logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

समाजवादी पार्टीले दोलखामा संगठन विस्तार


  • जन आकाश
  • सोमबार, चैत्र ३ २०७६

काठमाडौं ।   पार्टीले शनिवार एक भेला गरेर दोलखा–काठमाडौं समन्वय समिति विस्तार गरेको हो ।
उक्त समितिको नेतृत्व पेमा साङ्वो शेर्पाको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ भने दोलखा–काठमाडौं समन्वयको सचिवमा सन्तोष खड्का चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा गणेश थामी, सहसचिव आङकाजी शेर्पा, कोषाध्यक्ष नविना श्रेष्ठ। रहेका छन् । त्यस्तै सदस्यहरुमा रामकाजी भण्डारी, केदार थापा, मिङमा छिरिङ शेर्पा, लालकुमार खड्का, जनक अधिकारी, दिपेश थापा, प्रकाश थोकर, धन बहादुर मगर, रमेश थामी, खेम खड्का, पेम्बा शेर्पा रहेका छन् ।
दोलखाबाट काठमाडौं आइ विभिन्न पेशा व्यवसायमा सक्रिय युवा तथा राजनीतिक हस्तीहरू समितिमा आवद्व भएका हुन् । पार्टीले अब दोलखा जिल्लाका जनताका बीचमा पुगेर बिविध रचनात्मक सेवामुखी काम गर्दै जनताको सेवा गर्दै मन जित्ने काम गर्ने नयाँ समितिमा आवद्व पदािधकारीले प्रतिवद्वता जनाएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend