जन आकाश
प्रकृतिले चाँडै नै वर्षा ल्यायो ।
नेपालका किसानमा खुसियाली छायो ।।
मानो रोपेर मुरी फलाउने किसानहरुको महत्वपूर्ण अन्नबाली लगाउने समय असार महिना हो । यस वर्ष जेठ १५ देखि नै फाट्टफुट्ट पानी पर्न थाल्यो र असार १५ आउँदा सम्म त देशैभरी वर्षा भयो । जसले गर्दा धान, कोदोको विउ समयमै राख्न प्रकृति किसानहरुका लागि वरदा बनेको हो । अझै असार महिनामा त निरन्तर पानी परीराखेकै छ । कहिले तराइ, कहिले पहाडमा त कहिले हिमालमा पानी परीरहेकै छ । किसानहरु यतिबेला रोपाइ गर्न व्यस्त छन् । मध्यपहाडी भूभागहरुमा असार १५ सम्म पचास प्रतिशत रोपाइ सकिसकेको छ भने उच्च पहाडी भेगमा ७० प्रतिशत रोपाइ सकिसकेको छ । तराइका भुभागहरुमा धमाधम रोपाइ भैरहेको छ । उच्च पहाडहरुमा वर्षा धेरै हुँदा विकसीत खेती लगाएका किसानहरु स्याउ, चिया, अलैंची गोडमेल गर्न व्यस्त छन् । मध्य पहाडी जिल्लाहरुमा कोदो, पाखे धान रोप्न किसानहरु व्यस्त भैरहेको विभिन्न ठाउँबाट हाम्रा जनआकाश प्रतिनिधिहरुले जानकारी दिइरहेका छन् ।
त्यस्तै तराइ क्षेत्रमा यतिबेला सम्म धमाधम रोपाइ भैरहेको छ । धेरै जति वर्षहरुमा सिञ्चाइ नपुगेका जिल्लाहरुमा किसानहरु रोपाइको लागि आकाशे पानी कतिखेर पर्ला र कोदो, धान रोपांैला भनेर बस्नु पथ्र्याे र असार पन्ध्रमा हिलो छ्याप्दै, दोहोरी गाउँदै, रोपाइँ गर्दै, बाउसे–रोपारहरु असार मध्ये भएको खुसियालीमा दहि चिउरा खाएर रमाउनुको सट्टा खडेरीमा घाम तापेर चिन्ताएर बस्नु पर्ने असार हुन्थ्योे तर यस वर्ष प्रकृतिले समयमा नै पानी पारेर किसानको लागि वरदान सावित गरेको छ । त्यसकारण कृषि प्रधान देश नेपालका किसानहरुले सँधै झै सरकारको आलोचना गर्न परेन ।
किसानहरुको विगत, वर्तमान र भविष्य
नेपालको विगत हेर्दा हाम्रा पूर्खाहरुले मुर्खे बलमै भए पनि प्रशस्त अन्नबाली रोपेर ठाउँ अनुसारका क्षेत्रमा खाद्यन्न उत्पादन गरि आत्म निर्भर बनेको इतिहास साक्षि छ । नेपालमा महिषपाल, मल्लवंषीय, किँरातहरुले राज्य गर्दै आँउदा त्यतिबेला सम्म कुनै पनि आधुनिक कृषिको विकास थिएन र पनि ठाँउ अनुसार कुलो बनाएर सम्म ठाँउको टाँडमा केराको थामको प्रयोग गरि भिरका टाँडहरुमा डुँडहरु बनाएर सिञ्चाइ गरेको देखिन्छ र त्यतिबेला प्रशस्त अन्न उत्पादन भएकोले कुनै पनि नेपाली खाद्यान्न अभावका कारण मरेको भेटिदैन ।
त्यस्तै राणकालीण व्यवस्थाको धँुइचक्रो विरोध गर्ने गरेको इतिहास हामीले पढको भए पनि नेपालको भौतिक संरचनाको विकास त्यतिबेलै धेरै भएको पाइन्छ । नेपालको पहिलो दरबार हाइ स्कूल, घण्टाघर, सिंहदरबार, लालदरबार, सेतो दरबार, फर्पिङ–सुन्दररीजल जलविद्युत आयोजना, पाल्पा दरबार लगायत देशका विभिन्न क्षेत्रमा भौतिक संरचनाहरु निर्माण भएका थिए भने बोकेरै भएपनि मोटरको विकास पहिलो चोटी काठमाडांैमा राणाहरुले नै भित्त्राएका थिए । प्रेशको विकास राणाकालीण अवस्थामा नै सुरु भएको थियो । किसानका निम्ति पनि कमला नदीमा बनेको चन्द्रगीरी नहर राणाकालीन व्यवस्थामा नै बनेको इतिहास छ । आज त्यहि राणाहरुले बनाएको चन्द्रगिरी नहर पनि पूर्ण सञ्चालनमा छैन । राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापना भएको गुड्डी हाँकेर बिताएको ६८ वर्ष र राजतन्त्र व्यवस्थाको अन्त्य गरेर गणतन्त्र स्थापना गरेको १२ वर्ष पुगी सक्दा पनि एउटा पुरानो नहर समेत मर्मत गर्न नसक्ने नेतृत्व गर्नेहरुको लागि यो जत्तिको लाजमर्दो अरु के हुन सक्ला ?
त्यतिबेला विश्वमा खाद्यान्न अभाव हुँदा नेपालले उत्पादन गरेको अन्न विदेशमा आपत–विपदमा परेका मानिसहरुलाई सहयोग गर्न सक्ने क्षमता थियो सन् १९६२ मा कोरीयामा खाद्यान्न संकट पर्दा नेपालले सहयोग गरेको देखिन्छ । त्यो राणशासनकाली व्यवस्थाले बसाएको राष्ट्रिय उत्पादन, व्यवस्थापन कै सफल परिणाम मान्न सकिन्छ ।
हालको अवस्था नेपालको कृर्षि क्षेत्र आशलाग्दो तर डरलाग्दो पनि छ । विगतमा जस्तो नेपालको भू–भागहरुमा अन्नबाली लगाउने कुरामा कमी आएको छ । विगतको तुलनामा मानीसहरु शिक्षीत तथा चेतनशील हुनुका साथै सुविधा उपभोग गर्न सक्ने पनि भएका छन् तर प्रत्येक वर्ष झण्डै पौने १ खर्वको कृषिजन्य सामाग्री विदेशबाट आयात गरेर प्रयोग गर्दै छौं । अहिले जताततै यातायात, हवाई यातायातको सुविधा पुगेको छ तर त्यसको सदुपयोग हामीले गर्न सकेका छैनौं बरु यत्तिका विकास भै सकेको मूलुक नेपालमा यतिबेला मानीसहरुमा मानवीयता हराउँदै गएको छ । यहाँ परनिर्भर सोचका कारण, गैर जिम्मेवार सरकार भएका कारण मानीसहरु खाद्यान्न अभावका कारण भोकै मरेको समेत खबर आउन थालेका छन । तिनै खबरलाई आधार मानेर विदेसीले नेपाललाई खाद्यान्न सहयोग गरेको समाचार सुन्दा कृषि प्रधान देशका नेपालीहरुलाई नसुहाउनु पर्ने हा !
त्यसकारण यस वर्ष त किसानहरुको मूख्य बाली धान रोप्ने बेला प्रकृतिले साथ दिएको छ । संधै यस्तै समय मिल्छ भन्ने हुँदैन । त्यसैले जति सक्दो चाँडो किसानहरुलाई सिञ्चाइ अभाव भएका क्षेत्रहरुमा नहरको व्यवस्था मल, विउविजनहरुको सहज उपलब्ध गराएर आत्म निर्भरमूखी कृषि विकासमा काम गर्न सम्बन्धित निकायहरुले ढिलो गर्न हुदैन ।
प्रकृतिको वरदानमा किसानहरुलाई मानो रोपेर मुरी फलाउने जाँगर चले जस्तै किसानको जाँगर उत्साह देखेर स्वाभीमानी नाम जपेर सरकार चलाइरहेको ढँटुवा सरकारको आँखाको पट्टी खोलीयोस र कृषि क्षेत्रमा भएका तमाम समस्याहरु हटाएर कृषकले आफ्नो उत्पादन सुरक्षीत गर्ने, गाउँ छोडेर बारी बाझैं राखेर हिंडेका युवाहरुलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याई आत्म निर्भरमूखी किसान, स्वाभीमानी किसान, दिएर खान पुग्ने किसान र आँउदा सन्तानलाई समेत आधुनिक कृषिको विकासमा समावेस गर्न सक्ने कृषिको वातावरण बनाउन सकोस ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend