logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सबै नेपालीलाई ‘किवी’ सस्तोमा खुवाउने अभियानमा छु.


  • जन आकाश
  • मंगलबार, मंसिर ४ २०७५

रङदान तामाङ
अध्यक्ष



सैलुङ एग्रीकल्चर प्रोडक्शन प्रा.लि. रामेछाप ।

२०२७ सालमा रामेछापको डढुवामा जन्मनुभएका रङदान तामाङ अत्यन्तै मेहनती थिए भने पढ्न पनि उत्तिकै अब्बल तर सानै उमेरमा विदाको बेला काठमाडौंमा बसेका दाजुभाउजुकोमा आउजाउ गर्दै जाँदा काठमाडौंको झलमल्लले काठमाडौं नै बस्न रहर लागेर यतै बस्न थाले । त्यसपछि दाजुभाउजुले अँगालेको पेशा गलैंचा उद्योगमा गलैंचा बुनेको र पछि गलैंचाको सिप जानेर माष्टर समेत भएको हाम्रो भेटमा बताए । गलैंचा उद्योगमा आम्दानी राम्रै भएपनि एकैठाउँमा बसिरहने पेशा मन परेन र ट्रकको खलासी काम गर्न पुगे त्यही क्रममा एकपटक त पथलैयाको जंगलमा ३ दिनसम्म एक्लै बस्नु परेको क्षण कम कहाली लाग्दो थिएन । तैपनि हरेस नखाइकन तिन वर्ष खलासी पेशा गरेरु २०४९ सालमा लाइसेन्स निकाली जोरपाटी रत्नपार्क चल्ने मिनिबसको ड्राइभर भएर काम गरे त्यो लामो यातायातको अनुभव २०५४ सालमा हिमालय हाइड्रोपावर खिम्ती जलविद्युत आयोजनामा काम लाग्यो र त्यहाँ परीक्षा दिएर नियुक्त भई इमानदारिताका साथ काम गरेको हुनाले २०५७ सालमा फोरम्यान इन्चार्जको हैसियतमा काम गर्न थालेका रङदान हिमाल पावर लिमिटेड खिम्वी जलविद्युत आयोजनाको ड्राइभर पदमा डोजर, क्रेन सबै अपरेटरको रुपमा काम गर्दै मेकानिकल सम्मको काम गर्दै गए त्यस हाइड्रोपावरमा कमाएको पैसाले २०६५ महत्वपूर्ण जडिबुटीको रुपमा प्रयोग हुने लोठसल्लो खेती शुरु गरेर थप्दै अलैंची पनि लगाए र २०६५ मा किवीको विकासको बारेमा जानकारी भएपछि यता हिमाल उर्जा कम्पनीमा काम गर्दै खेती पनि हेर्दै आएका रङदानले २०७२ सालमा हिमाल ऊर्जा लिमिटेडबाट स्वइच्छाले जागिर छोडे र आज तिनै रङदान किवी फूल उत्पादनका राजा भनेर चिनिन्छन् । उनले कसरी यो सफलता पाएका हुन् भनी हामीले यस अंकमा प्रस्तुत गरेका छौं ।
० अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले मैले उत्पादन गरेको किवी फल विक्री वितरणको काममा व्यस्त छु साथै किवी उत्पादन किवी विरुवासँगसँगै सैलुङ्ग, एग्रीकल्चर प्रोडक्सन अन्तर्गतको कागती, सुन्तला, एभोकाडो डाइग्रन फुड बेर्ना (विरुवा) उत्पादन गरेर बजारमा पठाइरहेको छु । यिनै कृषिका कामहरुमा उत्पादन अनुसन्धान, अनुभवको आधारमा अझै राम्रा राम्रा उपायहरु के के हुन सक्छन् भन्ने खोजी गर्दैछु र किवीको लागि रामेछाप जिल्लाका १० देखि २८ सय हाइटसम्म हुने यसलाई सुन्तला जुनार हुनेभन्दा माथिल्लो बेल्ट, स्याउ फल्ने भन्दा तल्लो भागमा फल्ने किवीको व्यवसायिक खेती गर्न अत्यन्तै उपयुक्त हुँदोरहेछ त्यसैमा म लागिरहेको छु ।
० अहिले किवीको व्यापार कस्तो छ ?
अहिले नेपाली उपभोक्ताहरुले खानलाई किवीको बारेमा त्यति ज्ञान भइसकेको छैन । त्यसैकारण ठाउँठाउँमा सिकाउँदै सामान्य पसलहरुलाई पनि किवीको सुझावहरु दिँदै विशेष गरेर काठमाडौंको जोरपाटी, बौद्ध, गौरीघाट, चाबहिल, बानेश्वर, गौशाला, भक्तपुर, लोकन्थली, गठ्ठाघरलगायतको पसलहरुमा किवी मैले वितरण गरिराखेको छु । सँगसँगै कतिपय उपभोक्ताहरुमा जानकारी नै नभएको त होइन सबैतिर सबैले जानकारी पाएका छैनन् । सबै सर्वसाधारणले समेत किवी फल खान पाउनुपर्छ भन्ने सोच राखेर मेरो सैलुङ्ग एग्रीकल्चर प्रोडक्सनबाट उत्पादन गरेको फल २५० देखि ३५० सम्म स्याउको रेटमा बिक्री बितरण गर्दै आएको छ । यो भन्दा अगाडि अहिले पनि विदेश तिरबाट आउने किवी झण्डै ७ सय देखि माथि कारोबार भइरहेको छ । यस्तो अवस्थामा मैले रामेछापको विकटमा जहाँ यातायात सुविधा नभएको ठाउँमा उत्पादन गरी कठिन अवस्थाको सामना गरेर पनि नेपाली उपभोक्तालाई स्याउको रेटमा दिँदै आएको छु । जसले किवीलाई महँगोमा बेचिरहेका छन् त्यो रेट घटाएर देशभरी एउटै रेटमा उपभोक्ताले सस्तोमा किवी खान पाउनुपर्छ त्यसको लागि उत्पादन बढाउन र वितरण प्रणाली सहज गराउन लागिराखेको छु । बजारको स्थिति सोचेजस्तो छैन यसको लागि हाम्रो आफ्नै पहलबाट बिक्री वितरण गरिराखेको छु । यसमा सरकारको तर्फबाट किवी व्यवसायीलाई केही सेवा सुविधा र बैंकहरुबाट सहुलियत ऋण उपलब्ध गराएमा अझै धेरै किवी उत्पादन देशभरी नै पु¥याउन सक्ने सम्भावना मैले देखेको छु ।
० अहिलेसम्म सरकारको तर्फबाट केही सुविधाहरु पाउनु भएको छैन ?
अनुदानमा एउटा हाते ट्याक्टर र पानी पोखरीको लागि प्लाष्टिक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट २ लाख ८३ हजार अनुदान पाएको थिएँ ।
० तपाइलाई सरकारले के के कुराहरु उपलब्ध गराएमा सजह हुन्छ अन्य थप ?
सहयोग अनुदानहरु सहुलियत ऋण, कोल्ड स्टोरको व्यवस्थापन, हाम्रोमा यातायातको लागि सडकको अवस्था निकै कठिन भएको हुनाले यातायात पु¥याउन राम्रो सडकको पहुँच र निकट भविष्यमा किवीको जुस बनाएर बेच्ने उद्योगको स्थापना गरिदिने हो भने फलफूलको सबैभन्दा बढी उत्पादन गर्न सकिन्छ । यो व्यवस्थापन राज्यबाट भयो भने कृषि प्रधान देशको प्रतिष्ठा बढ्छ ।
० तपाइलाई कृषिमा किन आकर्षण भयो ?
म मजदुर थिए सामान्य जागिर खाँदैआएको र जहिलेसम्म बलहुँदासम्म पैसा हुने र बुढेसकालमा उमेर गइसकेपछि त्यो आम्दानीले दुःख पाएको मैले धेरे देखे । मेरो हालत पनि त्यस्तै नहोस् भनेर जागिर खाँदाखाँदै नै मैले महत्वपूर्ण जडिबुटीको प्रयोग हुने लोठ सल्लो, अँलैची, चिया शुरु गरेको थिएँ । पछिल्लो समयमा जब मलाई किवीको बारेमा जानकारी भयो त्यसपछि त मैले आफ्नो भविष्य कृषिमा नै देखे । यसरी आकर्षित भएको हो ।
० यो किवी अलि महँगो पनि छ । लागत पनि बढी नै लाग्छ । तपाइको ९० रोपनी क्षेत्रफलमा फैलिएको छ यसको व्यवस्थापन कसरी सम्भव भयो ?
हिमाल पार लिमिटेड ९ज्एी० बाट कमाएको सम्पूर्ण आन्दानी यसै फार्ममा लगानी गरेको हो । त्यसैको प्रतिफल आज झण्डै साढे २ करोडको रुपमा छ । यसको क्षेत्रफल तपाईले नै भनिसक्नुभयो ९० रोपनी नै हो । अहिले १८ सयभन्दा बढी बोटहरु छन् । १२ सय भन्दा बढीले बोटहरुले फल दिइरहेका छन । यसबर्ष ३ टन भन्दा माथि नै उत्पादन भयो । आउँदो वर्ष १० टन भन्दा माथि उत्पादन हुने अनुमान गरेको छु । आउँदो वर्ष ४० टनभन्दा माथि फल्छ भन्ने आशा राखेको छु ।
० कामदारहरु कति छन् ?
रामेछापमा ४ जना, ललितपुरको लामाटार लुभुमा १ जना गरी ५ जनालाई स्थायी रोजगार दिइरहेको छु । सिजनको बेला र आवश्यकता अनुसार ४०।५० जना कामदार खटाउँदै आएको छु ।
० जागिर खाँदाको अवस्था र अहिले कृषि पेशामा रहँदा घर परिवारको समर्थन कस्तो छ ?
मलाई घर परिवार विशेष गरेर मेरो श्रीमतीको ठुलो समर्थन गरेर कृषि प्रोत्साहन गरेकै कारण आज यो ठाउँमा सफल भ एको हो । मेरी श्रीमतीले कमाएको पैसाले कहिल्यै पनि काठमाडौंमा घर किनौ, गरगहना किनौ र शहरमै बसौं भनेर भनेको भए म सफल हुने थिइन तर श्रीमतीले पनिमैले गर्न लागेको कृषि व्यवसायलाई सहयोग र साथ दिएकै कारण हामी सफल भएका हौं । त्यसकारण परिवारको मलाई पूर्ण समर्थन छ ।
म जागिर खाएर बसेको भए म कुन ठाउँमा हुन्थे एकदुई जना आफन्त र काम गर्ने ठाउँमा चिन्थे होलान । तर मैले कृषि व्यवसायमा पाएको सफलताले राष्ट्रमा चिनिएको छु । यो मेरो लागि गर्वको विषय हो ।
० पुरस्कारहरु पनि थुप्रै पाउनु भएको छ है ?
प्हिला गा.वि.सबाट सम्मानपत्रदेखि राष्ट्रपति सम्मान सम्म पाएको छु । यो मेरो गर्वको विषय हो ।
० पुरस्कारहरु पनि थुप्रै पाउनु भएको छ, केही सम्झना छ ?
पहिला गा.वि.सबाट सम्मानपत्र, रामेछाप जिल्ला बाणिज्य संघबाट सम्मान, जिल्ला विकास कार्यालय रामेछापबाट ४ हजार ५ रुपैयाँ पुरस्कार र सम्मान, जिल्ला विकास कृषि कार्यालय रामेछापबाट राष्ट्रपति सम्मान र १० हजार पुरस्कृत मध्यमाञ्चल कृषि कार्यालयबाट राष्ट्रपति पुरस्कार २५ हजार तथा सम्मान, कृषि विकास मन्त्रालयबाट १ लाख पुरस्कार तथा सम्मान, जन आकाश मिडियाबाट कृषि सम्मान तथा विभिन्न संघ, संस्थाबाट सम्मान प्राप्त भएको छ । यो मेरो लागि र नेपालका कृषि पेशालाई व्यवसायीकरण गरेर सम्मानकाले प्रोत्साहन मिलेको छ भन्ने लाग्छ । विदेशमा जानु हुने नेपाली दाजुभाईहरुलाई आफ्नै देशमा बारीमा कृषिलाई व्यवस्थित गरेर व्यवसायीकरण ग¥यो भने चाहिँ सम्मान साथ बाँच्न सकिन्छ भन्ने सुझाव दिन चाहन्छु ।
विशेष गरेर तराइमा डाइगन फुड र एभकाडोको सम्भावना राम्रो छ यो मध्य पहाडी क्षेत्रमा एभकाडो हुने गर्छ । यसको बजारमा समेत अत्याधिक माग छ । यसलाई विभिन्न प्रकारका खानेकुराहरुमा प्रयोगमा ल्याउने सकिने हुनाले बजारको कहिल्यै अभाव हुँदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend