logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

किसानलाई असार १५ को चटारो अल्छेहरुको फेसबुकमा झटारो


  • जन आकाश
  • बुधबार, असार १८ २०७६



मोहन कार्की
मानो रोपेर मुरी फलाउला
फलेको दाना टिपेर जहान पालौला
असारको हिलो नमानीकन मेहनत गरौंला
मंसीरको महिना भरी नै खुसीले भरौला

आहा ती हाम्रा किसानी दाजुभाई दिदीबहिनीको मेहनत कति स्वच्छ छ आफ्नो जन्मभूमि देशमा, गाउँमा, खेतबारीमा हिलोमाटो नभनिकन समूहमा, भ्याउँदा एक्लै आआफ्ना तरिकाले रोपाई गरी रहेका छन् । हाम्रो देश नेपालमा यतिबेला विशेष गरेर मुख्य बाली धान रोप्ने कोदो रोप्ने गरिन्छ । त्यसैले किसानहरुले यो असारमा जति मेहन गरेर असारभित्र लगाइसकेको खेती नेपालको प्राकृतिक हावापानीको आधारमा राम्रो हुँदै आएको छ । त्यसैले यतिबेला वास्तविक किसान दाजुभाई दिदीबहिनीहरुमा असारको चटारो निक्कै बढेर गएको छ । तर विगतको बर्षभन्दा यो असारमा रोपाइको काम भने १४ प्रतिशत हुन सकेको छ ।
कृषि प्रधान देश भनेर हामी भन्दा अगाडिका दाई दिदीहरुले पाठ्यक्रममा पढे होलान् हामीले पनि पढ्यौ हामीभन्दा पछाडिका विद्यार्थीहरुले पनि नेपाल कृषि प्रधान देश भनेर पढ्दै आएका छन् । तर कृषि प्रधान देशमा मुख्य खेती गर्ने बेला सिचाइको राम्रो व्यवस्था नहुँदा हजारौं हजार विघा जमिन खेती गन यो २०७६ को असारमा पनि किसानले आकाशे पानि कुरेर बस्नु परेको छ । अर्को कृषि प्रधान देशमा आफ्नै मल कारखाना छैन अरु देशबाट आयात गर्नुपर्ने मल समयमा नेपाल आइनपुग्दा मलको अभावमा किसानहरु प्रत्येक वर्षको सिजनमा डिएपी मलहरु समयमा किसानहरुले प्राप्त गर्न सकेका छैनन् ।
कृषि प्रधान देशमा अर्बौको खाद्यान्न आयात
नेपाल कृषि प्रधान देश भइकन पनि तरकारी, खाद्यान्न, फलफुल, फुल, मास लगायत थुप्रै वस्तुहरु अन्य मुलुकबाट आयात गरेर उपभोग गरिरहेको छ । यो नेपालको वास्तविकता हो । तर त्यो वास्तविकतालाई बुझेर सम्बन्धित निकायहरुले योजना अनुसार पारदर्शी ढंगबाट काम गरेर नेपाल देश कृषि क्षेत्रमा आत्मनिर्भर मात्र होइन विगतमा समेत कृषि सामाग्री नेपालले निर्यात गरेको इतिहासलाई पुनः ब्यूझाउन सक्छ । तर नेपालको यतिखेरको समस्या गमलामा धान रोपेर फेसबुकमा कति ठुलो किसानको कुरा गर्ने र गाउँमा, तराइमा हजारौं हजार खेतीयोग्य जमिन बाँझो राखेर विदेश जाने चलनले कृषि प्रधान देश नेपाललाई अन्तर्राष्ट्रिय जगतले गिज्याइरहेको छ ।
हुन त कृषि मन्त्रालय अन्तर्गत थुप्रै योजनाहरु लक्ष्यहरु सार्वजनिक भएका छन् तर ति योजनाहरुले आँकडामा लक्ष्य भेटाएका होलान तर वास्तविक किसानसँग र उत्पादनसँग पुगेको छैन । सामुहिक, एकल कृषि, सामुदायिक कृषि, आधुनिकीकरण प्रधानमन्त्री कृषि कार्यक्रम, हिमाली क्षेत्र परियोजना विविध थुप्रै योजनाहरु सञ्चालनमा देखिन्छन् । तिनीहरुको प्रभावकारिता भने देखिँदैन । किनकी वास्तविक किसानहरुले कम्पनी स्थापना गर्न सक्ने ज्ञान नभएको पाइन्छ । कतिपय ठाउँमा भने किसानको नाममा आउने गरेको सेवा सुविधा टाठाबाठाहरुले कृषि फर्म दर्ता गरेर कागजी प्रतिवेदनहरु तयार गरेर दुरुपयोग भएको अड्कल गर्न सकिन्छ । त्यो नहुन्थ्यो त नेपालमा अलि खाद्यान्न उत्पादन गर्न सक्ने क्षेत्र बाँझोमा परिणत पक्कै हुने दिएनन् होला र जन्मदेखि कृषि पेशा अँगाल्दै किसानहरुमा समेत निराशा पैदा हुने थिएन यो अवस्था सृजना हुनु नेपाल देशका लागि निक्कै दुःख लाग्दो विषय हो ।
यस्तो निराशापूर्ण अवस्थामा रहेको कृषि क्षेत्रलाई उत्साहजनक बनाउन, प्रोत्साहन गर्न, दृढ संकल्पसहित सम्बन्धित निकायले सोच बनाएर काम गर्नुपर्छ नभए कुनै हाम्रा पछिल्ला पुस्ताले उब्जाउ हुने जमिनमा जंगल बनेर बसेको ठाउँमा उ त्यो ठाउँमा हाम्रो खेत थियो रे भन्ने दिन नआउला भनेर भन्न सकिँदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend