जन आकाश
दिनेशराज खरेल .
क्रान्त्रि भन्ने शब्द सुन्ने पढ्ने बित्तिक्कै जो कोहिलाई लाग्न सक्छ एउटा विद्रोह, हिंसा रक्तपात युक्त वातावरणवाट उत्पति भएर आएको शब्द हो । समग्रमा क्रान्त्रिको शब्दलाई अथ्याउने हो भने बिद्रोह नै भन्ने अर्थ लाग्छ तर म याहा एउटा क्रान्त्रिकारी डाक्टरको प्रसंगलाई जोड्न गईरहेको छु । जो बिसद्ध सेवा मुलक कामवाट क्रान्त्रिकारी बन्न सफल नायक हुनुहुन्छ ।
चिकित्सक क्षेत्रमा विचारको क्रान्त्रि गरी कामलाई सेवामा समर्पित गदै बिश्वको सर्बोच्च सिखर सगरमाथाभन्दा अग्लो उचाई बनाउनु भएको नेत्रज्योति बिशेषज्ञ प्रध्यापक बैज्ञानिक तथा तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइत । डा. सन्दुक रुईत देख्दा सामान्य ब्याक्ति देखिनु हुन्छ । उहाको पहिरन, बोलिचाली र सरलपन देख्दा जो कोहि ब्याक्तिले पनि यति ठुलो र असल मान्छे हुनुहोला भनि पत्याउन गााह्रो छ । डा. भन्ने बित्तिक्कै हाम्रो समाजमा मान र प्रतिष्ठाको पद सम्झने चलन छ । ठुलो मान्छे टाईसुट लगाउने गलामा बिरामी जाच्ने मेशिन भिरेको भन्ने मानसिकता छ । तर उहामा अलिकति पनि अहमता भन्ने कुराको महसुस पाईदैन । उहाँ सारै नै सामान्य जीवनशैली र उच्च क्रान्त्रिकारी कर्मशील बिचारधारा बोकेको ब्याक्तित्व हुनुहुन्छ । डा. रुईतको मन बिरामीको नेत्रज्योति फर्काउने तन बिश्वभरका अप्ठ्यारा भुगोलमा उज्यालो नदेखेका उहाँलाई कुरिरहेकाहरुको प्रतिक्षा पुरा गर्नु नै हो । यसरी देश बिदेशका बिभिन्न कुना कन्दरामा पुगेर उहाँले एक लाँख पचासहजार भन्दा धेरै ब्याक्तिको गुमेको नेत्रज्योति फिर्ता गरिसक्नु भएको छ । डा. रुइत नेपालको उत्तरपुर्वी भेगको ओलाङचुङगोलाको हिमाली गाउमा जन्मनु भएको हो । त्यो स्थान बिश्वको तेस्रो उच्च हिमाल कञ्चनजंगा बग्ने तमोर नदीको खोचमा पर्दछ । त्यो वालुङ भनेर परिचित त्यो गाउँ वालुङगा जातिको थातथलो हो । वालुङगा समुदायका पुर्खहरु सात्तैपुस्ता पहिला तिब्बतवाट बसाई सराई आएको बताईन्छ । उहाँको बुबा सामान्य ब्यापारी हुनुहुन्थ्यो । त्यतिवेलाको ओलाङचुङगोला अशिक्षित र पिछडिएको र भौगोलिक बिकटताले दुर्गम ठाउँ थियो । तर रुइतका बुबा सोनामलाई छोराछोरीलाई पढाउनुपर्छ भन्ने मानसीक बिकाशको चेतना भएको पाइन्छ । किनकी सोनाम ब्यापार गर्ने शिलशिलामा गाउँवाट धेरै टाठाबाठा सम्म नेपालका बिभिन्न भेग र भारतको कलकत्ता सम्म घुमफिर गरिरहनु हुन्थ्यो । त्यसकारण उहाले पढाईको महत्व बुझ्नु भएको थियो । बुबाले उहाँलाई दार्जेलिङको इसाई स्कुुल सेन्ट रोबर्टस स्कुलमा पढ्न भर्ना गरिदिनु भयो । पछि काठमाडौंको सिद्धार्थ बनस्थलीमा पढाईलाइ निरन्तरता दिनुभयो र बिश्वबिद्यालयको स्तरीय पढाईको लागि छात्राबृत्ति पाउन कडा परिश्रम गर्नुभयो । तत्पश्चात भारतको तेस्रो ठुलो शहरमा चिकित्साशास्त्र अध्ययन गर्नु भयो । त्यो समय सन् १९७२ तिरको हो । त्यतिवेला रुइत १९ बर्षको हुनुहुन्थ्यो । परिश्रमि मेहनति र जेहेन्दार बिद्यार्थी रुइतको चिकित्साशास्त्र अध्ययन गरिसकेपछि नेपाल फर्कनु भयो । उहाँले त्रिपुरेश्वरको नेपाल आखाँ अस्पतालमा जुनियर डाक्टरको रुपमा सेवा गर्ने मौका पाउनु भयो ।
कामको सिलसिलामा उहाँले अप्ठ्यारा परिस्थितिको सामना पनि गर्नु भयो । मानसिक दवाव श्रमशेषण र जातिय उपेक्षाले आजित हुनुप¥यो । दुखः पाएपनि, अप्ठ्यारो झेल्न परेपनि उहाँमा आँखाको दृष्टि गुमेकाहरुलाई संसार देखाउने र समाज सेवा गर्ने आट र साहास थपिएको थियो । डा. रुइतको प्रत्येक सफलताको पछाडी उहाँकी जीवनसाथीको बिशेष हात रहेको उहाँले स्वीकार गर्नु भएको छ । कामको सिलसिलामा उहाँ बिदेश गईरहनु हुन्थ्यो । साथै आफुलाई अप्ठ्यारो पर्दा र कामको सहयोगका लागि बिदेशी डा. साथीहरुको सरसल्लाह साथ र सहयोग लिनुहुन्थ्यो । यसै गरि बिदेशवाट पनि उहाँको काम हेर्न र सहयोग गर्न बिदेशी डाक्टर साथीहरु आईरहनु हुन्थ्यो । बिदेशी डाक्टर साथीहरुले बिभिन्न चिकित्सकीय सामग्री लगायत आर्थिक सहयोग उपलब्ध गराईदिनु भयो । यसरी डा. रुइतको मानवीय लोक कल्याणकारी कार्यवाट बिश्वस्तरमा पु¥याउन हर समय साथ सहयोग र प्रेरेणा दिईरहने ब्याक्ति उहाँकै अनन्य मित्र अष्ट्रिेलियन नागरिक फ्रेड हलोज र उनकी श्रीमति हुन ।
नेपाली र बिदेशी साथीहरुको सहयोगमा जव उहाँले तिलगंगा आँखा अस्पताल स्थापना गर्नु भयो त्यसपछि बिस्तारै सहयोगको ओइरो लाग्न थाल्यो । यतिसम्म कि नेपालका तत्कालीन राजा वीरेन्द्रले पनि उहाँलाई उच्च कोटीमा राखेर मुल्याङकन गर्नु हुन्थ्यो । साथै रुइतले अस्पतालको उदघाटन पनि राजा वीरेन्द्रवाट नै गराउनु भएको थियो । त्यतिखेर तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला हुनुहुन्थ्यो । उहाँले देशी बिदेशी साथीहरु लगायत बौद्धमार्गी गुरुहरु, बौद्ध धर्म गुरु दलाई लामा, गुरु गोरखनाथका गुरु योगि नरहरिनाथको आर्शिवाद र उर्जा प्रप्त गरिरहने मौका पाउनु भयो ।
डा. रुइत जस्तोसुकै परिस्थितिमा पनि निडर साथ निर्णय लिनु हुन्छ । उहाँले नेपालमा चलेको १० बर्षे युद्धको समयमा पनि गाउँ गाउँमा गएर सेवा प्रदान गर्नु भयो । जाहाँ आँखा शिविर भईरहेको थियो त्याहाँ भन्दा पर गोलावारी भईरहदा पनि बिचलित नभईकन मोतियाबिन्दुको अप्रेशन गरिरहनु हुन्थ्यो । संसारको निरंकुुश तानाशाही राज्य व्यवस्था भएको मुलुक उत्तर कोरियामा पनि गएर मानिसको नेत्र ज्योति फर्काएर संसार देखाउने काम गर्नु भयो तर हासो उठ्ने कुरा के छ भने मोतिया बिन्दुको उपचार पछि कोरियालीहरुले जव संसार देखे उनिहरुले डा. रुइतले गर्दा संसार देखेको भन्ने सोचेनन् ताकि दौडिएर गएर आफ्नो साशकको सालिकमा गई प्रथना गरे र शासकलाई धन्यवाद दिए । त्यस प्रकारको कोरियाली नागरिकको चिन्तनले उहाँलाई मन कुडाएको पनि पाईन्छ ।
डा. रुइतको काम प्रति चाख देखाउन संसारका उच्च तहका ब्याक्तिहरु बारम्बार आउथे । उहाँलाई भेट्थे वा सम्मान साथ बिदेशमै बोलाउथे यसै क्रममा बेलायति राज परिवारका सदस्यले समेत चासो देखाएका थिए । छन् । बेलायति राजगद्दीको रोलक्रममा सातौ नम्वरकी राज कुमारी बिअट्रिकले उहाँको काम र दक्षतालाई नजिकवाट नियाल्ने मौका पाईन । डा. रुइतसँग राजकुमारीको यात्रालाई लिएर नपाली र भारतीय समाचारपत्रहरुले प्रथम पृष्ठमा समाचार बनाइरहेका छन् ।
उहाँलाई पछाडि पार्न देशी बिदेशी शक्तिहरु निरन्तर लागिरहे । यति सम्म कि बिश्व स्वास्थ्य संगठनका वरिष्ठ डाक्टरहरुले डा. रुइतले जे गरिरहेका थिए त्यो काम नगर्न दवाव दिए र उनिहरुको गरिखाने भाडोलाई अवरोध नगर्न भन्दै चुनौति खडा गरिदिए । उहाँ माथि विभिन्न धम्की र डर पनि सिर्जना गरियो । त्यसको बाबजुद संघर्ष गदै जानु भयो र आज आँखामा प्रयोग हुने अप्टिकललेन्स नयाँ तरिकावाट नेपालमा उत्पादन गर्न सफल हुनु भयो जुन लेन्स अप्रेशन नगरी पनि आँखामा राखेर आँखा देख्न सकिन्छ । जुन लेन्स आज बिश्व बजारमा बिक्रि बितरण हुन पुगेको छ यो नेपालीहरुका लागि गर्वको बिषय हो ।
डा.रुइत बिश्वका कुनै पनि सफल ब्याक्तित्वहरु भन्दा कम हुनुहुन्न । उहाँको सफलताको बिश्वभर चर्र्चा परिचर्चा छ । बिश्वभरीवाट मान सम्मान र पदवीहरु पाउनु भएको छ । नेपालवाट सम्मान र पुरुस्कृत गर्नुपर्ने कुनै पनि संस्थाहरुले उहाँलाई सम्झन बाँकी राखेका छैनान् । उहाँलाई राष्ट्रिय अन्तराष्ट्रिय मान पदवीवाट सम्मान र पुरुस्कृत गर्ने क्रम जारी छ । तसर्थ उहाँ एक अदभुत र अनुकरणीय ब्याक्तित्व हुनुहुन्छ । साथै आजको आवाश्यक्तालाई मध्य नजर गदै बिद्यालय स्तरमा पनि उहाँको जीवनीलार्ई समावेश गरिएको छ । यसले उहाँप्रति सम्मान र कदर हुन पुगेको छ । तर साना भाई बहिनीहरुले आफुलाई प्रेरेणाको स्रोतको रुपमा रुपान्तरण गर्न सहयोग पाउने छन् ।
डा. रुइतको जीवनको आरोह – अवरोह, सुःख दःख, सफलता, कर्मनिष्ठ, निरन्तरता र लगाव झुकावको वारेमा हामीले जति नै प्रंशसा गरेपनि सकिदैन । उहाँले आफ्नो जीवनमा प्रेरेणाको स्रोत आफ्नो स्वर्गीय बहिनी याङला र अष्टे«लियन मित्र फ्रेड हलोज भएको बताउनु हुन्छ । डा. रुइतको वास्तविक जीवन कहानी पुस्तकको रुपमा बजारमा आएको छ । त्यो पुस्तक अष्टे«लियन महिला पत्रकार अलि ग्रिपरले लेख्नु भएको हो । त्यसको नेपाली अनुवाद लेखक तथा साइत्यकार खगेन्द्र संग्रौलाले गर्नु भएको छ । “ सन्दुक रुइत” नामक पुस्तक पढेपछि डा. रुइतको वास्तविक ब्याक्तित्वको बारेका थाहा पाउन सकिन्छ । यो पुस्तकले समाजमा नयाँ पुस्तालाई प्रेरेणाको ईटा थप्न बिशेष सहयोग गर्ने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend