logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

के भन्छन् प्रवीण शिलवाल ?


  • जन आकाश
  • मंगलबार, साउन १० २०७४

सबैभन्दा पहिले त यो अवार्डको आयोजना गर्नुहुने आयोजक प्रति भित्रि हृदयदेखि धन्यवाद दिन चाहन्छु । आज मैले यो अवार्डका लागि घरेलु बालश्रमिक तथा काठमाडौ जिल्ला बालक्लब सञ्जालका अध्यक्ष राजाराम बस्नेतलाई नोमिनेशन गरिरहदा ज्यादै खुशि लागेको छ ।



राजाराम बस्नेतलाई ग्लोकल टिन हिरो अवार्डमा नोमिनेशन किन ?

दोलखा जिल्लाको जफेमा जन्मिएका १७ वर्षीय राजाराम हाल बालुवाटार, काठमाडौमा महेन्द्र राष्ट्रिय माविमा प्राविधिक तर्फको सिभिल ईन्जिनियरिङ प्रथम वर्षमा अध्ययनरत छन । उनी आफ्नो विगतको सघंर्ष, भोगाई र वर्तमानको प्रगति, सोचाई र  कामले गर्दा धेरैका लागि प्रेरणाका स्रोत बनेका छन । उनीसगँ ७ वर्षको उमेरमा होटलमा बसेर जुठो भाडा माझी बालश्रमिकको रुपमा काम गरेको देखि जिल्ला बाल क्लब सञ्जाल, काठमाडौको अध्यक्ष भई तीनै बालश्रमिकहरुको उद्धार र पुर्नस्थापनाको आवाज उठाउदै आएको अनुभव छ । आफु कान्छो छोरा भएपनि पारिविारिक अवस्थाका कारण ७ वर्षकै उमेरमा बालश्रमिकरुपमा साहुकोमा जुठो भाडा माझन आउनुपरेको र धेरैपटक साहुको गालि र पिटाई खानुपरेको तितो अनुभव उनिसगँ छ । उनको सानैदेखि पढ्ने ईच्छा लाजिम्पाट निवासी अर्जुन अधिकारीले पुरा गरिदिएका छन । हाल उनकै घरमा बस्दै आएका राजारामलाई उनको कलिलो उमेर र उनको दयनीय अवस्था देखेर घरमा ल्याएका हुन । उनले अहिले पहिलेको जस्तो गाह्रो काम गर्नुपर्दैन बरु उनले त्यहाँ बसेर आफ्नो सुन्दर भविष्यको नक्सा कोरिरहेका छन । अहिले बसेको साहुको लाजिम्पाटमा एउटा अर्पाटमेन्ट छ, उनले त्यहाँ बस्ने गेष्टहरुका लागि खाना पकाउनुपर्छ ।

उनि अहिले जापानिज, चाईनिजि, ईन्डियन र नेपालि खानाका परिकार पकाउन सक्छन । विस. २०६८ मा उनी पढ्ने विद्यालयमा रुओन नेपाल संस्थाले बालक्लबको स्थापना गरिदिएपछि उनी त्यस क्लबका अध्यक्ष भए । यो नै उनको लागि कोशेढुङ्गा सावित भयो । उनि अध्यक्ष भएपछि उनले आफ्नै पहलमा आफु काम गर्ने अपार्टमेन्टका गेष्टहरुबाट प्राप्त टिप्स र गेष्टहरुका लागि अर्पाटमेन्टमै राखिदिएको खुत्रुकेबाट संकलित रकमबाट आफु पढ्ने विद्यालयको कक्षा १ देखि १० सम्मका ३८ जना विद्यार्थीहरुका लागि झोला सहित वर्षैभरी पुग्ने कापी , कलम लगायत शैक्षिक साम्रगी उपलब्ध गराउदै आएका छन । त्यस्तै , उनले छात्रामैत्री शौचालयका लागि महिनावारी हुदाँसमेत छात्राहरु विद्यालय आउन भन्ने उद्देश्यले १ रुपैया चन्दा संकलन खुत्रुके कार्यक्रम सञ्चालन गरेका छन । हाल यो कार्यक्रम अन्य विद्यालयहरुले समेत सिकाईका रुपमा आफ्नो विद्यालयमा सञ्चालन गरिरहेका छन । त्यस्तै विनाशकारी भुकम्पपश्चात उनले उनी काम गर्ने अर्पाटमेन्टको गेष्टहरुको सहयोगमा ९ जिल्लामा राहत तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सञ्चालन गरे । त्यति मात्र नभई उनी भुकम्पलगत्तै मैदान फुटसलको उद्धार टोलीमा आवद्ध भई १४ दिनसम्म काम गरे र काठमाडौ मुलपानीमा १९ घरपरिवारका लागि टहरा बनाउने काममा समेत आफु रहेको अपार्टमेन्टबाट दाता खोज्ने देखि कामलाई सु—सम्पन्न तुल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरे ।

उनी २०७२ सालमा जिल्ला बालक्लब सञ्जालको अध्यक्ष भए, त्यसपश्चात उनले बाल सहभागिताको अधिकार प्रर्बद्धन गर्ने हेतुले विभिन्न समयमा विविध प्रतियोगिता र कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन । त्यती मात्र नभई जिल्ला भित्र भएका बालअधिकार हनन र दुव्र्यहारका घटनामा उनी पुगिहाल्छन र न्यायका लागि आवाज उठाईहाल्छन ।

उनी हाल देशभरका ५१ जिल्लाका बालक्लब पुर्वसदस्यहरुद्धारा सञ्चालित ‘बालअधिकारका लागि राष्टिय« अभियान’ को काठमाडौ संयोजक समेत छन ।  उनी अभियानसगँ जोडिनुको एउटै मात्रै उद्देश्य काठमाडौँ जिल्लालाई बालश्रममुक्त शहर बनाउनु हो । उनी आफुजस्तै अरुलाई बालश्रमिकका रुपमा हेर्नै सक्दैनन् किनकी हामिले देखेका छौ तर उनले भोगेका छन । उनले अभियानसगँ साझेदारी गर्दै ६ महिनाभित्र काठमाडौँभित्रका यातायातमा रहेका करिब ५०० बालबालिकाहरुलाई उद्धार र पुर्नस्थापना गर्ने सोचाई सहितको अभियानमा छन । त्यसकका लागि आवश्यक गृहकार्य र अभियानकै मेरुदण्डको रुपमा उनी अग्रपङतीमा छन भन्दा फरक नपर्ला ।

अवार्ड, सम्मान र पुरस्कार भनेको व्यक्तिलाई अहिले गरिरहेको कामको मात्रै सम्मान हैन, पुरस्कृत व्यक्तिले भोली आफुले पाएको सम्मानको समेत सम्मान हुने गरि के गर्न सक्छ र के गर्छ भन्ने कुरा महत्वपुर्ण हुन्छ भन्ने मेरो बुझाई  हो । मैले उनललाई नोमिनेशन गर्न खोज्नुको कारण पनि यही होकि उनले अहिले यो अवस्थामा त यत्तिको काम गरेर देखाउन सक्छन र उनीसगँ यत्तिको लगाव र ईच्छाशक्ति छ भने यदी उनले यो अवसर पाउने हो भने पक्कै भोलिका दिनमा उनको कामको गति झनै तेज हुनेछ र उनले समाजको लागि झनै रचनात्मक ढ्ङगले काम गर्नेछन । आफ्नो उद्देश्यहरु, मिशनहरु सुनाईरहदा उनको आखाँमा आक्रोश र काम प्रतिको जिम्मेवारीबोध प्रष्ट देखिन्छ ।

अन्त्यमा, एउटा १७ वर्षका किशोर यत्तिको सोच र कर्म बोकेर हिडिरहेको छ भने हामिले उसलाई बाटो अवश्य प्रदान गर्नुपर्छ र आशा छ , आयोजक कमिटिले राजाराम जस्तो व्यक्तिलाई पक्कै पनि छुटाउनेछैन । अवार्ड भनेको त प्रतिस्पर्धाको आधारमा पाईने हो तर उनले त्यस अवधिमा सिकेका ज्ञान , त्यहाँ सञ्चालित सेसनहरु, तालिमहरु बाट झनै आफ्नो व्यक्तित्व विकाश गर्नेछन भन्ने विश्वाश समेत लिएको छु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend