जन आकाश
प्रगति अस्पताल चितवन प्रा.लि. भरतपुरमा कार्यरत हुनुहुन्छ । सरकारी चिकित्सक संघ नेपालको फाउण्डर प्रेसिडेन्ट समेत रहनु भएका डा. आचार्यले एम.वि.वि.एस., एम.डी. गरिसक्नु भएको छ । चिकित्सा क्षेत्रमा लामो अनुभव सम्हाल्नु भएका डा. आचार्यसँग जन आकाश मिडिया प्रा.लि.का तर्फबाट पत्रकार मोहन पोखरेलले गरेको विशेष संवाद यहाँ प्रस्तुत गरिएको छ ।
० डा. आचार्य, तपाइको बाल्यकाल र प्रारम्भिक शिक्षा बारे केही बताइदिनु होस् न ?
मेरो जन्म गोरखा जिल्ला छिपिटोलमा भएको हो । मेरो प्रारम्भिक शिक्षा गोरखाकै कन्या स्कुलबाट शुरु हुँदै ःद्यद्यक् रंगपुर मेडिकल कलेज बंगलादेश एवं ल्ब्ःक् को छात्रवृत्तिमा इदकतभतचष्अक बलम ष्थिलयभअययिनथ मा ःम् गरी समाप्त भयो ।
० चिकित्सा क्षेत्रमा प्रवेश गरेपछि कस्तो अनुभव गर्नु भएको छ ? सन्तुष्ट असुन्तुष्ट के हुनुहुन्छ ?
चिकित्सा क्षेत्र यस्तो पेशा हो, हेर्नुस् । यसमा मोडिएपछि सेवाग्राहीले प्रत्यक्ष खुसी भएको अनुभव लिनुपर्ने हुन्छ । त्यसैले यस पेशामा आफ्नो प्लयधभिमनभ हुनुका साथै सुन्न सक्ने, समय दिन सक्ने र अवस्था अनुसार विरामीको सेवा गर्ने एवं झण्झट नमानी बीचबीचको समयमा समेत सेवा दिनुपर्ने देखिन्छ ।
० भविष्यमा कस्तो योजना बनाउनु भएको छ ?
भविष्य के कस्तो हुने, देशको अवस्था नै गए गुज्रेको छ । यस्ता परिप्रक्ष्यमा दीघकालिन सोच बनाउन सक्ने अवस्था देखिएको छैन । नियमितता वा सिँढी जस्तो यता, यो होला, यस्तो होला भन्ने अवस्था नभएको प्रसंगमा के गर्ने ? अनिश्चितताले भरिएको छ । तर पनि भविष्यमा केही अकल्पनीय परिवर्तन त होला नि भन्ने आशाले दुईचार जनालाई रोजगार दिन एवं नेपाल सरकारको तलब मात्रै खाएर बस्न भन्दा स्वावलम्बी हुने उद्देश्यले जानी एवं गरी आएको पेशालाई समेट्दै सानो स्वास्थ्य संस्था चलाउने योजना छ ।
० जीवनमा घटेका राम्रा र नराम्रा पक्ष के के हुन् ?
जिन्दगीको रथ भनेकै सिक्दै जाने, बुझ्दै जाने र मनन् गर्दै जाने रहेछ । जिन्दगीका कति मोड खुसीमा बिते । त्यसको गन्ती भएको छैन । बेखुसीमा पनि बिते होलान्, यो एउटा विसाउने थलो हो । सधैं खुसी र सधैं दुःखी रहिँदैन । दुःख परेमा सुखको दिन पनि आउँछ, सुख भएमा दःुःख पर्ला कि भनेर छचल्किएको छहरा हैन, नदी जस्तै बग्नुपर्ने कुरा मनमा राखेको हुनाले सुख दुःख आआफ्ना पर्यावाची हुन् भन्ने कुराको आत्ममनन् गरेको छु ।
० जनमैत्री अस्पताल बारे आफ्ना धारणा स्पष्ट पार्नुहोस् न ?
हेर्नुस् राजनीति भनेको राज्यको नीति बनाउने, सबैलाई एउटै दृष्टिकोणले हेर्ने, एवं सेवा सुविधा, सजाय बराबर र भोग, नीति समान हुनुपर्ने हो, तर किन भएको छैन । त्यस्तै जनमैत्री अस्पतालको सेवा सुविधा पनि धेरै अध्ययन गरी कर्मचारी, सेवाग्राहीलाई उच्चस्तरीय सेवा दिने काम हो । तर गर्न सकेमा अध्ययन पश्चात कार्यान्वयनमा आएमा त केही हुने थिएन र चाहिएको पनि हो । देशको अवस्था त हेर्नुस् ! नेपाल एयरलायन्स घाटै घाटामा, चिया खाने ठाउँ देखि मन्त्री मण्डललगायत सबै ठाउँमा त्यसकै चर्चा, जस्ै गरी जनमैत्री अस्पताल लहडमा चलाउने कुरा होइन । विभिन्न अध्ययन, सामाजिक अवस्था, देशको आर्थिक भार र अन्य श्रोत हेरी जनमैत्री अस्पताल संचालन गर्न ठिक हुन्छ होला । मेडिकल कलेज खोलेको जस्तो प्राध्यापकको कमी सबै पक्षको बुझाइको कमी, एवं दोहोरो अध्ययनरत विद्यार्थीका साथै बिरामीलाई चपेटामा पारी संचालन गर्नु हुँदैन । जनमैत्री अस्पताल नाम मात्रको नभई काम दिने अस्पताल सम्झनु पर्दछ । तर गरिब वस्तीमा गएर विहान यी–यी विदेशी नास्ता खानु, दिउँसो यी–यी चिज खानु नभनी सो ठाउँमा के के सुविधा उपलब्ध गराउन सकिन्छ सोको व्यवस्था उपलब्ध सबैलाई मैत्री हुने गरी संचालन गर्न गराउन उचित हुनेछ ।
र, यो संस्थामा कार्य गर्ने व्यक्ति भड्किएर आर्थिक कारणले अर्को संस्थामा काम गर्न नपरोस् । उसले सबै समय सेवाग्राहीमा समर्पित गर्न सकोस् । मतलब त्यसमा जोडिएका व्यक्ति सबै खुसी, सेवा प्रदायक र सेवाग्राही हुनुपर्दछ ।
० त्यसो भए सरकारले स्वास्थ्य क्षेत्रलाई कसरी लैजाँदा राम्रो देखिन्छ ?
सरकारले १५÷२० वर्ष योजना सार्वजनिक गर्नुप¥यो । सरकारी संरचनामा रहेको संस्थामा चेन अफ कमाण्ड हुनुप¥यो । एगदष्अि ज्भबतिज ब्खभचभवभल देखि व्यक्तिगत सर्ने रोग र नसर्ने रोगको बारेमा वर्गीकरण गरी सबै रोगको लागि देशभर रोग उत्पन्न हुनै नदिई कार्यान्वयन गर्न तिर लाग्नुप¥यो । यस कामका लागि स्वास्थ्य ऐन, नियमावली लागु गर्न तिर ध्यान दिनुपर्यो । मानिसको स्वास्थ्यसँग जडित बसै व्यक्ति समुदायलाई एउटै छाता अन्तर्गत देशको विकासमा लाग्न पहल गर्नुपर्यो । पौष्टिक तत्व खाने सन्देश कुुनाकुनामा पु¥याउनु पर्यो । प्रत्येक टोलटोलमा स्वास्थ्य सेवा पुग्नुपर्यो । कुनै ठाउँबाट आएका राम्रा सन्देशलाई फिजाउन सक्नुपर्यो । नसर्ने रोगको कारण र व्यवस्थापनमा विकसित राष्ट्रका संस्थाबाट सल्लाह, सुझाव एवं नियमित शिक्षा लिने काम तुरुन्त पहल गर्नुपर्यो । स्वास्थ्य सेवा प्रदायक कति चाहिएको, यस देशमा खपत कति हुने सबै बाहिरी देशमा कति पठाउन सक्ने शुरुमा अध्ययन गरी काम गर्नुपर्यो । यसो गर्दा सेवा प्रदायकले आफ्नो अध्ययन, अध्यापन राम्रोसँग गर्ने देखिएकाले यथार्थ र चाँडो किसिमबाट अँगीकार गर्नुप¥यो ।
० डाक्टर, अस्पताल र बिरामीकाबीच हुने पारस्परिक सम्बन्धका बारे के के विषयको जरुरत पर्दछ ?
हेर्नुस सेवा प्रदायक कस्तो सरकारले निकालेको भन्ने कुराले ठुलो असर गर्दछ । त्यसैले चाहिएको सेवा प्रदायक निकाल्नु पर्यो । अत्याधिक निकाल्दा के हुने रहेछ भन्ने अहिलेसम्म देखिहालियो । सेवा प्रदायक भन्नाले अस्पतालमा काम गर्ने सबै पर्दछन् । डाक्टर, नर्स र सबै प्राविधिकले कहाँ कति के काम गर्ने एवं कस्ता संस्थामा काम गर्ने गरी भर्ति गराउनु पर्यो । अस्पतालको हकमा नसर्ने रोगका लागि ऋयदखभत अनुसार विस्तारै स्तरोन्नती गर्दै जानु पर्दछ । बिरामीका हकमा एक व्यक्ति, त्यहाँ छिरेपछि उसले कुनै कुरुवा खोज्न नपरोस् भन्ने अवस्थाको वातावरण बनाउनु पर्दछ । यी सबै सेवा जोडिएको राज्य नीति हो । कर्णाली प्रदेशलाई सरकारले जिम्मा लिएर जडीबुटी उत्पादन मात्रै गर्दा के हुन्छ ? रातारात देशको कायाँपलट हुन्छ । धेरै ठाउँमा न्यखभचलmभलत एचष्खबतभ एबचतलभचकजष्उ मा जस्तै पोखरा, चितवन, मुस्ताङ र सोलुमा २०० भन्दा बढी पाँचतारे होटल खोल्दा के हुन्छ ? त्यसमा सबै व्यस्त हुन्छन् । त्यस्तै पहाडी जिल्ला जहाँ कम जनसंख्या र त्यस स्थानबाट सम्पूर्ण व्यक्तिलाई स्थानान्तरण गरी सरकारले एगदष्अि एचष्खबतभ एबचतलभचकजष्उ मा कृषि सेवा संचालन गरी देशलाई स्वावलम्बन बनाउन सके के हुन्छ ? त्यस्तो गहिराइमा नगई सेवाग्राही सबै सेवा प्रदायकमा व्यस्त दिगो सेवा गर्ने राज्य नीति बनाउनुप¥यो । अहिले भएको कोलाहल राज्यको नीतिसँग जोडिएको छ । त्यसैले आर्थिक स्तर कसरी उठाउने प्रत्येक घरधुरीबाट आचल सम्पत्ति राज्यको नीति आएमा संकलन समेत गरी देशले केही महिना, वर्षमा नै विकास गर्ने देखिन्छ ।
० सरकारले स्वास्थ्य क्षेत्रलाई कसरी हेरेको छ ? तपाइको अनुभव के छ ?
हेर्नुस, यो सरकारको कुनै नीति नै छैन । देशको सम्पूर्ण काम एकैपटक शुरु हुनु पर्दछ । २५०० तिर्ने किसिमको स्वास्थ्य सेवा जुन किसिमले आयो यो नै हचुवा प्रबृत्तिको छ ।
एउटा पाटोलाई मात्र हेरेर, गरेर सम्भव नै हुँदैन । सबै चिज एकै पटक आउनुपर्यो । पहाडमा वस्ती उजाडियो राज्यको नीतिले गर्दा । कुन ठाउँमा के गर्ने भन्ने सरकारको काम आयात निर्यात, उब्जनी, विदेशी पर्यटक भित्र्याउने, कसरी देशको उन्नति हुन्छ त्यसमा लाग्नुपर्यो । सरकारले चाहेमा आर्थिक संकलन त हुन्छ । उदाहरणको रुपमा भएको सुन, तामा, पित्तल मात्र शेयरमा कन्भर्ट गरी लगानीको ग्यारेन्टीमा सरकार बस्दिएमा के गर्न सकिँदैन ? त्यसैले यो एउटा अस्पतालमा सेवाकर्मी र सेवाग्राहीले सेवाको कुरा रहेन । यो सम्पूर्ण ठाउँ एवम् देशभित्रै राज्यको नीति जनता उत्साहित हुने रुपमा आएमा स्वतः सम्पूर्ण कुरामा उपलब्धी पाउने देखेको छु । नत्र एउटा तान्दा अर्को हुन्छ । समग्रमा भन्नुपर्दा जिम्मा दिने र सरकारले कडाई गर्नुपर्ने टड्कारो देखेको छु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend