जन आकाश
हाम्रो देश सीता, भृकुटी तारा जस्ता महिलाको जन्म भएको देश हो । ठुला ठुला परिवेशको संकटको वेला पुरुषलाई दर्विलो र महत्वपूर्ण साथ दिने महिलाको शाख भएको स्थान नेपाल हो । हिजो जति ठुला ठुला युद्ध एवं संघर्ष भयो त्यसको श्रेय महिलाको साथकोे थियो । धर्मपत्निको ठुलो हात थियो । धर्मको अर्थ सत्यता हो । विश्व जित्नजाने एवं ठुलो नरसंहारमा होमिन जानको लागि आट र अठोट दिने तिनै महिला वर्ग हुन । महिला एक पुरुषको लागि इन्धन हुन जसको सहायताले उड्ने गुड्ने यातायातको साधन चलेको हुन्छ । आज त्यही इन्धनमा मिसावट भेतियो जसको कारण उड्ने गुड्ने यातायातको साधन सिज हुन थालेका छन ।
आज २१ औ सताब्दिमा त्यो महिलाको धैर्यता, सहनशिलता, अठोट, शक्तिको परिवेश हराएको महसुस हुन्छ । आज नेपालको परिवेशमा भए रहेका र देखिएका कुराहरु जस्ताको तस्तै विसाउने अठोट गरेको छु । आजका केही महिला वर्गहरु मन मिले डेटिङ्ग, लिभिङ्ग टुगेदर, गेटटुगेदर नामाकरण गरी हिड्ने, खाने, वस्ने अनि शारीरिक सम्वन्ध आवश्यकता अनुरुप लिने र मन नमिल्ने वित्तिकै, कुनै संभौतामा तलमाथी हुने वित्तिकै यसले वलत्कार ग¥यो, जवरजस्ति ग¥यो भनि उजुरी दिई एक पुरुष थुनाउने महिला वर्गलाई कारवाही हुनु पर्दैन ? के बलत्कार गर्ने त्यो वलतकारी पुरुष मात्र हून्छ र ? वलत्कारको नाममा सोझो हिड्दा हिड्दै गरेको पुरुष माथि समेत अवहेलना गर्ने महिला के कारवाहीको भागेदारी हुनु पर्दैन ? के महिला भन्ने विक्तिकै सबै दुधले नुहाई वसेका नै हुन्छन र ? यसो भन्दै गर्दा पूरुषनै सबै सर्व परि राम्रा छन भनेको पनि हैन फेरी । जसले गल्ति ग¥यो उसलाई कारवाही हुनु पर्छ भन्ने मान्यता हो ।
वर्तमान समयमा वलत्कारी कार्य भो भन्ने महिलाको रिर्पोट अनुसार, कयौ पूरुषहरु थुनिएका छन, कयौ पूरुषहरु आत्महत्या गर्न बाध्य भएका छन । कयौ विदेसिएका दाजुभाईहरु त्यही श्रीमती पाल्नको लागि ५५ डिग्री तापक्रममा काम गरी कति वेला मालिकको आँखा छली, कति वेला फुरर्सदको वेला फोन गर्ने गर्दछन । यता श्रीमितीहरु आफ्नो श्रीमानको फोन पार्क या कुनै रेष्टुरामा वसी फोन उठाउने र के छ वुढी भनि वुढाले सोध्दा तिम्रो यादले मत मर्न लागे, तिम्रो मायाले तड्पेर एककोहोरो भएकी छु भन्दै नक्कली केटा साथीको दारी सुम्सुम्याई वसेको अवस्था यो नाङगो आँखाले देखिन्छ । स्वतन्त्रताको नाउँमा विकृति पनि अत्याधिक तवरले वढेको छ । यसो भन्दै गर्दा कुनै जागिरको सिल्सिलामा स्वदेश वा विदेशमा रहेका पुरुषको सच्चा मायाँ भएको, इज्यतको ख्याल भएको, आफ्नो घर परिवार चुस्त दुरुस्त तवरले चलाएर वसेको सम्मान पूर्वक जिवन यापन गरी रहेका महिलालाई त्यस्ता केही उद्न्डीत महिलाले गर्दा उनिहरुको इज्यत जोगाउन नै मुस्किल परेको देखिन्छ । एकले विरायो शाखा पिरायो भन्ने उक्त्तिको शामना गर्नु परेको देखिन्छ ।
अझै यसलाई सुक्ष्म अध्ययन गर्दा गैर दलित महिला वर्गले एक जुझारु, कुनै कामका तल्लिन र भविश्यको डोरो कोर्दै गरेको दलित पूरुषसंग मायाँ प्रेममा रहने, शारीरिक सम्पर्क गर्ने, घुम्न जाने, खाने कार्य सम्मन्न गर्ने अनि पछि समाजले थाहा पाए पछि यो दलितले मलाई जवरजस्ति गर्न खोज्यो या ग¥यो भनि आफु चोखिनको लागि समेत त्यो पुरुष कारवाहीको भागेदारी हुने गरेको पाहिन्छ । अर्काे कुरा कुनै केटीलाई केटा मन प¥यो भने फसाउनको लागि साथी वनाउने, यसो भेटघाट गर्ने घुम्न जाने बाहानामा आफ्ना अनुकुलका साथी त्यस स्थानमा राखि नीतिगत तरिकाले डिजाईन गरी मुल बाटोमाथि वसी कुरा गर्ने क्रममा गुहार गुहार भनि कराउनु त्याहाँ अन्य केटा आँउनु, केटीले सम्पूर्ण कुराको वयान गर्नु, केटालाई अव लगिनस भने फेला पर्ने भैस भनी डर देखाई भिडाई पठाउने सम्मको हर्कत देखिन थालेको छ ।
यहाँ कयौ कहिला पुरुष एक आपसका पिडित नभएका भने हैनन । किनभने यहाँ हाम्रो परिवेशमा जे जस्तो प्रकारको पति भए पनि धर्मअनुसार विवाह गरेर गएका महिलाहरु यही पूरुष संग वस्नु पर्ने संस्कार छ । यो कुरा भन्न मिल्ने थियो की थिएन तर मैले उठान गर्नू पर्नै देखेर नै यो कुरा उठाउनको लागि बाध्य भएको छु । महिला पोईला गै, नकचरी, लाज नभएकी आदि अर्थले गाली गर्ने अवस्था छ । त्यसको कारण के हो भन्ने तर्फ समाजले वुझ्न खोज्दैन । हाम्रो शरिरमा मानिस अनुसारको हर्मन वढि र कम हुने गर्दछ । सोही अनुसार अत्याधिक यौन सम्पर्क गर्न रुचाउने महिलाको पूरुष साथी यौन सम्पर्कमा ध्यान दिदैन हो त्यो महिला पोईला जान बाहेक कुनै परिवेश हुदैन भने अर्का तर्फ यौन सम्पर्क वढि भन्दा वढि गर्न रुचाउने पुरुष हुन्छ भने उसको श्रीमती यौन सम्पर्क वढि भन्दा वढि रुचाउन र शरिरले थेग्न नसक्ने अवस्था भएको खण्डमा पनि पोईला जाने र अर्काे श्रीमती ल्याउने परिवेश रहेको पाहिन्छ । अझै अहिलेको परिवेशमा मेलमिलाप कर्ता समक्ष यो समस्या लिएर दुवै तर्फ मिलि जुली डिर्भाे गर्ने चलन पनि रहेको छ । दुवै जना जस्तो सुकै अवस्थामा पनि यौन सम्पर्क गर्ने सक्ने र सहज महसुस गर्नुे मानिस सहजताका साथ वसेको पाहिन्छ ।
२०७४ भदौ १ गते देखि लागु भएको कानुन अनुसार श्रीमतीलाई पनि जवरजस्ति गरेको खण्डमा कानुनी कारवाहीको भागेदारी हुने कुरा लेखिए पछि अहिले सम्पतीको लोभमा परी एवं कुनै बाहानामा छोरी उचाली, मलाई यसो गरो र उसो गरो भन्नु भनी गोजिमा अट्टाउने टिभीहरुका नाईकेलाई बोलाई सार्वजनिक गरेर आफ्नौ श्रीमान फसाउन समेत तन्लीन भएका आजका महिलाहरु भेटिन थालेको पाहिन्छ । छोरीहरु पढाउनको लागि आमाबाले खाई नखाई शहर पठाएका हुन्छन । छोरीहरु बाआमाले भनेको नमान्ने भई अहमताको भावनाले पनि विग्रेका छन भने केही बावुआमाले नै गरि खाईरहेको छोरी फकाई एक निर्दोश पुरुष माथि हमला गरेको पनि पाहिन्छ । यो अग्यानताको कमि र धन दौलथको पछाडीलाग्ने मान्छेले यस काममा अग्रसर भएको देखिन्छ ।
आज खुल्ला डेटिङ्ग स्पोर्टहरु भए, स्वतन्त्रताको नाममा विकृतिको कारखना नै चलाउने गरेको पाहिन्छ । धार्मिक स्थल, पिक्नीक स्पोर्ट, वसपार्क स्थित रहेका केही होटल रेष्टुराहरु भएका देखीएका दृष्यहरु पशुजन्य रहेको पाहिन्छ । प्रहरीले वेला वेला पार्क एवं अन्य सार्वजनीक स्थानमा भएका अस्लिल हर्कत गरेको अवस्थामा रहेका जोडीहरु समातेर ल्याउने गरेको पनि सर्ववितिदै छ । के यस्तो विकृति नारी चरित्र सबैमा स्वीकार्य नै हुन्छ त ? के नारीको अस्मिता यहि हो त ? के नारी यति कम्जोर वस्तु हो त ? के नारी सभ्यताको पाठ छैन त ? के नारीमा हुनु पर्ने गुण नष्ट हुदै गएको हो त ? के पुरुष नारीको लागि दानवनै हो त ? के पुरुष विना नारीको जीवन सार्थन नै हुन्छ त ? के महिला पुरुष विनाको संसार चल्न सक्छ त ? के पुरुष जाति सबै वलत्कारी नै हुन त ? भन्ने प्रश्नको उत्तर खोज्न मन लाग्छ । अझै जिल्ला अदालत, सर्वाेच्च अदालत, अनि मेलमिलाप केन्द्रमा भएका र देखिएका कुरा सुन्दा अनि वुझ्दा माथि उल्लेखित प्रश्न उब्जिने गर्दछन । (पूरुषले चाहै वर्ष दिन महिलाले चाहे एकैछिन) भन्ने उक्तीलाई याहाँ सार्थक वनाउन सक्ने क्षमता महिलामा रहेकोले पनि पुरुष वढी फसेको पाहिन्छ । यसमा महिला पनि नफसेका भने छैनन ।
एक प्रकारका चरुवा महिलाले गर्दा सभ्य र ब्यवहारीक महिलालाई आफ्नो. शिर उच्चो वनाएर हिड्नको लागि अप्ठ्यारो भएको देखिन्छ । याहा यसो भन्दै गर्दा पूरुष सबै चोखा र स्फट्टिक नै छन त ? भन्ने कुरा आउँन सक्छ । सबै पूरुष त्यस्ता दुधले न्वाएर रहेका छन भन्न खोजेको हैन । समाजमा विकृति दुवै पक्षको छ । जहाँ सभ्य ब्यवहार भएको मानिसको पासमा केही सभ्यको पाठ नसिकेको मानिस रहेको स्थानमा त्याहाँ २ पक्षको मन मुटाव रहन्छ । तर पछिल्लो स्थितीमा हेर्दा पूरुष पढी पिडित रहेको देखिन्छ । कसैकी छोरी विवाह गरी दिए पछि अन्माउने केहि समय अगाडी मारेपाप पालेपुन्य भनि दिएको हुन्छ । त्यसको पनि हेक्का राख्नु प¥यो, पालन पोषण गर्नु प¥यो, अरुका वच्चाहरु राम्रो स्थानमा पु¥याएको देखेपछी आफ्नोलाई तल पार्न मन नहुने अनि त्यसको परिपुर्तिको लागि रोजगारमा विदेशीनु पर्ने हुन्छ । उ मायाँ र प्यारकोसाथ विदेश उठेको हुन्छ आउँदा सम्म उ खुसि हुन्छ । त्रिभुवन विमानस्थलमा आए पछि उसका वेथा र ब्यवस्था थाहाँ पाउन थाल्छ । घर पुग्दा न त श्रीमती, न त परिवार, न त सम्पत्ती केही नभएर उराठलाग्दो जिवन विताउदै वसेका मानिस यदा कदा प्रसस्त मात्रामा पाहिन्छ ।
निषर्कषमा भन्नु पर्दा आजको यूगमा आएर विभिन्न माथि उल्लेखित कारणले पूरुष एक कालो झ्यालखानामा वस्न बाध्य रहेको छ । नखाएको विष लागेको छ । जसले आफ्नो सुन्दर सपना लिएर हिडेको मानिस कुनै पहिलाको कारणले उसको सपना चकानाचुर भएको छ । वर्षौ दुख गरेको रकम पनि हुदैन, परिवार पनि हुदैन, अनि रामकृण ढकालका र नारायण गोपालका गीत सुन्ने वाहेक कुने पनि काम नहुने अवस्थामा परेका मानिसहरु आज धेरै देखिएको हुँदा यसको उजागर गरेको छु । यो सभ्यता र यो अवस्थाले नेपालीको भविश्य सुनिस्चित छैन र विश्वासको बाटो समेत गुम्न थालेको छ । यस्ता कुरामा सरकार पक्ष र हामी जनाता पनि आफै सचेत हुनु पर्ने अवस्था देखेको छु । यसको निराकरण नभएको खण्डमा वेथितीले आक्रान्त पार्दैन भन्न सकिदैन ।
हेम जङ्ग कार्की
चिसंखुगढी ८, माम्खा ओखलढुङ्गा
हाल काठमाण्डौ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend