जन आकाश
बर्षेनी डढेलो किन लाग्छ ?
डढेलो रोक्ने उपाय के निकालिए ?
डढेलोबाट क्षति भएपछि अध्ययन किन गरिँदैन ?
दोषी व्यक्ति की, समाज वा राज्य नै ?
काठमाडौं । प्रत्येक वर्ष नेपालमा सरदर ५० भन्दा बढी आगलागी र डढेलोका कारण करोडौंको धन सम्पत्ति र अमूल्य मानिसको जीवन नै नोक्सान हुने गरेको छ भने हरियो बन नेपालको धन भनेर नेपालले पञ्चायतकालमानै घोषणा गरेर विशेष प्राथमिकता दिएको बनमा बर्षैपिच्छे लाग्ने डढेलोले जंगल मासिदै गएको छ । ती हरियाली बनहरु खरानी बनेर सडिरहेका छन् । हाम्रो देशको शिक्षित भनिएको वर्ग डढेलो हेरेर रमिते बनिरहेका छन् । तिनै मानिसहरु आफूलाई शिक्षित बेरोजगार भनेर चिच्याइ रहेका छन् । यहाँ यो किन जोड्न खोजिएको हो भने प्रकृतिसँग प्राणी–प्राणीमध्ये सर्वश्रेष्ठ प्राणी मानिस त्यही मानिससँग जोडिएको देश, समाज, त्यही समाजलाई डो¥याउने पक्ष सरकार त्यो सरकार पनि डढेलो लागेको आगोको ज्वाला हेरेर रमिता मानिरहेको छ । यो नेपाल देशको लागि र विश्व स्वास्थ्य वातावरणको लागि सुखद् समाचार होइन । यस्तो डढेलो लाग्नु, आगलागी हुनुमा के कारण छ ? यसको खोजिको विषय हुनुपथ्र्यो राज्यसत्ता चलाउन पुगेका बनमन्त्रीहरुले, प्रकोप विभागहरुले प्राकृतिक संरचना कोषहरुले यसको अध्ययन, अनुसन्धान गर्नुपथ्र्यो होला तर त्यस्तो अध्ययन भएको छ जस्तो लागेको छैन । वरु स्वभाविक रुपमा सुख्खायाममा हावा बढी चल्ने र आगोको व्यवस्थापन राम्रोसँग नगर्दा त्यो चेतना मानिसमा नहुँदा यो विशेषत पढेलेखेकासँग झनै नहुँदा बस्तीहरुमा आगो लाग्ने कुरा त सामान्य नागरिकलाई समेत थाहा छँदैछ । वनमा लाग्ने डढेलोको विषयमा पनि आगो कुनै ठाउँमा नबालेसम्म डढेलो पैmलदैन भन्ने कुरा पनि सामान्य नागरिकलाई पनि थाहा छ ।
तर उनीहरुलाई के थाहा छैन भने मैले फालेको चुरोटको ठुटाले मैले बालेको सानो सलाइको काँटीले सिंगो जंगल खरानीमा परिणत हुन्छ त्यो जंगलभित्र लाखौं करोडौं सानादेखि ठुला जीव जन्तुहरु तड्पिएर, छट्पटाएर आगोको रापमा पिल्सिएर मर्छन् अर्कोतर्फ असंख्य रुपमा रहेका जडीबुटी बनस्पती पनि डढेर खरानी बन्छ र कतिपय त्यस्ता वनस्तपतिहरु त विश्वमा लोप हुँदै गएका र त्यो नेपालमा मात्र कुनै–कुनै जंगलमा पाइने जडीबुटी त्यो डढेलो पछि लोप भएर जान्छ । अर्को वातावरणीय असर डढेलो लागेपछि डढेलो क्षेत्रका आसपासका पानीका मुहानहरु सुक्ने, मानवस्तीमा खानेपानीको समस्या उत्पन्न हुन्छ । वन जंगलले कार्वनडाइ अक्साइडलाई फिल्टर गरेर स्वास्थ्य हावा (अक्सिजन) फाल्छ त्यो बन जंगल नास भइसकेपछि अक्सिजन नपुग्दा मानिसहरुमा विभिन्न खालका रोगहरु उत्पन्न हुन्छन् । त्यो रोग फैलदै गाउँ, समाज, राष्ट्र हुँदै विश्वलाई समेत असर गर्न सक्छ ।
यस्तो संवेदनशील विषयमा नेपालको बन मन्त्रालयले सिन्को पनि भाँचेको पाइँदैन बरु उल्टै कुन बनबाट कति काठ तस्करी गरेर पैसा कमाउन पाइन्छ । कहिँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तै इन्डियाको कर्णाटकमा पाइने रक्तचन्दन ७ हजार किलोमिटर इन्डियाको बाटोभित्र नसमातिने रक्तचन्दन नेपालमा नेपालीले पैसा तिरिसकेपछि नेपालको पैसा नोक्सान गराउन र भारतीय सरकारलाई काम देखाउने बनमन्त्री नेपालले धेरै पायो तर आफ्नै देशका जनता डढीरहँदा, जंगल खरानी भइरहँदा कत्ति पनि देश र जनताप्रति चिन्ता नगर्ने बनमन्त्री नेपालले धेरै पाइसक्यो । अब अहिले बन्ने, बनेका नयाँ बनमन्त्रीले अरु केही काम नगरे पनि डढेलो रोकून् । आगलागी हुनबाट जोगाएर बस्तीहरु जोगाउन् र कहाँ कहाँ के–के समस्याहरुले डढेलो, आगलागी भएको छ ती सबै कुराको ध्यान दिएर अनुसन्धान गरी दीर्घकालीन योजना बनाएर डढेलोमुक्त देश बनाउन सबैले पहल गर्नु आजको आवश्यकता रहेको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend