जन आकाश
राजनीति विशुद्द समाजसेवा हो भन्ने मान्यतावाट विश्रृङखलित हुदै गईरहेको छ । नेपालको राजनीतिक ईतिहासमा साम, दाम,दण्ड, भेदको नीति अख्तियार नगरेको राजनीति कमै देख्न सकिन्छ । १०४ बर्षे राणा शासन, ३० बर्षे पञ्चायती व्यवस्था र १५ बर्षे बहुदलिय व्यवस्था देखि हाल आएर लोकतान्त्रिक गणतन्त्रमा समेत राजनीतिलाई विशुद्द समाज सेवा संग जोडन सकिएको छैन । पछिल्लो समय रजनीतिक व्यवस्था परिवर्तन भएता पनि राजनीतिक संस्कारमा परिवर्तन देखिएको छैन । वि.सं २०७२ सालमा संविधान जारि भए पश्चात संविधान त प्रदेश र संघिय चुनाव सम्पन्न भईसकेको छ । उतm चुनावको परिणामले ने क पा लाई दुई तिहाईको सरकार बनाउने मार्ग प्रशस्त गरिदियो भने नेपाली कांग्रसले प्रतिपक्षि दलको रुपमा स्थापित गर्याे । वि.सं.२०१५ सालमा भएको निर्वाचन पछि दुईतिहाईको सरकार बने पछिको यो पहिलो ईतिहास हो ,त्यसैले स्वभाविकरुपमा अपेक्षा बढिरहेको छ । वि.सं २०१५ सालमा नेपाली काँग्रसले दुईतिहाई बहुमतको सरकार बनायो त्यो सरकार वि.पि. कोईराला स्वयंले नेतृत्व गरेको थियो तर वि.सं. २०१७ पुष १ गते तत्कालिन राजा महेन्द्रले कू गरे पश्चात वि.पि.काईरालाले न सता टिकाउन सक्यो न राजनीतिक व्यवस्था नै जोगाउन सक्यो त्यसपछि वि.पि. कोईरालाको जिवन जेल र निर्वासन हुदै वित्यो । यसरी काँग्रेस ओरालो लाग्यो कहिले दुईतिहाईको सरकार बनाउन सकेन हुँदा हुँदा अहिले प्रतिपक्षमा खुम्चनु पुग्यो । हुन त समय परिस्थिती बदलिएको छ त्यो समयमा सक्रिय राजतन्त्र थियो अहिले गणतन्त्र आएको छ ,त्यसैले विगत जस्ताको तस्तै दोहारिन्छ भन्ने छैन, तर व्यवस्था नदोहरिन सक्छ ,सता त समयको चक्र जस्तै घुम्ने भएकाले यसै भन्न सकिन्न । यस्तो ऐतिहासिक दुईतिहाईको सरकारको नेतृत्व गर्ने अवसर छ दसकपछि ने क पा ले पाएको छ उसले खेल्ने भुमिकाको आधारमा पार्टीको भविश्य निर्धारण हुन्छ भन्दा कुनै अत्युतिm नहोला । समृद्द नेपाल सुखी नेपाली भन्ने नाराका साथ ने क पा को सरकार बनेको धेरै लामो समय भएको छैन सात आठ महिनामा नै सरकारको मुल्याङकन गर्नु अलि हतारो हुन सक्छ । नेपालको लोकतान्त्रिक ईतिहासमा झण्डै ६ दसकपछि दुईतिहाई जनमतका आधारमा बनेको सरकारसंग जनताको अपेक्षाहरु रहने नै भए त्यहि माथी समृद्द नेपाल सुखी नेपालीको नाराले त जनता अझ उत्साहित हुने नै भए । विभिन्न नाराहरु त जनताले निरन्तर सुनिरहेका छन त्यो ठुलो कुरा भएन अनुभुति गर्न पाए कि पाएन त्यो महत्वपुर्ण कुरा हो । हासम्म वर्तमान सरकारले अहिलेसम्म गरेको प्रगति हेर्दा आर्थिक समृद्दि, सुशासन, विकास निर्माणमा फड्को मार्न सकिरहेको छैन । आर्थिक समृद्दिको लागि आयात प्रतिश्थापन गरेर आत्मनिर्भर बन्ने र व्यापार घाटा कम गर्ने हो त्यो हुन सकिएको छैन,उखु किसानले उखुको मुल्य पाउन सकेको छैन बजारमा चिनीको मुल्य आकाशिएको छ ,त्यस्तै साना किसानहरुको उत्पादनले बजार पाउन नसकेर फ्याँक्नु परेको छ उता विचौलियाले उपभोतmा र किसानको विचमा वसेर सितैमा कमाईरहेको छ । त्यस्तै सुशासनतर्फ हेर्ने हो भने ढिलासुस्ती ,अनावश्यक दु.ख. झण्झट दिने कामले जनता आहत भएका छन भने पारदर्शिता, जीम्मेवार र जवाफदेहिता विहित कर्मचारीतन्त्र हावी भईरहेको छ त्यसले गर्दा भ्रष्टचार संस्थागतरुपमा मौलाईरहेको छ । यसो हुनुको कारण पुराना कानुनहरुको समयसापेक्ष परिमार्जन नहुनु र बनेका कानुनहरुको प्रभावकारी कार्यन्वयन नहुनु हो । जवसम्म यी विषयमा ध्यान जादैन तबसम्म भ्रष्टचारमा सुन्य सहनशिलताको नारा दिएर सुशासन सम्भव देखिन्दैन । सरकारले विधी र प्रणालीको विकास गर्ने हो, त्यसो हुन सकेको खण्डमा जनताले परिवर्तनको अनुभुति गर्न सक्छ ,सरकार पुरानो र परम्परागत मुल्य मान्यतामा आधारित पद्दतिमा टेकेर नयाँ काम गर्न खोजेको हो भने जनताले नयाँ अनुभुति गर्न सक्दैनन । पुराना र अव्यवहारिक प्रणालीको अन्त गर्दै नयाँ मुल्य मान्यताको स्थापना नगरे सम्म नयाँ नाराले मात्र आर्थिक समृद्दितर्फ लम्कदैन र सुखी नेपाली हुने सपना साकार हुदैन । यो सरकारले परिवर्तनको मुद्दा उठान त गर्याे तर बैठान गर्नसकेको छैन जस्तै सुन तस्करी गर्ने गिरोहको अखडा भत्काउने काम कहाँ पुग्यो ? शतिm र पहुँचवालालाई छाडेर दुई चार जना भरिया ,व्यापारी अभियुतmलाई पक्रन्दैमा त्यो जालो तोडिन्दैन त्यस विषयमा आशा गरौ सरकारले चाडै निष्कर्ष दिने छ । अर्काे कुरा यातायात व्यवसायमा देखिएको सिण्डीकेट अन्त गर्ने काम सरकारले शुरु गर्याे त्यसको चौतर्फि तारिफ हुँदाहुँदै अहिले सम्म सार्थकता पाउन सकेको छैन जसले गर्दा सर्वसाधरण जनताहरुले यातायातमा मार खेप्नु परेको छ । विकास निर्माणमा ढिलाशुस्ती,भ्रष्टचार गर्ने निर्माण व्यवसायीहरुको कामको अनुगमन,मुल्याङकन प्रति सरकार कडा हुन सकिरहेको छैन जसले गर्दा माफियाहरु चलखेल गर्ने अवसर पाईरहेका छन । कर्मचारीतन्त्रमा देखिएको राजनीतिकरण र भ्रष्टचार दिनानुदिन बढिरहेको छ सेवाग्राहिहरुलाई चुस्तदुरुस्त सेवा दिनुको साटो अनावश्यक दुख दिने काम भईरहेको छ यसका कैयौ उदारण पेश गर्न सकिन्छ । जनताले सरकारको काम अनुभुति गर्न सक्नुपर्छ ,भाषण र सस्तो नारामा अल्मलिनु हुदैन । जनताको दैनिक जिवनमा के परिवर्तन आयो भन्ने कुराले देशको विकास र समृद्दिको मापन गर्दछ । परनिर्भर अर्थतन्त्रमा आधारित जिवन प्रणालीले गर्दा उत्पादनमा जोड दिने, मितव्ययिता अपनाउने र श्रम गर्ने बानी हराउदै गएको छ यस्तो प्रवृतिले देशको अर्थतन्त्रलाई धारासायी बनाउदैन भन्न सकिन्न । यी कुरामा सरकारले कस्तो योजना बनाईरहेको छ त्यसले नै समृद्द नेपाल सुखी नेपालीको नारालाई निर्धारण गर्ने छ । ने क पा को सरकार बनेको छ त्यसको जग भनेको संगठन नै हो अहिले पार्टी एकता भएको यतिको महिना भएपनि नेता कार्यकर्ताको समायोजन,उचित जिम्मेवारी दिन सकिरहेको छैन, त्यसले गर्दा असन्तुष्टिहरु बढदै गईरहेको छ । ने क पा पार्टी सरकारमा भएको वेला जनअपेक्षाहरु पुरा गरेन भने पार्टीको शाख गिर्ने कुरामा कुनै द्दिविधा नहोला, त्यसैले होला सतारुढ दलका बरिष्ठ नेताले संघिय संसदको बैठकमा देश डुब्न लाग्यो भनेर व्यङग गरे,उतm कुराको खण्डन गर्दै वहालवला उपप्रधामन्त्रीले विचार ठिक भएपनि अभिव्यतिmको माध्यम ठिक नभएको टिप्पनी गरे यसरी पार्टीभित्र सरकारभित्र एकरुपता नभएको हो कि भन्ने भान परेको छ । प्रतिपक्षि नेपाली काँग्रेसको कुरा गर्ने हो भने गुट र उपगुटको मार खेपिरहेको देखिन्छ । यी गुटहरुको कारणले काँग्रेस दिनानुदिन कमजोर बन्दै पार्टी कार्यकर्ताको मनोबल गिराउदै गईरहेको छ । पार्टी हारको समिक्षा गर्ने सन्दर्भमा पार्टी सभापति एक्लैले लिने वा सम्पुर्ण नेतृत्वले लिने भन्ने बिषयमा लामै विवाद भयो अन्तत सम्पुर्ण नेतृत्वले लिने पार्टीले निर्णय गरे पनि आत्मसाथ गर्न सकेको देखिन्दैन । पार्टी संगठनलाई संघिय मोडलमा लैजाने कामको थालनी भएको छैन, पार्टीको विभाग, संसदिय बोर्ड गठन देखि भातृसंगठन नेविसंको विधान पारित गर्ने क्रममा विवाद नै विवाद भएको कुरा छापा माध्यम, अनलाईन माध्यम र श्रव्यदृश्य माध्यमबाट निरन्तर आईरहेको छ । पार्टीको आधिकारिक बैठक बहिस्कार गर्ने गुटको बैठक बस्ने, बहुमतको निर्णयलाई चुनौति दिदै नेतृत्वलाई गालि गर्ने राजनीतिक संस्कारले काँग्रेसलाई कहाँ पुर्याउछ अनि भावी पिढीलाई के सन्देश दिन्छ एउटा अहम सवाल बन्दैछ । पार्टीहरुभित्र विभिन्न विचारसमुहहरु हुन्छन तर ती सवै विचारसमुहहरुले संस्थागत रुप लिएपछि आत्मसाथ गर्ने प्रवृति हराउदै गईरहेको छ । हुन त लामो राजनीतिक ईतिहास बोकेको नेपाली काँग्रेसको नेतृत्व धेरैजसो कोईराला वंशवाट भयो जसले गर्दा प्रजातन्त्रको राम्रो अभ्यास हुन पाएन, गणेश प्रवृतिले काम गर्याे भन्ने कुरालाई नकार्न सकिन्न तर पछिल्लो चोटी काँग्रेसको नेतृत्व कोईराला वंस भन्दा वाहिर गयो जसले गर्दा गुट र असन्तुष्टिले बढि खेल्ने मौका पाएको हो कि भन्ने अनुमान गर्न सक्छौ । पार्टीभित्र पद्दति र प्रणालीको विकास भएको छैन, राज्य संचालन गर्ने पार्टीभित्र वेथिती छ भने परिवर्तको कुरा एउटा आदर्श मात्र हुन्छ ,जनताका युगिन चाहानाहरु केवल सपना मात्र हुने हुन्छ । यसरी देशको भाग्य र भविश्य कोर्ने राजनीतिक पार्टीमा एउटा मुल्य मान्यताको विकास गरेर समाजसेवा राष्ट्रसेवा र जनताको सेवाभाव भन्दा वाहिरवाट दल र त्यसका नेताहरु लागे भने देशमा जुनसुकै व्यवस्था आए नि जुन जोगी आए नि कानै चिरिएको भन्ने सिवाय अरु केहि हुन सक्दैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend