जन आकाश
गाउ, टोल, सहर, नगर हुदै केन्द्र समेत राजनितिक बजारका ब्यक्ति, राजनीतिक समुह आदिमा स्थानियन निर्बाचनको बिग्यापन र बजारिकरण साथै उम्मेदबार समेत धमाधम घोषणा हुदै गैरहेको बर्तमानमा निर्बाचित जनप्रतिनिधि ले अबिश्वास नै अबिश्वास को चक्रबियुमा फसेको मुलुक लाइ चक्रबियुबाट मुक्त गर्न सक्लान त भन्ने आमनागरिकका प्रश्न लाइ नाजायज मान्न सकिन्न ।
यथार्थमा बिशुध्द प्रजातान्त्रिक ब्यवस्थामा आवधिक निर्बाचनलाइ मेरुदन्डको रुपमा बुझ्ने बुझाउने प्रयास गरिएता पनि प्रयोगको ब्यबहारिकतामा दलिय राजनीतिक र ब्यक्ति अवसरबादबाट मुक्त नहुदा सम्म निबार्चन ब्यक्ति र राजनितिक समुहका लागि सत्ता प्राप्ति र सन्चालनको बैधानिक अस्त्रको रुपमा प्रमाणित हुने गर्छ । निबार्चन त ब्यवस्था र संविधानले जनबिश्वास आर्जन गर्न निर्बाचित जनप्रतिनिधि मार्फत नागरिक तहसम्म प्रतिफल पुर्याउने माध्यम हो भनि बुझ्ने र बुझाउने सस्कृति र मान्यता स्थापित बिना को निर्बाचनले नागरिकका हित र समरक्षणका लागि केहि गर्न नसकनु ले नागरिकमा कर को भार थप्ने काम मात्र हुन जाने छ।
त्यस्तौ स्थानिय तह भौगोलिक बनौटको आधारमा बैज्ञानिक र ब्याबहारिक रुपको क्षेत्र निर्धाण बिनाको स्थानिय, प्रदेशिक र सङ्घको आवधिक निर्बाचन मात्र झार्रो टार्नु मात्र हुन्छ ।
जस्ले विकास निर्माण कार्य र जनसम्पर्क कार्यलाइ सङ्गकृण राजनितिक र प्रशासनिक स्वार्थि समुह ले आफ्ना स्वार्थ पुरा गर्ने हेतुले जटिल बनाएको प्रष्ट हुन्छ । तसर्थ पानि को मुल मा सफा पिउने नहुदा सफा पानि नागरिक ले पाउन सक्दैन्न भने जस्तै ब्यवस्था र सम्बिधान को अस्पष्टता ,मौसमि अवसरबादि ब्यख्या र प्रयोगले जन्माएको राष्ट«ब्यापि अबिश्वास नै अबिश्वासले निमत्याएको सङ्गकट को समाधान बिनाको निर्बाचन मात्र राजनितिक आबरणका ब्यक्ति र समुहको चरम अवसरबाद परिपुर्तिलाइ बैधानिकता दिने माध्यम मात्र हुने छ।
ब्यवस्था र संविधान संकृर्ण दलिय स्वार्थ मुक्त भै राष्टि«य बिश्वास आर्जन गर्न अर्थ राजनिति, कुशल छिमेकि निति र असम्लङ्गन परराष्ट« नीति प्रति प्रतिबध्द हुदै राष्ट«वादी शिक्षा , कृषि, उधोग, ब्यापार, जलश्रोत, प्रयटन, खनिज र रोजगार निति लागु बिना को निर्बाचन ले राष्ट र नागरिक हित र समरक्षण गर्न नसक्ने प्रष्ट छ । तसर्थ ब्यवस्था र संविधानमा रहेका, देखिएका र भेटिएका कमि कम्जोरि, खटपटि, अबिश्वास आदिको भरपर्दो स्थायि समाधानबाट नै राज्य को परिभाष मा भुगोल र नागरिक हुने बुझाइले स्थान पुर्याइ ब्यवस्था र संविधानलाई बिसुद्ध प्रजातान्त्रिक मुल्य र मान्यताबाट बिचलित हुन रोक्न जरुरि हुन्छ ।
किन कि बिशुध्द प्रजातान्त्रिक ब्यवस्था र संविधानवाट मात्र बृहत राष्टिय एकता निर्माण हुन गै राष्टि«य रुपमा सर्बपक्ष बिश्वास कायम हुनु नै नागरिक को चाहाना शान्ति, अमनचैन, बिकास र समृध्दिको मार्ग चित्र निर्माण गर्न सक्षम जनप्रतिनिधि खाचो परिपुर्तिका लागि आवधिन निर्बाचनको आबस्यकता पुष्टि हुनेछ । जब आवधिक निर्बाचनले प्रजातान्त्रिक ब्यवस्था र संविधानको विसुद्ध सन्स्कार, सन्स्कृति, सभ्यता, मुल्य र मान्यता पुष्टि हुन गै स्वत स्थानिय तह, प्रदेश, संघ लगायत का जनप्रतिनिधि, राज्य सन्चालन सबै अङ्गहरु ब्यवस्थापिका, कार्यपालिका, न्यायपालिक, सम्बैधानिक अङ्ग, कर्मचारितन्त्र, सुरक्षा निकाय, राष्ट«सेवक आदि सम्पुर्ण राज्य सन्चालनका इकाइहरु राष्ट्र, राष्ट्रियता, स्वाधिनता, मानब अधिकार, शान्ति, अमनचैन, बिकास र समृद्धिमामा कठोर रुपमा डटि रहेको प्रमाणित हुन सक्दा आवधिक निर्बाचन बिसुद्ध प्रजातन्त्रको मेरुदन्ड रहेको पुष्टि हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend