जन आकाश
कोभिड १९ को कारण हाल नेपालमा लकडाउन अर्थात बन्दाबन्दी भइरहेको छ । भने हाल देशभरी सक्रमणको त्रास छदैछ । देशका बिभिन्न ठाउहरुमा क्वा¥यानटाइनहरुमा मानिसहरु बसिरहेका छन् । सरकारले सक्रमण फैलन नदिन गरेको प्र¥याश साह्रानीय छ । थियो चैत्रको एक महिना नागरिकहरु असाध्यै सयमित र अनुसाशित भएर बसेका थिए । आजपनि नेपाली नागरिकहरु अनुसाशित म¥यादित भएर नै बसेका छन् । तर अनुसाशित, म¥यादित हुन जिम्मेवार निकायहरुले पनि आफ्नो आफ्नो क्षेत्रको कर्तब्य निर्वाह गर्नुपर्दछ । पछिल्लो समयमा त्यस्तो कतब्य निर्वाह भएको महसुस नागरिकहरुले गर्न छाडेका छन् ।
बजारमा दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन थालेको छ । उपभोग्य बस्तुहरु उपलब्द भएपनि गएको ३ महिना अगाडी र हालको मुल्यको प्रतिशतमा निकाल्दा ४० प्रतिशत सम्म बजार भाउ बढेको छ । यसको नि¥यन्त्रण गर्ने अनुगमण गर्ने नाटकहरु बेला बेलामा भएको भएता पनि ठगिने ठग्गिरहे कै छन् । यो त भयो लेनदेनको किनमेलको समस्या ।
अर्को तर्फ ३ महिना भन्दा बढी बन्दा बन्दी हुदा दैनिक कमाएर वा मार्षिक कमाएर जाहान परिवार पाल्दै आएका नागरिकहरुले जसो तसो ३ महिना टारेका भएपनि अचेल रिन गरेका उधारो लिएको तिर्न नसक्दा र बचत आर्थिकहरु सक्किसकेकोले बिकल्पहरु सकिदै गएर भोकै मरिने मर्न पो पर्ने होकी भन्ने चिन्ताले सर्वसाधरणहरुलाई सताउन थालेको छ ।
यो बन्दाबन्दीको समयमा भोकले मानिस मरेको समाचार बाहिर त्यति नआएपनि आर्थिक अभावका कारण मानसिक तनाव बढेर सामाजिक, समस्या निम्तन सक्ने सम्भावना बढेर गएको छ ।
बिदेशमा रोजगारी गर्न गएका नागरिकहरु यो एक महिनामा ७ लाखको हाराहारीमा भित्रने र लगभग १५ लाँखको हाराहारीमा रोजगारीका लागि बिदशिएका नेपालीहरु तत्कालै नेपाल फर्कदै छन् । यो आकाडाले पनि दैनिक उपभोग्य बस्तुहरु बजारमा आवाश्यता बढेर नै जाने देखिन्छ । त्यसैले बेलैमा ब्यवस्थापनमा ध्यान दिएर काम गर्न सरकारले थाल्नुपर्छ र स्थानीय नागरिकहरुले पनि यो बिपत्त हो एकले अर्कोलाई कसरी हुन्छ सहयोग गर्नुपर्छ भन्ने भावना राखेर मानवीयता देखाउनुपर्छ ।
यसरी सरकार र नागरिक बीचको सम्बन्ध बलियो भयो र नागरिकहरुको सुझाव , जानकारी लिएर सरकारले काम गरेमा कोही, कुनै नेपाली भोकले मर्नु पदैन ।
तर बास्ताविकता भने निक्कै डरलाग्दो अवस्थावाट अगाडी बढ्दै छ । महगी नियन्त्रण भन्दा बाहिर गएको छ । बजारमा भारतको तरकारी गाउगाउ महगो बनेर पुगिरहेको छ । तर त्यही स्थानीय किसानले बन्दा बन्दी हल्ला र चेतनाको अभावमा बारीमा नै तरकारी कुहिएर गइरहेका छन् । खाद्यन्न, लत्ताकबडा, अन्य सामानहरु सिन्डकेटधारीहरुको हातमा छ ।
यस्तो सिन्डिकेट धारीहरुको जालो तोडेर सर्वसाधरण नागरिकहरुलाई सस्तो सुलभ र सहजै दैनिक उपभोग्य बस्तुहरुको उपलब्द गराई भोक्कै कुनै पनि नेपाली नमरुण भन्ने बातावरण बनाउन सबै क्षेत्रावाट सजग हुदै समस्यालाई तत्कालै हल गरिनुपर्छ । तवमात्र नेपालका नेपालीहरु कोही जस्तो सुकैं बिसम परिस्थितिमा पनि सामाना गर्न सक्षम छन् हुन्छन् भन्ने सन्देश दिन सकिन्छ । यो नेपालको समस्या सगसर्गै अन्तराष्ट्रिय प्रतिष्ठासँग जोडिएको बिषयलाई सवै मिलेर जोगाउनुपर्छ । त्यो भनेको अहिले बढ्दै गएको अभाव टार्न र भोकले कुनै नेपाली नमरोस भन्न ब्यापारीले आत्मसाक्षी राखेर सरकारले तोकेको प्रतिशत भन्दा बढी दैनिक उपभोग्य सामानमा नाफा नखाने, सरकारले यातायात ब्यवसायीहरुलाई सहुलियत प्रदान गर्ने, र यातायात ब्यवसायीहरुले दुवानी भाडामा गाउघरको उत्पादनलाई भाडा सस्तो गर्ने, उपभोक्ताले पनि आफ्नै देशको उत्पादन प्रयोग गर्ने वाताबरण बानी बनाउनु पर्छ ।
यसो गर्दा सवै क्षेत्रको सम्बन्ध जोडिन्छ र समस्या पनि थाहा हुन्छन् सावधान गर्न पनि सजिलो हुन्छ । यस्ता अभियानहरुमा नेपालीहरुले ध्यान दिनुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend