logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

छलकपटको राजनीति


  • जन आकाश
  • मंगलबार, माघ २१ २०७६

मोहन पोखेल
राज्य संचालनका लगि कुनै पनि शासन व्यवस्था खराव हुदैन । खराव हुने कारण के हो भने त्यो ब्याक्ति बिशेषको आचरण र ब्यवहारमा भर पर्ने कुरा हुन् । व्यवस्था र्निजीव हुन्छ । व्याक्ती जीवित आत्म हो । जिवित अत्महरुको झुकावले र्निजिव शासन पद्धतिलाई व्यवहारमा उर्तानु पर्दा ब्याक्ति विशेषको प्रजातन्त्रिक र निरंकुशवादी आचारण जिम्मेवार हुने हुदा त्यसैले राष्ट्रको भविष्य निर्धारण गर्छ । राणा साशनका शुरुका दिनको ब्यवहारिक जिम्मेवारी जंङ बहादुर राणालाई भिराए झै पञ्चायति व्यवस्था र संसदीय शासन प्रणलीको राजनीतिक र व्यवहारीक जिम्मेवारी राजा महेन्द्र र बिपी कोईरालाको बिशेष ब्याक्तित्व र तिनका अनुुयायीहरुले निर्धारण गदै आएको अभिब्याक्ति स्वतन्त्रका साथै छलफलको राजनीति उनिहरुको जिम्मेवारी भित्र पर्ने कुरा हुन् ।
भन्न खोजेको कुरा के हो भने ब्यवस्थाको सिस्टम जतिसुकै तानाशाही भएता पनि ब्याक्तिका आचारण र व्यवहार प्रजातन्त्रिक भईदियो भने त्यस्तो शासन प्रणाली देशका लागि उत्कृष्ट भएर आउछ । राण पद्धती आफैमा खराव थिएन । पंचायती व्यवस्था र त्यसपछिको संसदीय प्रजातन्त्र हुदै अहिलेको गणतान्त्रिक शासन व्यवस्था आफैमा खराव पद्धती होईनान् । ब्याक्ति बिशेषको झुण्डले त्यस्ता शासन प्रणालीलाई अप्रजातान्त्रिक व्यवहारवाट जता पायो त्यतै घुमाउदा मुलुक दुघटना नजिक पुग्नै लागेको अहिले सर्वत्र महसुस भएको छ ।
हाम्रा नेताहरु र तत्कालीन राजा महाराजाहरुले दुरदर्शी र व्यवहारिक तरिकाले प्रजातन्त्रिक आचरणमा ध्यान नपु¥याउदा मुलुकका लागि स्थापित शासन पद्धती धारासायी हुने र लोकतान्त्रिक गणतन्त्र पनि क्रमशः फेलियर हुने क्रम बढेको हो । राणा, राजा, अहिलेका नेताहरु कहिल्यै पनि व्यवहारमुखी हुन सकेनान् । ब्याक्तिगत स्वार्थका लागि भ्रष्टचारलाई बढावा दिने अवैध बाटोवाट तस्करहरुवाट कमिशन खाने र शान्ति सुरक्षामा ध्यान नदिने, बिकाशका नाममा सिन्को नभाच्ने आदी अदुरदर्शी व्यवहार नै शासन पद्धती असफल हुने कारकतत्व हुन् ।
हाम्रो यो पवित्र मुलुकमा दुरदर्शी नेता जन्मन सकेनन् । स्वच्छाचारी र भष्टाचारी प्रवृति भएका व्याक्तिहरु निरन्तर शासन पद्धतीमा आउने र प्र्रजातन्त्र, गणतन्त्रका नाममा मनपरी गदै जाने बिगत देखिको चलन कायमै छ । जनता जनार्दन मुलुकका भाग्य निर्माता हुन् । जनता पार्टीका दास होइनान् र नेताका झोले दास पनि होइनान् । जनता त केवल अनैतिक व्याक्तिलाई नैतिकवान बनाउने र भ्रष्टचारी लाई दण्ड दिने इश्वर सम्मान हुन् । तर हाम्रो देशमा त नेपाली जनता आफनै अव्यवहारिक पनले नेताका दास बनेका छन् । याहाका जनताले व्याक्तिको चरित्र हेदैनान् पार्टीको चरित्र हेर्छन् । पार्टीलाई हेरेर भोट दिने प्रवृति बढेकै कारण लोकतन्त्र र गणतन्त्र को बदनाम हुन गएको हो । राजा र राणहरुका शासनकालका तुलनमा हाम्रो लोकतान्त्रिक पद्धती बढी बदनाम हुन गएको छ र यसको जिम्मेवार अहिलेका जनप्रतिनिधि र राज्य संचालनका संचालक नै हुन् ।
२०४६ सालको राजनीतिक परिवर्तन पछि प्रायजसो केन्द्रीय शासनमा सत्तामा पुग्ने पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, पछि थपिएको नेकपा माओवादी लगायत रहेका छन् । यी पार्टीका ठुला नेताहरु आफुलाई बढी प्रजातन्त्रिक र असल गणतन्त्रवादी भन्ने गर्छन ् । तर त्यसको राजनीतिक व्यवहार पारदर्शी गदैनान् । भष्टचारमुखी बन्छन् र बिकाश बिरोधि काम गर्छन । आफ्ना कार्यकर्ता पोस्नका लागि केन्द्र देखि गाउँ तहसम्म पैशा बाडेर डोजर आताङ मच्चाउछन् । जनप्रतिनिधिहरुले न्ययिक र्निणय गर्न नसक्दा पिडीतहरुको संख्यात्मक बृद्धि भएको छ । जसका कारण दण्डहिनता बढेको छ । यति साह्रै मनपरी चलिरहदा पनि जनताले पार्टीमुखी बन्दै यिनै ठुला पार्टीका उम्मेद्धारलाई जिताउन र सत्तामा पु¥याउछन् । केन्द्रमा मात्र नभएर गाउँ तहसम्म पनि यीनको दवदवा चलेको छ । तर जनताको काम यिनिहरुले गदैनान्, तर पनि जनताले यस्तैलाई जिताउछन् । बिपीले भने झै रैती निमुखा हुदा उसले अधिकार खोज्दैनान् , नागरिकले मात्र अधिकार खोजछन् । नेपाली जनता पार्टीका दास भएर रैति भएका छन् । नागरिक हुन सकेका छैनान् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend