logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

देशलाइ अस्थिरतामा धकेल्न विभिन्न तत्व सक्रिय


  • जन आकाश
  • शुक्रबार, साउन ११ २०७५

 



१ डा. गोविन्द केसीको अनशन
२ राजधानीमा तरुण दलको प्रदर्शन ।
३ विभिन्न मजदुर संगठनको आन्दोलन
४ विभिन्न पार्टीहरुको विरोध सभा ।
५ नेकपा माओवादी विप्लप समूहको आक्रामक गतिविधि
६ निजामती कर्मचारी रुष्ठ
७ सरकारपक्ष कै मन्त्री हुन नपाउने पक्षको राजनीतिक दाउपेच जारी

देशमा स्थायित्वको सरकार भनेर बनेको एमाले–माओवादीको गठबन्धन सरकार र पछि थपिएको समाजवादी फोरमको संयुक्त सरकार केपी शर्मा ओली नेतृत्वको सरकार बनेको ४ महिना वित्न नपाउँदै विभिन्न समूह शक्तिहरु देशभित्र सलबलाई रहेको देखिन्छ ।
स्वर्गभन्दा सुन्दर देश नेपाल, भगवान भन्दा पनि इमान्दारी नेपाली, मौरीभन्दा पनि बढी मेहनत गर्ने नेपालीहरु हाम्रै देश नेपालमा छन् । आफ्नो देशलाई प्राणभन्दा प्यारो ठान्छन् । यही देशभित्र रहेको केही त्यस्ता मानिसहरु पनि छन् । नेपालीहरुको इमानदारिता, सोझोपन, मेहनतमा सधैं आँखा लगाएर हाम्रो नेपालको विकास गर्न बाधक बन्ने गरी काम गर्ने विदेशको रिमोटबाट चल्ने चाटुकार पात्रहरु नेपालमा देखिने तर योजना, स्रोत साधन सबै विदेशी शक्तिहरुले ती पात्रमार्फत प्रयोग गर्ने गरेका छ्न । विगत ६८ वर्षको प्रजातन्त्र र स्वतन्त्रको नाममा नेपालीहरुको एकतालाई भत्काउँदै अस्थिरताको विजारोपन गरेको देखिन्छ ।
विश्वका धेरै मुलुकहरुमा क्रान्तिपछि विकास चरम रुपमा गरेका छन् । तर नेपालमा ६८ वर्षको अन्तरालमा हेर्दा उही पुरानै पुनरावृत्ति, प्रबृत्ति पटक पटक एकै खालका आन्दोलनहरु भएका छन् ती आन्दोलनका नेतृत्व गर्नेहरु कतिपयले यस धर्तिबाट बिदा लिएका छन् बाँकी रहेका यो ६८ वर्षमा ती धर्तिबाट विदा भएका खाली भएका कोटामा केही पदपूर्ति भएको छ । अन्यथा व्यवस्थाको नाम, बहुदलीय, लोकतन्त्र, गणतन्त्र जे दिएपनि नेपालीहरुको जीवनस्तर, चेतना, देशको विकास त बृद्धि हुन सकेन त्यो भन्दा पनि अद्योगतिमा लान सधैं एउटै खालका अस्थिरताको प्रयोग भइराखेको छ । १९९३ बाट प्रजापरिषद्को स्थापनासँगै शुरु भएको आन्दोलन पछि राष्ट्रिय काँग्रेस पार्टीको रुप लिँदै नेपाली काँग्रेसको नामाकरणमा हुँदासम्म थुप्रै हातहतियार लिएर मान्छे मार्ने मराउने विजारोपन भएको पाइन्छ । यता २००७ सालको प्रजातन्त्र स्थापना गर्दा भारतमा संस्कृत पढ्न गएकाहरु भरतमा आएको सन् १९४७ को परिवर्तनबाट स्थापित नेताहरुले अ¥हाइएका नेपालीहरु मन्त्री भएको देखिन्छ । सन् १९४९ मा चीनमा आएको जनवादी क्रान्तिपछि विश्व कम्युनिष्ट आन्दोलनमा एउटा अध्याय थपिएपछि नेपालका आफैंलाई कम्युनिष्ट भन्न रुचाउनेहरुले संगठन गर्न खोजेको चीनको व्यवस्थित क्रान्ति गर्न नखोजे पनि गफ गरेको र लेख लेखेको पाइन्छ । तर चिनियाँ मोडलको क्रान्ति, विश्व सर्वहाराको प्रणेता माक्र्सवादको अनुयायी भएपनि अभाव र स्रोत साधन आफैसँगै नहुँदा चिनियाँ क्रान्तिको प्रशंसा गर्ने गफ गर्ने लेख लेख्ने नेपालका कम्युनिष्ट भन्नेहरु भारतमा बसेर मान्छे मार्ने, मराउने धन सम्पत्ति लुट्ने लुटाउने गरेको देखिन्छ र त्यो नेपाली काँग्रेसभन्दा अब्बल दर्जामा यसरी काँग्रेस कम्युनिष्ट राजा मिलेर गरेको अराजक भीडबाट स्थापना भएको प्रजातन्त्रले नेपालमा भारतीय चेकपोष्ट, सचिवालयमा भारतीय सल्लाकार भित्र्याएर नेपालीको एकतामा खलल ल्याउने काम त्यसै समयबाट भएको देखिन्छ ।
भारतीयहरुको सल्लाहमा नेपाल देशभित्र कतिबेला एउटा दाइले अर्को भाइलाई षड्यन्त्र गर्दै दमन, जालझेल गर्न थालेपछि शुरु गराएको अस्थिरताले न कुनै राम्रो घर बनायो, नत कुनै विद्युत गृह बनायो न त कुनै राम्रो सिंचाईको लागि नहर बनायो दाइले भाइले भाइले दाइलाई षड्यन्त्र गर्दागर्दै २०११ सालमा गण्डक सम्झौता २०१६ सालमा कोशी सम्झौता गराएर नेपालको प्राकृतिक स्वतन्त्रमाथि भारतीय नियन्त्रण हुन गयो । त्यतिबेला भारतबाट अह्राएर पठाइएका नेपाली अनुहारका पात्रहरु जो आफूलाई प्रजातन्त्रका हिमायती भन्थे तिनै पात्रहरुले देशलाई अस्थिरतामा रुमलेर देशका ठुला प्राकृतिक नदी नारायणी, सत्तकोशी नेपालीहरुको अधिकारबाट खोसिएको देखिन्छ ।
विभिन्न कालखण्डमा उतारचढाव हुँदै २०१७ सालमा महेन्द्रले गरेको सैनिक कु. एकहदसम्म देशको आधार बचाउने प्रयत्न देखिन्छ तर त्यतिबेलासम्म कोशी, गण्डकी, नेपालीहरुको अधिकारबाट च्यूत भइसकेको थियो । वीचबीचमा अनेक खालका षड्यन्त्र रच्दा पनि महेन्द्र नेतृत्व राज्य संयन्त्र र कुटनीतिक सवल हुँदा केही सीप नलागेपछि सूर्यबहादुर थापाजस्ता पात्रलाई प्रयोग गरेर पटक पटक अस्थिरतामा धकेल्ने काम त्यो बीचमा जारी नै रहेको देखिन्छ । त्यति हुँदाहुँदै पनि पूर्व पश्चिम राजमार्ग, बाँसवारी छालाजुत्ता कारखाना, चाइनिज इट्टा उद्योग, बालाजु कपडा उद्योग, हेटौंडा कपडा उद्योग, पाटन औद्योगिक क्षेत्र, नेपालगञ्ज औद्योगिक क्षेत्र, धरान औद्योगिक क्षेत्र, वीरेन्द्रनगर औद्योगिक क्षेत्र, धनकुटा औद्योगिक क्षेत्र, गजेन्द्रनारायणसिंह औद्योगिक क्षेत्र यी सबै उद्योगहरु २०१६ देखि २०४४ सालभित्र स्थापना भएका हुन् भने सन् १९९३ मा नेपालको पहिलो उद्योग विराटनगर जुटमिल राणाशानकालमा स्थापना भएका हुन् ।
यसरी महेन्द्रकालीन समयमा भएका उद्योग, व्यापार र विकाशले नेपालीहरुको आर्थिक उन्नति रोजगार, क्षमता विकास, चेतना, सीपमा बृद्धि हुने देखेर, नेपालको उन्नति र विकास नचाहने विदेशी शक्तिले २००६ सालमा विराटनगरको जुटमिलबाट मजदुर आन्दोलन गर्न गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलाइ पठाएर मजदुर अराजकता शुरु गरेका थिए । त्यसको परिणाम २०४५ सालबाट विभिन्न उद्योगमा देखिन थाल्यो नेपाली काँग्रेसको नेतृत्वमा सत्याग्रहको नाममा अनशन, तिरो नतिर्ने, भद्र अवज्ञा र बामपार्टी भन्नेहरुको गठबन्धनले आन्दोलनको राँको बोकेर परिवर्तनका कुरा गरेर देश पुन अस्थिरताको शिकार भयो नेतृत्व गर्नेहरु तिनै गणेशमान सिंह, मदन भण्डारीहरु थिए र २०४६ सालपछि पनि सत्तामा आउने जाने पात्रहरु पुरानै कुर्सिमा फेरिरहने त्यसो गर्दा राख्ने काम नेपाली जनताको चाहना नभएर अरुनै शक्तिको चाहनामा नेपालमा उद्योग, कलकारखाना बन्द गराउने, सरकारी संस्थान, महत्वपूर्ण कर्मचारी निकायमा अयोग्य तर नेपालीको लागि काम गर्ने जतिलार्य हटाएर विदेशीले अह्राएको काम गर्ने व्यक्ति राख्न त्यो २०४६ सालको आन्दोलन भएको देखिन्छ । २०४७ सालको संविधानमा जेजे लेखिएको भएपनि त्यो परिवर्तन हाम्रो देशको उद्योगहरु बन्द गराउन र हाम्रो राष्ट्रिय अस्तित्व समाप्त पार्न गरिएको ठुलो षड्यन्त्र देखिन्छ ।
नेपाललाई प्रकृतिले दिएको सुन्दरता, नेपालीहरुको इमान्दारिताबाट विश्वका मानिसहरुमध्ये जापान, युरोपका केही राष्ट्रहरु नेपालको २०४७ को बहुदलीय व्यवस्थापछि भएको सञ्चारको विकासबाट जानकार हुँदै पर्यटकीय क्षेत्रमा भएको नेपालको प्रगतिले अर्थतन्त्रलाई राम्रो टेवा दिन थालिरहेको थियो ।
यो नेपालको आंशिक उन्नतिसम्म देख्न नचाहने नेपालविरोधी शक्तिले नेपालमा अर्को अस्थिरता मच्याउन माओवादी नामका पात्रहरु प्रयोग गरेर देशको भौतिक संरचना, तहन नहस, धनजनको क्षति पु¥याउँदै भएका देशका स्रोतसाधन समाप्त बनाएर पूर्ण परनिर्भरमुखी नेपाली बनाँदै लगेको देखिन्छ । भलै प्राकृतिक विपत्तिबाट चेत खुलेका जनताको जनदबाबबाट जनताले दिएको निर्देशन मान्न बाध्य भएका पात्रहरुले झनै भारतीय नाकाबन्दी पछि केही पाठ भने सिकेका थिए । २०६३ को जनआन्दोलनबाट संक्रमणमा गुज्रिरहेको देश २०७२ सालमा मात्रै नयाँ संविधान जारी गरे केही मात्रामा भएपनि स्थायित्वको मन्द साँस फेर्र्दै केही आशका किरणहरु फैलन थालेका थिए । पात्र उही पुरानै भएपनि अल्पमतको सरकार अस्थिर र देशको विकास हुन नसकेको त्यो पनि एउटा कारण हो कि भनेर सबै नेपालीले दुईठुला कम्युनिष्ट पार्टि भनिएका एमाले माओवादीलाई चुनावमा झण्डै दुईतिहाइको मत दिएर पठाएका थिए ।
अहिले तिनै बहुमतको सरकार छ । बहुमतको सरकारले चाहेको जसरी इमान्दार भएर महेन्द्रकालिन शैलीमा देशको विकास गर्न चाह्यो भने हुनसक्ने आँकलन जनताले गरिरहेका छन् । यो बहुमतको सरकारले पनि विश्वमा आएको परिवर्तन, नेपालको आजको आवश्यकता बेरोजगारहरुलाई रोजगार, विकास, चेतना, शिक्षा, स्वास्थ्य मूलभूत विषय सम्बोधन गर्न सकेन भने कुनै पनि त्यस्ता सरकारको आशा नगरे हुन्छ भन्ने विभिन्न बुद्धिजीवीहरुबाट आइरहेका बेला ।
काँग्रेसले २०४२ सालमा शुरु गरेको सत्याग्रह जस्तैः डा. गोविन्द केसीको अनशन, तरुण दलको आन्दोलन, मजदुर संगठनको आन्दोलन, बिप्लप माओवादी, बैद्यहरुको आन्दोलनको तयारी यी सबै हेर्दा फेरि पनि अस्थिरताको बीउ रोपेर नेपालीहरु स्थायित्व शासनमा शान्तिपूर्ण ढंगबाट विकास उन्नति आर्थिक समृद्धिको बाटोमा जान चाहन्छन् त्यो बाटो रोक्न फेरि पनि कतै न कतैबाट अस्थिरता मच्याउने खेल हुँदैछ भन्ने बुझ्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend