logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

यो देश बनाउने आँट कस्ले गर्ला ?


  • जन आकाश
  • बिहिबार, पुष २६ २०७५

कहाँ गए वीर सपूतहरु ?
कहाँ छन् एकीकरणका अभियन्ता ?
किन सहिद मात्र बनाइन्छन् नेपालीका सन्तानहरु ?
संघर्षपछि किन हुँदैन देश विकास ?
कस्ले कसरी चलाउँछ हाम्रो देश नेपाल ?
६९ वर्षसम्म एउटा राम्रो उद्योग किन खोलिँदैन ?
पहाडी भूभागहरुमा विसौंवर्ष सम्म किन राजमार्ग बनाइँदैन ?
राणा शासनलाई गाली गर्नेहरुले जंगे पिलरहरु ढल्दा राणाहरुले बनाएको पिलर उठाउन समेत किन सक्दैनन ?
्य एउटा सियो नबनाउने देशले कसरी प्रगति गर्ला ?
यी प्रश्नहरु नेपाली जनताले गरेका हुन् । नेपाल देश आफैमा सुन्दर छ । प्रकृतिले भरिपूर्ण छ । यहाँको हावापानी, जल, जमिन, जंगल, जडिबुटी, जनावर, जनता सबैको उत्तिकै महत्व छ । तर यहाँको सरकार शासन गर्ने तरिका र काम गर्ने प्रबृत्तिले यो सुन्दर हराभरा, यहाँको महत्वपूर्ण जल, जंगल, जडीबुटी जनताहरुलाई सजाउनुको सट्टा विगार्न भन्दा बाहेक परिवर्तनको नाममा केही पनि प्रगति गरेको देखिँदैन । जसलाई नेपाली जनताले पार्टीको नाममा चिन्दै आएका छन । तिनै पार्टी नामबाट सरकारमा पुगेर शासन चलाउँदै, त्यहाँ आफ्नै पार्टीका कार्यकर्ताहरुलाई ठेक्कापट्टा दिँदै एउटै योजना बर्षौसम्म लैनो गाई बनाइरहने चलनले नेपालको विकास निर्माणमा अवरोध गरेको छ ।
पार्टी ठूला बनाउन, चुनाव जित्न आफ्नै देशको मौलिक संस्कृति, परम्परा मासेर आयातित संस्कृति, बस्तु प्रयोग गरी प्रोत्साहन गर्ने पार्टीहरुले नै गरेको र तिनै पार्टी ठुलो पार्टी बनेर सरकारमा पुगेर नेपालको आत्मनिर्भर पौरखलाई समेत परनिर्भरमुखी डलरवादी संस्कृति भित्र्याउँदै नेपाली युवायुतीलाई अल्छी बनाइ उत्पादन रोकेर विदेशी खाद्य बस्तु प्रयोगका सामान भित्र्याएर नेपालीलाई दासी बनाउने योजना विस्तारै लागु हुँदै गएको छ ।
नेपालीहरुको एकता, सद्भाव, धार्मिक सहिष्णुता, हाम्रो पुर्खाको एकीकरणले बनेको आधुनिक नेपाल छिन्नभिन्न, टुक्रा बनाउन र जातजातका नाममा, भाषाभाषाको नाममा विवादका विउहरु रोपिएका छन् । अधिकार पाउने सपनामा ऐन, कानून, तरिका भन्दै बर्षौबर्ष सम्म अलमलमा पारेर हाम्रो देश विकास गर्ने तिब्र चाहनालाई रोक्दै हाम्रा सक्रिय हातहरु, मष्तिष्कहरु निष्क्रिय पारिँदैछन ।
बेलाबेलामा पटक पटक क्रान्तिको नाममा विदेशमा बनेका हतियार किनेर ल्याउँदै आफ्नै दाईले भाईलाई भाइले दाइलाई सामन्तको परिभाषा लगाउँदै मारकाटमा अल्झाउदै आएको छ । र चित्त बुझाउनको लागि सहिद नाम दिएको छ । के मारकाट मात्र गर्ने सन्तान हौं हामी नेपाली ? यो यस्तो काम कस्का लागि गर्दैछौं ?
नेपाली घरेलु कोदोको रक्सी समातेर बाटोमा पोख्ने नेपाल प्रहरी बेलुका अमेरिकी, बेलायती विदेशी हुस्की घुट्काइरहेको हुन्छ । त्यो विदेशी हुस्की रक्सी कम्पनीहरु गाउँगाउँको कुनाकानामा पुगेको छ । त्यसलाई तिर्ने पैसा नेपालीको पसिनाबाट गएको छ । तिनै पैसाहरुले हाम्रो देशमा पुनः फेरि सहयोग गर्ने बाहनामा विग्रह ल्याउँदैछ । यसको विषयमा किन सोच्दैनौं हामी हाम्रो मौलिक उत्पादनलाई किन बैज्ञानिकीकरण गर्दैनौ ?
भएको उद्योग बन्द गराउँछौं । त्यस्तै उत्पादन तर कमसल किनेर प्रयोग गर्छौ किन यस्तो गर्दैछौं ? संगठनै संगठनका नाममा उद्योग बन्द गर्ने, आगजनी गर्ने ताल्चा लगाउने संस्कृतिको किन निरन्तरता दिइराखेका छौं । कसले भर्दैछ युनियनका नेताहरुको दिमाग र आफ्नै देशमा ठुलो उद्योग खोलेर आवश्यक सामाग्री उत्पादन गर्न कस्ले रोक्छ ? त्यो आँट गर्नुपर्दैन ?
राष्ट्रियता र देशभक्तिको नारा लगाउनेहरु काठमाडौंमा गल्लीगल्लीमा भजन गाएर बसेका भेटिन्छन् । राणाशासन व्यवस्थालाई गाली गर्नेहरुले शासन चलाएको ६९ वर्षमा राणा शासन व्यवस्थामा देशको सीमाना निर्धारण गरेर गाडिएका सीमा स्तम्भहरु उठाउन समेत सकेका छैनन् कस्तो खालको देशभक्ति र राष्ट्रवाद हो काठमाडौंको गल्लीमा बसेर फलाक्ने देशभक्ति कस्तो हो राम्रोसँग सोचौ त ?
पहाडी भूभागहरुमा बर्षैपिच्छे हिउँदमा डोजार लगाएर जथाभावी सडक बनाउने नाममा बाटो खोसारिन्छन् । तर कहिल्यै कालो पत्रे गरिँदैन । कसको के स्वार्थ छ । नेपालका सबै भूभागमा हाम्रो पूर्खादेखि बसोबास गर्दै आएको आवादी जनतालाई कठिनाई र विकास हुन नसकेको देखाएर, लोभ्याएर सुख, सुविधा देखाएर सिँगो देशलाई रित्याउने र त्यस भूभागमा नेपालको अस्तित्व मेटाउन खोज्ने तत्व आउन लागेको हो । यसको ख्याल नेपालीहरुले गर्नुपर्छ । विकासको निरन्तरतालाई परिपक्व क्रमबद्ध मिलाएर छिटोभन्दा छिटो आत्मसाक्षी राखेर गर्नुपर्छ ।
हाम्रो यस्तो इतिहास बोकेको देश हो आधुनिक हतियारसँग प्राकृतिक भूवनोट र साहसले लड्ने हाम्रा बीर समूपतहरु जसले संवेदनशील गढीहरु निर्माण गरे, खलंगाहरु निर्माण गरेर पराक्रमीहरुलाई परास्त गर्न माहिर थिए । तर आज एकलाख पाउने आसमा विदेशमा बस्ने सपना देखेर नेपालीको उच्च स्वाभिमानी मन लुत्रुक्क पारेर अर्काको आशमा २४सैँ घण्टा बरालिँदै हिँडेको छ । कहाँबाट बन्छ सिचाई नहर, कहाँबाट बन्द विद्युतगृह, खानेपानीको टंकी, धारा, पुल, हस्पिटल, अनुसन्धान केन्द्र अनि कहाँबाट संरक्षण हुन्छ त हाम्रा विशेषज्ञहरु यस्ता गहन विषयलाई हामीले खोज्नुपर्छ ।
हाम्रो आफ्नै देशको फलाम उत्खनन गरेर देशको लागि लडाई लडेर भोटको युद्ध जितेको इतिहास छ । तर आज विदेशबाट ल्याएका पुराना कवाडी कलेक्शन गरेर स्टिल र फलाम भन्दै बेच्ने देश बनेको छ । ती फलाम खानीहरु, तामा खानीहरु, अन्य खनिज पदार्थहरु व्यवस्थित गरेर उत्खनन गर्न किन ढिलो गर्ने ।
संसारमा संघर्ष विद्रोहपछि स्थापित भएको सरकारले देश विकासको प्रचुर विकास गरेका छन । हाम्रै मात्र देशमा किन विकास हुँदैन । हाम्रो देशमा मात्र घुमिफिरी उही अनुहार, उही पात्र, त्यही पार्टीको मानिस पटक पटक दोहोरिन्छ । त्यसैले गरेको गल्ती, अभियोग उसले कानून बनाएर आफू अनुकूल चलाउँछन् तर कुनै पनि सक्षम, जो नेपालको कुना कन्दरा, झर्ना, खोला, पहाड, हिमाल, बनस्पती केही न केही अनुभव बटुलेर आएको नेपाली जसको मन मष्तिष्कमा नेपाल देश र नेपाल प्रतिको आगाध माया हुन्छ उसलाई कुनै केही बहानामा रोकिसकेको छ । मुद्धा लगाइसकेको हुन्छ । यस्तो भेदभावपूर्ण व्यवहारले कसरी विश्वासको वातावरण बन्छ । यस्ता त्रुटीपूर्ण पूराना असफल पात्रहरुलाई नदोहो¥याइकन शासन सञ्चालनबाट विदा गर्नु उचित हुन्छ । यस्तो काम नेपाली नागरिकले कहिल्यै आँट गरेनन् । अबको अभियान पूराना पूराना जो ६० माथिका मै हुँ भन्नेहरुलाई दोहो¥याउनु हुँदैन तब मात्र नेपालको विकासलाई टेवा पु¥याउन सकिन्छ । यो आँट व्यक्तिले होइन सबै नेपाली मिलेर गर्नुपर्छ अनिमात्र बन्छ विकसित देश त्यही विकसित देशका जनता स्वाभिमानी सम्पन्नशाली बन्दै गर्जन सक्छ । देश बनाउने आँट सबैले गरौं ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend