logo आइतबार, मंसिर ६ २०८३ | Sunday 22nd November 2026
logo

आइतबार, मंसिर ६ २०८३ | Sunday 22nd November 2026

टिभिएस र जगदम्बा मोटर्सद्वारा नेपालको पहिलो प्रिमियम तथा इभी सोरुम सञ्चालन


  • जन आकाश
  • आइतबार, मंसिर ६ २०८३

काठमाडौं ।  मंसिर ६ । टिभिएस मोटर कम्पनी र नेपालका लागि आधिकारिक साझेदार जगदम्बा मोटर्सले काठमाडौंमा नेपालको पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (इभी) सोरुम सञ्चालनमा ल्याएका छन्।



शुक्रबार आयोजित विशेष समारोहमा टिभिएसका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा सोरुम उद्घाटन गरेका हुन्।

नयाँ सोरुममा टिभिएसका प्रिमियम मोटरसाइकल, विद्युतीय सवारीसाधन, आधिकारिक गियर तथा एसेसरिज उपलब्ध हुने कम्पनीले जनाएको छ।

सोरुम उद्घाटनकै अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित नुवाकोट र रसुवाका विभिन्न सरकारी तथा सार्वजनिक संस्थालाई २५ वटा टिभिएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।

कार्यक्रममा कलाकार सौगात तामाङले तयार पारेको विशेष कस्टमाइज्ड हेल्मेटसमेत प्रदर्शन गरिएको थियो।

जगदम्बा मोटर्सले टिभिएससँगको १५ वर्ष लामो सहकार्यलाई निरन्तरता दिँदै नेपाली बजारमा प्रिमियम तथा विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend