जन आकाश
काठमाण्डौ । पुर्व अर्थमन्त्री एवं नेपाल निती अध्ययन केन्द्रका संस्थापक सल्लाहकार मधुकर शम्शेर जबराको निधन भएको छ । वहाको निधन प्रति शोक व्यक्त गर्नका निमित्त राजधानीमा एक शोक सभाको आयोजना गरिएको थियो । सो शोक सभाको सभापतित्व एवं अध्यक्षता नेपाल निती अध्ययन केन्द्रका अध्यक्ष पूर्व प्रधान सेनापती प्याराजंग थापाले गर्नु भएको थियो ।
सो समारोहमा शोक मन्तव्य व्यक्त गर्ने क्रममा सोही कार्यक्रमका अतिथि प्राध्यापक रामकुमार पाण्डेले राजाको शासनकालमा भएतापनि स्वर्गीय मधुकर महत्वपुर्ण बजेट भाषण गर्ने व्यक्ति रहेको जनाउदै स्वर्गीय मधुकरले जति काम गर्नु भयो आफ्नो जिवनकालमा त्यो नेपाल र नेपाली कै हितका निमित्त कार्य गर्नु भएको बताउनु भएको थियो । वहाले अगाडी भन्नु भयो “मधुकर बौद्धिक व्यक्तित्वका धनी थिए साथै साहित्यीक क्षेत्रमा समेत अब्बल थिए उनको अवसानले नेपालमा एक “थिंक टयाङ्क” को अभाव भएको छ । जिवनकालभर नेपाली जनताको हितका निमित्त लागि परि कार्य गर्ने व्यक्ति पूर्व अर्थमन्त्री मधुकर शम्शेर जबराको जीवन साह्रै सादगीपुर्ण रहेको विचार समेत वहाले उक्त कार्यक्रममा व्यक्त गर्नु भएको थियो ।
अतिथिको आसनबाट मन्तव्य व्यक्त गर्नेक्रममा सोही कार्यक्रमका अर्का अतिथि श्याम के.सी.ले पुर्व अर्थमन्त्री मधुकर शम्शेर जबराको व्यक्तित्व माथि प्रकाश पार्दै स्वर्गीय मधुकर आफ्नो जिबनकै सर्वाधिक निकटको व्यक्तित्व रहेको बताउनु भएको थियो । वहाले सो कार्यक्रमा स्वर्गीय मधुकर देशको पछिल्लो अवस्थाका विषमया साह्रै चिन्तित रहेको जनकारी समेत दिनु भयो साथै वहाले राजसंस्था, राजा र हिन्दुराष्ट्रलाई स्थापना गर्ने योजनामा स्वर्गीय मधुकर र आफू संगै कार्य गरी नेपाली जनतालाई सचेत वनाउदै हिडेको जनाउदै स्वर्गीय अर्थमन्त्री मधुकरको निधनले राष्ट्रले एक ठूलो विद्वान व्यक्तित्वलाई गुमाउनु परेको र वहाको व्यक्तित्वको अभावको महसुुस नेपाली जनताले पछिल्लो समयमा अवश्य गर्ने छ भन्ने मनसाय समेत व्यक्त गर्नु भएको थियो ।
सो शोकसभामा शोक मन्तव्य व्यक्त गर्ने क्रममा सोही समारोहको सभापतित्व गरि रहनु भएका सो नेपाल निती अध्ययन केन्द्रका अध्यक्ष पूर्व प्रधान सेनापती प्याराजंग थापाले स्वर्गीय मधुकर शम्शेर जबरा अर्थमन्त्री भएको समयमा बेलायती सरकारबाट समेत तत्कालिन नेपालको सरकालाई पुर्ण साथ एवं समर्थन रहेको बताउनु भयो । सो कार्यक्रममा मधुकर शम्शेर राणाको निधन प्रति शोक प्रस्ताव समेत पारित गरिएको थियो । सोही सभामा उक्त संस्थाकी सल्लाहकार श्रीमती कमला थापाबाट स्वर्गीय मधुकर शम्शेर जबरा जस्तो ओजीलो व्यक्ति नेपालले विरलै पाउने बिचार व्यक्त गर्नु भएको थियो ।
सो शोकशमामा उपस्थीत नेपाल निती अध्ययन केन्द्रका उपाध्यक्ष एवं पुर्व राजदुत डा. रामभक्त पि.भी. ठाकुर, महासचिव राजु चित्रकार सदस्यहरु डा. प्रदिप गिरी अस्मिता भण्डारी, निगम हुमागाई, सीताराम चौधरी, तथा सल्लाहकारहरु प्रा.डा. मोहन प्रसाद लोहनी, पुर्व प्रशासक डा. द्वारीका नाथ ढुंगेल समेतले पुर्व अर्थमन्त्री स्वर्गीय मधुकर शम्शेर जबराको व्यक्तित्वको विविध विषयमा चर्चा गर्नु भएको थियो सो शोकसभाको संचालन प्रा. डा.यादब प्रसाद ढुंगानाले गर्नुभयो वहा सो संस्थाको कोषाध्यक्ष समेत हुनुहुन्छ । साथै उक्त शोकसभा को समापन नेपाल निती अध्ययन केन्द्रका संस्थापक अध्यक्ष पुर्व प्रधान सेनापति प्याराजंग थापाले गर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend