logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सत्रु, सल्लाहकार र सफलता

दामोदर ढकाल ( दिपक)


  • जन आकाश
  • बिहिबार, चैत्र ६ २०७६

 



कुनै पनि अभियानको शुरूवात गर्नुभयो भने यो बुझ्नुहोस् । तपाईंले थप सत्रु जन्माउदै हुनुहुन्छ । सत्रु जन्माउने सजिलो उपाय हो अभियान सुरू गर्नु । तपाईंलाई चिनेका बुझेकादेखि नचिनेका नबुझेका समेत सत्रु बन्छन् । सबैको मनमा बस्न अभियान शुरू गरिन्छ तर विडम्बना बिरोधी र सत्रुहरू आफैं उत्पन्न हुन्छन् ।
यो बाल साहित्यमा जागरण युग शुरू गर्न सानो अभियानको लागि मलाई सधैं मार्गदर्शन प्रदान गर्ने गुरूलाई भेटन जादा उहाँले मलाई माथिका कुरा भन्नुभएको थियो ।

हुन त मैले प्रकाशन व्यवसाय संचालन गर्दा नि उहाँले भन्नुभएको थियोे । यो व्यवसाय तेरो क्षमताले धान्ने विषय चाहिँ होइन तर योजना बनाइसकेपछि कार्यान्वयन गर्नु पुरूषको धर्म हो। अगाडि बढ् , जोगी र लेखक सानोतिनो साधनाले बन्दैन, तसर्थ यी दुबैको सम्मान गर्नु ।
तब मैले भनेको थिए, जोगी त पलायनवादी चिन्तन भएका हुन्छन् , कसरी सम्मान गरौ ।
मेरो कुरामा उहाँ हाँस्नु भयो र भन्नुभयो, जोगी समाजमा पलायन भएका धेरै हुन्छन्, तर लेखक देखासेखीले हुने, समाजमा आदर्श पात्र बन्न चाहाने र साच्चिकै भावना र संवेगलाई जिवन्त बनाउने, अनुसन्धान गर्ने, अन्याय नसहेर लेखिहाल्ने, धेरै प्रकारका हुन्छन् । पछि चिन्दैजान्छस् । तर जो जस्तोसुकै होस् तैले लेखक र जोगीको सम्मान गर ।

गुरूको कुरा सुनेर आएपछि लेखक र जोगीमाथि श्रद्धाभाव जाग्यो । केही समय त जोगीलाई पाले पनि । जोगीले मेरो श्रद्धा बुझेछन् माया धेरै गरे पछि ती जोगी न परे हराए । अन्तै गए बेला बेलामा भेट हुन्छ । तर म उहाँलाई सम्मान गर्छु ।

जोगी गएपछि गुरूले भन्नुभयो, लेखक पनि ठ्याक्कै जोगी जस्तै हुन् उनीहरू पनि आउँछन्, जान्छन् तर तैले जहाँ भेट्दा नी सम्मान गर्नु ।
गुरूले भनेको यो गुरूवाक्य यथार्थ निस्कियो , अन्य प्रकाशनका लेखक मकहाँ नि आए, मेरो पब्लिकेशनका लेखक अन्त पनि गए । काम गर्दै जादा गुरूवाक्य सत्य निस्कियो ।

गुरूले हरेक भेटमा भन्नुहुन्थ्यो , जीवन अनुभव हो , समस्या दाजुभाइ जस्ता हुन् र सत्रु सल्लाहकार हुन् पीर नगर्नु ।
गुरूको म असल चेलो मानिन्छु, दुखपर्दा खान, लाउन समस्या पर्दा उहाँले तँ जहिल्यै आएर यो गुरु आश्रम प्रवेश गर्ने छुट छ भन्नुभएको छ । काम गर्दा नआत्तिनु तर समयमा गर्नु, मौसम,बजारभाउले जसरी अन्नलाई प्रभावित बनाउछ ठ्याक्कै त्यस्तै हो काम । बिग्रदा नआतिनु र सप्रिदा पनि खुशी नहुनु ।

यी गुरूवाक्यले मलाई सधैं कन्फिडेन्स दिन्छ । महिनामा एकदिन उहाँकोमा सधैं जान्छु । म व्यस्त भएर गइन भने तेरो व्यवसायलाई ताल्चा ठोकेर आइज । तर आइज । जति व्यस्त भए नि जान्छु । सबै रिपोर्ट बुझाउछु । ऋणको बोझले थलिएको बेला समेत तँ बल्ल साहु हुन लागिछस् भन्ने गुरु, पारिवारिक किचलोले अशान्त हुदाँ बल्ल महान व्यक्ति बन्ने लक्षण देखापरेछ भनेर धाप मार्ने गुरु , मेरा लागि ईश्वर नै हुनुहुन्छ ।

म बालसाहित्यको जागरण युग ल्याउछु भनेर जादा उहाँले शुरूमा गाली गर्नुभयो । अध्ययन गर, अनुसन्धान गर, आफै लेख तर धेरैलाई नसमेट, जति धेर समेटछस् , तेतीधेरै आर्थिक भार र सत्रु पैदा हुन्छन् । तर पुरूष होस् सोचेको पूरा गर, सबैलाई अगाडि बढाउदा आफु नि सहभागी हुनु ।तेरो एउटा भए नि कृति मैले पाउनुपर्छ ।

मैले गुरूदक्षिणा दुई कृति लगायत ६३ कृर्ति दिए । मनमा डर थियो, साधना र पर्याप्त अनुसन्धान विना लेखेको थिए । तर पछि ६३ पुस्तक मध्य मेरो तुलसी र ज्योतिषलाई उहाँले राखेर ६२ पुस्तक फिर्ता दिनुभयो ।
तेरो यो तुलसी र ज्योतिष यस्तो कृति हो । जुन संस्कार , संस्कृति , इतिहास , अन्धविश्वाश, रीस, राग , लोभ लालज र ईश्वर र विजय सबै हो । अर्थात संसार हो, समाज हो । कृति यस्तो हुनुपर्छ ।

म दङ्ग परे र बालसाहित्यको यो वर्षको मैजारो उत्सवको कुरा उठाए । उहाँ रिसाउनु भयो शहरमा जग्गा नहुनेले हात्ती पालेर के खुवाछस् र कहाँ हगाउछस् । पुरूष होस् आटेपछि घर तर चराको गुड बनाउनु ।
गुरूले त्यसो भन्नू,लेखकहरूमा क्रमश उत्साह घट्नु र कोरोना भाइरसले संसारलाई त्राहीमान बनाउनु , यी सबै कुराले मैझारो उत्सव हात्तीको तबला नभइ चराको गुड हुने निश्चित भइसकेको छ । म मख्ख र दङ्ग छु । समस्या दाजुभाइ हुन् सत्रु सल्लाहकार हुन् । जे हुन्छ राम्रोका लागि हुन्छ, राम्रै हुन हुन्छ ।

गुरूकोमा पुनः गए । चैत्रको अन्तिम दिन घोषणा गरेर , मंसिरको आधुनिक साहित्य परिषद् को कार्यक्रममा कार्यान्वयन गर्नुपर्छ मैले । मंसिर भित्र्याउने महिना हो । ७७ को वार्षिकोत्सब नियात्रामय हुनेछ भनेर मैले अभियान बनाएको छु । नियात्राको लागि भ्रमण पहिलो शर्त हो । भ्रमण गरेर मात्र भएन, भ्रमणका कुरा शब्दमा उतार्नु पनि पर्यो । बालसाहित्य जस्तो यो सफल नहुन सक्छ । बाल साहित्यमा जस्तो सत्रु नकमाइन सकिन्छ । मनमा आँधी हुरी र हुण्डरी चल्यो । मनमा कुरा खेल्नासाथ गुरु आदेश छ मलाई भेट्नु भन्नू । म गूरूकोमा गए र सोधे मन आत्तियो अभियान कसरी पूरा गर्ने

गुरु मुसुक्क मुस्कुराउनु भयो । मलाई कागती पानी खान दिनुभयो । कागती पानी पिउने क्रममा कागतीको बीउ आयो । मैले उक्त बीउ हुत्याउन लाग्दा भन्नुभयो । यो बीउ लाखौं कागती फलाउने बीउ हो । यसलाई जतनले राख्नु , यसपालि कम्तिमा १०० जनासँग ३ घन्टाको दरले यात्रा गर्नु । र आफै कृति लेख्नु । प्रकाशक होइन आफु लेखक भएर उक्त अभियान सफल बनाउनु सय जनालाई सम्मान गर्नु ।
कहाँ खोज्नु सय लेखक र यात्रा गर्नु रु मैले जिज्ञाशा राखे । लेखक नै किन चाहियो यात्रा गर्ने साथी खोज्नु । कम्ती २ नत्र लामा दिन हुन्छन् तीन जनासँग यात्रा गर्नु राति १२ बजेसम्म ओछ्यानमा नै कम्प्युटर राखेर टाइप गर्नु । जहाँ तँसँग यात्रा गर्नेको दुखसुख र यात्रा गरेको स्थान समेटियोस् ।

ख्याल राख् यसपालि त आफ्नो सत्रु आफै हुनेछस् ।सधैं अरू सत्रुले काँडा र डाठको काम गरेर त फुलिस यसपालि आफै काँडा, आफै डाठ, आफै फूल , आफै फल ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend