जन आकाश
सहसचिव, कृषि योजना तथा किवास सहायता समन्वय महाशाखा, सिंहदरबार
मानिसको मेहनत, लगनशीलता र उत्साहलाई कुनै भूगोल, अभाव र क्षेत्र विशेषले फरक पार्दैन भन्ने एक उदाहरण नेपाल सरकारको कृषि मन्त्रालय अन्तर्गतको योजना तथा विकास सहायता समन्वय महाशाखामा विगत ४ वर्षदेखि कार्यरत सहसचिव डा. योगेन्द्र कुमार कार्कीले आफ्नो सफल कार्यदक्षता देखाएका छन् ।
सोलुखुम्बु जिल्लाको नेले भन्ने ठाउँमा २०२० सालमा स्वर्गीय बुवा खड्गबहादुर कार्की र मुमा मनमाया कार्कीको कोखबाट जन्म लिएका योगेन्द्र कुमारले त्यतिबेलाको शिक्षा, चेतना र विकासको अभावमा पनि कडा मेहनत गरेर पढ्दै काम गर्दै २०३६ सालमा नेलेकै जीवन ज्योति मा.वि.बाट उत्कृष्ठ नम्बर ल्याएर एसएलसी पास गर्नुभएको रहेछ । त्यसपछि काठमाडौं उपत्यकामाआई पाटन क्याम्पसबाट आईएससी उत्तीर्ण गरेर कोलोम्बो प्लान्टको छात्रावृत्तिबाट विएसी एग्रीकल्चर युनिभर्सिटी अफ एग्रीकल्चर साइन्सेसबाट विएसी उत्तीर्ण गरेर एमपीए, एमएसी, एग्री इकोनोमिक्स माष्टर (पीएचडी) गर्नुभएको छ भने उहाँले नेपाल सरकारको निजामती सेवामा २०५० सालमा खुल्लाबाट राप्र तृतीय श्रेणी २०५४ मा द्वतीय श्रेणी २०६५ मा प्रथम श्रेणी प्रतिस्पर्धाबाट उत्तीर्ण गर्नुभएको र नेपालको कृषि क्षेत्रको विकासको लागि ३५ भन्दा बढी राष्ट्रहरुमा कृषि सम्बन्धी तालिम, अनुसन्धान, अवलोकन अनुभव हासिल गरेका विज्ञता समेत हुनुहुन्छ ।
० नयाँ सरकार आएसँगै कृषि क्षेत्रमा कार्यक्रमहरु के के छन् बताइदिनुस त ?
हामीले नेपालको आवश्यकता अ नुसार व्यवसायीकरण, आधुनिकीकरण, खासखास क्षेत्रमा कार्यक्रम अनुसार सरकारले स्पष्ट रुपमा बाली र वस्तुहरुमा आत्मनिर्भर बनाउने, त्यो पनि किटानका साथ धान, गहुँ, मकैमा ३ वर्षमा आत्मनिर्भर बनाउने, तरकारी र माछामा २ वर्षमा आत्मनिर्भर बनाउने त्यसैगरी फलफुलमा ७ वर्ष भित्रमा आत्मनिर्भर बनाउने, त्यसमा पनि छोटो फलफुलमा ३ वर्षभित्रमा आत्मनिर्भर बनाउने, अण्डा माछा मासुहरुमा दुधमा ३ वर्षभित्रमा आत्मनिर्भर बनाउने नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत आएको छ । यसलाई आत्मसाथ गर्दै नयाँ सरकारका नयाँ मान्य मन्त्रीज्यू, राज्इमन्त्रीज्यू कृषिमन्त्रालयमा आएपछि कृषि क्षेत्रलाई आमूल परिवर्तन गर्नको लागि ५८ बुँदे कार्यक्रम आएको छ । ५८ बुँदे कार्यक्रमको मूख्य विषय बजेट वक्तब्यमा उल्लेख भएका विषय समेटिएका छन् । यो नेपाल सरकारको नीति तथा कार्यक्रमलाई आत्मसाथ गर्दै किसानहरुको चाहना किसानहरुको आवश्यकता र नेपालको संविधान २०७२ मा स्पष्ट प्रान्तीय सरकारको फङ्सनल, लोकल एरियामा छ भने केन्द्रले फेसिलिटी रोल जस्तै क्वालिटीका कुराहरु, लोकल गभरमेन्टमा कृषि छ भने केन्द्रले अन्तर्राष्ट्रिय विषयहरु हेर्छौ यी तिनै तहलाई तालमेल मिलाएर हामीले खाकाहरु त्यार गरिराखेका छौं । यी खाकामा तय गरेका विषयहरु कार्यान्वयन हुन्छन् कार्यान्वयन भएपछि नेपालको कृषि विकासमा आमुल परिवर्तन हुन्छ । त्यही स्पष्ट खाका अनुसार धान, गहुँ, मकैमा आत्मनिर्भर हुन अगाडि बढिराखेका छौँ । अण्डामा त आत्मनिर्भर भइसकेका छौं । तरकारीमा ३ वर्ष, फलफूलमा ७ वर्ष खाद्यान्नमा तीन वर्षमा आत्मनिर्भरमुखी कृषि योजना अगाडि सारेका छौँ ।
के के योजना योजना छन् भन्ने प्रश्नमा उत्पादित वस्तुहरुलाई गोदाहरु, शितभण्डारहरु निर्माण गर्ने विषयमा तिव्रतर रुपमा काम भइरहेको छ । एकीकृत नमूना सहकारीको अवधारणा बनाएर निजी र सरकारीको संयुक्त प्रयासमा कामहरु थालेका छौं । तराइका भूभागहरुमा बढीभन्दा बढी उत्पादन गराउन व्यापक कार्यक्रम सञ्चालन गरेका छौं । प्रधानमन्त्री आधुनिकीकरण परियोजना मार्फत पकेट बलक, जोन, उपजोनहरुलाई जस्तै २५ हेक्टर भएकाहरुलाई पकेट भन्छौं भने १०० हेक्टर भएकालाई बलक भन्छों र ५०० भन्दा बढी भएको हेक्टरलाई जोन भन्छौं १००० भन्दा बढी भएको क्षेत्रलाई सुपरजोन भन्छौं । १४ वटा जोनका कार्यक्रम सञ्चालन गरिराखेका छौँ । यी तमाम खालका कृषि कार्यक्रमहरु सञ्चालन गरेर कृषिलाई प्रोत्साहन गर्नको लागि हाम्रा युवाहरुलाई कृषिमा आकर्षण गरी रोजगारको माध्यम बनाउन साधकका रुपमा कामहरु गरिराखेका छौं किनभने मूलत कृषि क्षेत्र यस्तो हो । हाम्रो अर्थतन्त्रको सुधार कृषि क्षेत्रको सुधारबाट मात्रै सम्भव हुन्छ । राष्ट्रिय अर्थतन्त्रको सुधरा गाउँगाउँबाट बनेको देश भएको हुनाले राष्ट्रिय अर्थतन्त्र गाउँको किसानको अर्थतन्त्र नसुधारिकन राष्ट्रिय अर्थतन्त्रको उन्नति र समृद्धि सम्भव छैन त्यसैले हामीले किसानहरुको उन्नतिमा ध्यान दिएका छौं । त्यसै अन्तर्गत उत्पादित वस्तु बजरामा व्यवसिथत गरेर क्वालिटीयुक्त छकी छैन, खाद्य प्रविधि प्रयोग गरेर चेक जाँच गर्दै कालिमाटी तरकारी बजारलाई व्यवस्थित गरेका छौँ । यी तमाम विषयहरुलाई व्यवस्थित गर्दै सरकारले बनाएको नीति तथा कार्यक्रमलाई सफल पार्न अनुगमन लगायत कामहरु समेत गर्दै हामी अगाडि बढी राखेका छौँ ।
० किसानहरुले समयमा मल, बिउ विजन नपाएको विभिन्न मिडियामा आएका छन् यो विषय कत्तिको साँचो हो ?
यो विषयमा प्रवक्तासँग सोध्नुभएको भए अझै विस्तृमा आउँथ्यो मलाई योजनाको सहसचिवको नाताले सोध्नुभएकोले मलको अभाव छैन । यो वर्ष हाम्रो देशमा १०० प्रतिशत धान रोपाई भएको छ । सिचाइको कुरा गर्नुहुन्छ भने हामीले सिचाई विभागसँग समन्वय गरेर काम गरेका छौं । त्यो सँगसँगै यो वर्ष मौसम पनि यति राम्रो भयो कि नेपालकै इतिहासमा यति धेरै धान फल्छ होला भन्ने लागेको छ । म यो योजना अधिकृतको हैसियतमा र अनुभवको आधारमा यो भन्दैछु । हामीलाई युरियाको समस्या भन्ने छ त्यो अस्ति सम्मको मेरो जानकारीमा आए अनुसार पर्याप्त मात्रामा युरिया आइसकेको छ । गत वर्षको तुलनामा यो वर्ष मल नआएको भनेर पत्रपत्रिकामा कतै कतै नपुगेको विषयमा आएको भएपनि कतै पनि हाहाकार रुपमा समस्या भएको मैले चाहिँ पाएको छैन । त्यसकारण सुदृढ भएको छ । विउ, विजन, बेर्ना, यहाँहरुले कुरा उठाउनु भयो यो राज्यबाट किसानले पाउनुपर्छ यो स्वभाविक हो । एउटा मातापिताका सन्तानले आफ्नो अभिभावकबाट सेवा, सुविधा, पाउनुपर्छ भन्नु अधिकार नै हो । त्यसो भएको हुनाले किसानले राखेको कुरा सकारात्मक हो । विउ बिजनको हामी सिडमा २०÷२५ प्रतिशत पु¥याउनु पर्छ भन्छौँ तर हाम्रो १४÷१५ प्रतिशत मात्र छ । यसलाई सुधार्ने कामहरु भइराखेको छ । कृषि बिमा गरिदिने कामहरु धमाधम भइरहेको छ । अनुदानका विषयमा उठाउनुभयो अनुदान अहिले प्रान्तिय सरकार मार्फत नै जान्छ हामीले यसको मनिटरिङ मात्रै गर्ने गरेका छौं । काहिँ तलमाथि भएका छन् भने त्यसलाई एकीकृत परियोजनाको रुपमा अगाडि बढाउनुपर्छ भनेर योजना बनाइराखेका छौं । जसको लागि अनुदान त्यसैले अनुदान पाउनु पर्छ भन्ने प्रिन्सिपल लिएर काम गरिराखेका छौं । किसानको खातामा नै डाइरेक्ट रकम ट्रान्सफर गर्ने तरिका मिलाएका छौं ।
हाम्रो देश बुवाहरुको पनि बुवाले कृषि गर्दै आउनुभयो । बुवाको हजुरबुवाले पनि कृषि गर्दै आउनु भएको छ । त्यतिबेलाको कृषि यति बेलाको कृषिमा आमूल परिवर्तन भइसकेको छ । आधुनिक कृषि, व्यवसायिक कृषि, गुणस्तरयुक्त कृषिको विकास भइरहेको छ । हामीलाई बार्षिक ५७÷५८ लाख मेट्रिक टन धान आवश्यक छ । हाम्रोमा ५१÷५२ लाख उत्पादन गर्न थालिसकेका छौं । मकैमा १७,१८ लाख मेट्रिक टन उत्पादन भइरहेको छ । चाहिने हामीलाई २२–२३ लाख मेट्रिक टन हो । गहुँ हामीलाई पुग्ने उत्पादन हुन थालिसकेको छ । हाम्रो भूगोल हिमाल–पहाड तराई मिलेर बनेको छ यहाँ फापर, कोदो, मकै धान सबै फल्छ । कृषिमा सम्भावना बनेर गएको छ । वातावरण राम्रो बन्दै गएको छ, अस्ति विम्स्टेकको सम्मेलनमा समेत हाम्रो देशका मन्त्रीज्यूहरुले कृषिका सम्भावनालाई प्रस्ताव अगाडि बढाएका छन् । कृषिबाट राष्ट्रको समृद्धि सम्भव छ । हाम्रा देशबाट विदेश गएका युवाहरुलाई फर्काएर कृषिमा प्रोत्साहन गर्नुपर्छ स्पष्ट खाका बनाएर कृषि पनि समृद्धिको छायाँ पाटो हो भनेर काम गर्नुपर्छ हामीमा केही कमिकमजोरी रहेका छन् त्यसलाई सुधारेर कृषिको विकास गर्ने योजना तर्जुमा गरेका छौं । हिजो भन्दा आज सुधार गर्नुपर्ने हाम्रो कर्तव्य हो ।
० पशुपंछी मन्त्रालय र कृषि विभाग मन्त्रालय समायोजन गरेको छ । काम गर्न कत्तिको सहजता छ ?
कृषि र पशुपंछी एक अर्काका परिपूरक हुन् पहिला एकै ठाउँमा थियो । वीचमा भएनौं यो किसानहरुको चाहना र आवश्यकता हो अझ हामी त सिचाई पनि एकै भइदिए काम गर्न सजिलो हुन्थ्यो भन्छौं । किसानहरुले पाउनुपर्ने सेवा सुविधा एउटै थलोबाट पाउनुपर्छ भन्ने किसानहरुको माग हो । उनीहरुको हक पनि हो । अहिले किसानहरुले पाउनु पर्ने सेवा सुविधाहरु त एउटै डोरबाट पाएका छन् । यो सकारात्मक रुपमा बुज्छौं । हामीले किसानको हितका निम्ति काम गर्ने हो यसरी समायोजन गरेर काम गर्न हामीलाई सजिलो भएको छ । योजना तर्जुमा गर्नु सजिलो भएको छ ।
० तपाई सोलुखुम्बु जस्तो जिल्लामा जन्मेर निजामति सेवामा सफल, उत्कृष्ठ भनेर जनतामा चिनिनु भएको छ । यो भन्दा पनि माथिल्लो ओहोदामा जनताले कहिले देख्न पाउँछन् ?
तपाईले महत्वपूर्ण प्रश्न उठाउनुभयो । म यो सेवामा प्रवेश गरेपछि विभिन्न ठाउँहरुमा जहाँ जहाँ बसे त्यहाँ त्यहाँ किसानहरुका हकहितका लागि काम गर्दै आएको छु । म कहाँ पुग्छु कुन पोष्टमा पुग्छु के हुन्छु भन्दा पनि मैले कृषिमा लाग्ने कृषि व्यवसायीहरु कृषक पु¥याउने सेवा, सुविधा हिजो भन्दा आज अझ बढी काम गर्न सक्छु कि सक्दिन मेरो त्यसतर्फ बढी ध्यान जानेगर्छ । म पनि गाउँको किसान परिवारकै छोरो भएको नाताले मेरो किसानप्रति बढी समय खर्चन चाहन्छु । यी मेरा महत्वपूर्ण पाटा हुन् । उनीहरुले प्रशंसा गर्ने मूल्यांकन गर्ने मेरो कामको लागि हो । त्यो काम मैले गर्नुपर्छ यो मेरो जिम्मेवारी हो । कर्तव्य पनि हो भन्ने लाग्छ । निजामति कर्मचारीमा जागिर खाएपछि पदहरु कार्य क्षमता र समयक्रममा बढ्दै बढ्दै जान्छ हुन त म थर्डक्लास, सेकेण्ड क्लास हुँदै फष्ट क्लास अफिसरमा खुल्ला कम्पिटिशन गर्दै लोकसेवाको परीक्षाबाट आउको हुँ । यो पद त्यो पद भन्दा पनि काम गर्दै अनुभवले पनि परिपक्व हुँदै आएको छु । मबाट आम किसानहरुले कृषि क्षेत्रको विकासमा कृषि क्षेत्रको व्यवसायीकरणमा, आधुनिकीकरणमा, कृषि क्षेत्रको रोडम्याप, नयाँ प्लानहरु ब्नाउन स्पष्ट दिशा निर्देशन गर्नेमा मेरो मूल्यांकन बढ्ने कि नबढ्ने त्यो चाहिँ महत्वपूर्ण बिषय हो । त्यो बढ्नु पर्छ र म त्यो बढाउन तत्पर रहेको कुरा अनुरोध गर्न चाहन्छु । म कहाँ पुग्छु भन्ने मेरो रोडम्यापहरुले जनताहरुले आशा गरेको ठाउँमा म पुग्छु भन्ने कुरामा विश्वस्त छु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend