम गर्न सम्बन्धित सवै पक्षले ध्यान नदिने हो भने आउदा दिनमा झनै दुर्घटना बढेर जाने देखिन्छ ।



विशेष गरेर मोटरसाईकल चाडबाडमा सार्वजनिक सवारी साधन नपाउदा मोटरसाईकलमा बच्चा राखेर त्यसमा पनि दुईजना सम्म चढ्न मिल्ने मोटसाइसकलमा चारजना चारजना लोड हालेर पनि सामानहरु झुण्ड्याएर लामो दुरीमा यात्रा गर्दा यस्तो दुर्घटना बढी भएको देखिन्छ ।

अर्को लामो दुरीमा चल्ने सवारी साधनहरुमा दशैको वेला धेरै काठमाडौवाट गाउँतर्फ जाने उतावाट फर्कदा खाली हुने खाली सर्वाजनिक यातायात जस्तै बस, सुमो, र्माइक्रो पुग्न साथ फर्किएर आउने त्यसपछि यतावाट लोड बढी हुने निद्रा नपुग्ने र बाटामा चालक अर्थात ड्राईभर निदाउदा सवारी साधन अनियत्रित भई दुर्घटना हुने, प्राइभेट कारहरु लिएर आफ्नो गाउँ जानेहरुले सडको जानकारी त्यति नभएका र कतै खाल्डो, कतै कच्ची भएका सडकमा स्पीडको गति र मोडहरुको जानकारी नहुदा अनुभव विनै बढी स्पीड सवारी साधन कुदाएको कारण जस्ता समस्याले दुर्घटना भएको देखिन्छ । त्यति मात्र होइन प्राइभेट कारहरु भरर्खर भरर्खर किनेका तर अनुभव राम्रो भईनसकेकाहरुले लामो दुरीमा लिएर जादा दुर्घटना भएका उदारण धेरै रहेका छन् ।

सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुहरु पनि उत्तिक्कै जिम्मेवार हुनुपर्छ । स–सना विषयमा विवाद गर्ने ड्राईभरलाई उत्तेजित पार्ने झझगडा गर्ने जस्ता कार्यले पनि दुर्घटना हुन सक्ने हुन्छ । अर्को सर्वाजनिक सवारी साधन ड्रईभरका घर परिवारले चाडबाडको बेला धेरै मानिसको जिम्मेवारी लिएर सवारी साधन चलाउने आफ्नो पतिलाई समयता अपनाई व्यवहार गर्न सामाजिक चेतना हुनुपर्छ ।

ट्राफिक प्रहरीले चाडबाडको बेला मात्र होइन अन्य वेलमा पनि अनुभव नभएमा ड्राईभर बिग्रेका दुर्घटना हुन सक्ने सवारी साधनहरुको अनुगमन गरी लामो दुरीमा चल्ने फ्रेस सवारी साधनहरुलाई मात्र चल्न दिने दिर्धकालीन नीति बनाउनुपर्छ ।

विशेष गरेर नागरिकले चाडबाड ज्यान फाल्नका लागि मनाउने होइना सम्भव भएसम्म मनाउने हो भन्ने चेत आउनुपर्छ । सवारी साधन पाईएन भनेर झुण्डिएर ट्रिपरमा बसेर बलेरो पछाडी बसेर मोटरसाईकलमा ४÷५ जना बसेर यात्रा गर्नुहुदैन । यातायात सञ्चालकहरुले अन्य बेला भन्दा एक महिना अगाडी नै लामो दुरीमा चल्ने थप सवारी साधनको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । सवारी दुर्घटना कम गर्न सवै लागौ अकालमा ज्यान जान नदिऔ ।

डाटाको स्रोत नेपाल प्रहरी

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend