जन आकाश
मोहन कार्की
नेपालमा राजनीतिको नाममा भएको बिकास बिरोधि कामलाई बिकासवादी मानिसहरुले लाज छोप्न नसक्ने नीति भनेका छन् । नेपालमा १९९३ मा प्रजापरिषदको स्थापना भएदेखि राणा साशनलाई बिरोध गर्न सिकाईएको थियो । जो कि नेपालीहरुले इष्ट इन्डियासँग लड्दा देखाएको साहास, बाहादुरी र चातु¥याईको प्रतिफल थियो । त्यतिवेलाको साम्राज्यवादी शक्ति वेलायतले नेपालको त्यो क्षमता देखेर नै हुनुपर्छं जङग बहादुरलाई गुहारेर लखनउमा इष्ट इन्डिया कम्पनीले नसकेको युद्धमा नेपाली गोर्खा सैनिकको साहायता लिएर बिजय हाशिल गरेको थियो ।नेपालले सुगौली सन्धिमा गुमाएको भुभाग लखनउमा नेपाली गोर्खा सैनिकले बिजय हाशिल गरेको सट्टमा जङग बहादुरको पालामा नेपालले बाके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्ला फिर्ता लिएको थियो ।
भारतमा स्वतन्त्रताको लडाई र नेपालमा राणा बिरुद्धको लडाई सँगसगै जस्तो चलेको थियो । त्यो परिस्थिति र समयले गर्दा नेपालका लोकतान्त्रिक र बामपन्थी बिचारधाराका नेताहरु भारतको भुमिमा बसेर नेपालको राण साशनको बिरोधमा लागेका थिए । भारत सन. १९४७ मा स्वतन्त्र हुदा नेपालमा पनि त्यही समयमा राजा, लोकतान्त्रिक भनिएका शक्ति र दिल्ली त्रिपक्षीय सम्झौत भई नेपालमा बिक्रम सम्वतः २००७ सालमा भारतीय चाहाना अनुसारको सरकार बनेको थियो । जसलाई बिधान सभा भनेर भनिन्थ्यो । जुन सम्झौता भारतले गराएको थियो । त्यो सम्झौता गर्दा कुनै पक्षलाई भेट हुन नदिई हस्तक्षर मात्र गराएको बिभिन्न लेखमा उल्लेख छन् । भारतले नेपालको स्वतन्त्रमाथि त्यतिवेला देखि नै आखाँ लगाएको हो ।
नेपालका अर्ध राजनीतिक चेत भएका मानिसहरु राजनीतिक दलका नेता भएको बेला कोही जानी जानी समर्थन जनाउथे भने कोही नजानेर भारतीय योजनामा फस्थे । त्यो योजनाले नेपालको परराष्ट्र सचिवालयमा भारतीय नागरिक रहने नेपालका भुभागहरुमा भारतीय सैनिक रहने, जस्ता प्रस्ताव भारतले राख्दै गयो । कानुनी रुपमा खेस्रा तयार नहुदै भारतीय हरुले नेपालमा आताङवाद नियन्त्रण गर्नको लागि भनेर नेपालका केही भुभागमा भारतीय सेनाहरु राख्न थाले । यसै मेसोमा २०११ सालमा कोशी सम्झौता र २०१६ सालमा गण्डक सम्झौता, गरेर प्रजातन्त्रका हिमायतिहरुले नेपालको ठूला नदीहरुको अधिकार गुमाई सकेका थिए । एकपछि अर्को गदै नेपालको अधिकार गुम्दै गएको देख । र, त्यतिवेलाका राजा महेन्द्रले नेपालको स्वातन्त्रतामाथि नै खतरा देखे र २०१७ सालमा राजनीतिक कु गरेर नेपालको रक्षाको लागि केही राष्ट्रवादी नीति लिएर नेपाल आत्मनिर्भर हुनु पर्ने रहेछ भनेर केही उधोग कलकारखानाहरु सञ्चालनमा ल्याएका थिए । तिनै राजा महेन्द्रको कालमा नेपालमा स्थायी साशन भएको बेला काम गर्न सजिलो हुदो रहेछ र नेपालको बिकास गर्न पनि सकिदो रहेछ भन्ने नेपालीहरुले बुझे ।
तर, भारतीय बुझाईमा भारतको योजना र आग्रहलाई महेन्द्र राजाले नमानेको कारण भारतले नेपालमा बिकास भएको देख्न चाहेन । जस्तै नेपालको पुर्व पश्चिम राजमार्ग बनाउन लाग्दा भारतले बिरोध जनाएको थियो । नेपालको बिकास त्यतिवेला देखि नै भारतीय पक्ष रोक्न चाहान्थ्यो । तर, त्यो सम्भव भएन । राजा महेन्द्रले नेपालको पुर्व पश्चिम राजमार्ग बनाई छाडे । त्यसपछि भारतले नेपालमा राजनीतिक अस्थिरता ल्याउने योजना बनाउन थाल्यो त्यो अस्थिरता ल्याउन अरु क्षेत्रवाट सम्भव थिएन । फलस्वरुप भारतले पहिला भारतमा बसेर राणको बिरुद्धमा लागेका कोही काग्रेस, कोही कम्युनिष्ट, कुनै राजाका सर्मथकै भएपनि बिकाउ खालका राजावादी खोल ओडेका अवसरवादीहरुको खोजि ग¥यो । भरतीय विस्तारवादको योजनामा नेपाललाई अस्थिरतामा धकेल्न उनिहरु नै प्रयोग हुन थाले ।
तर, महेन्द्रको सुझबुझपुर्ण नीति र तरिकाले काम गर्दा भारतीय डिजाइन सफल भएन र नेपालको पुर्व पश्चिम राजमार्ग बन्यो । नेपालमा कपडा उधोग, कागज उधोग, ज्ुत्ता उधोग खोलेर नेपाल बेसिक नीडमा के के कुरामा पहिला आत्मनिर्भर हुने भन्ने महेन्द्रकालीन नीतिले नेपालका नेपालीहरुलाई स्वदेशमै काम गर्ने वातावरण बन्यो । बिदेशिने अर्थतन्त्रलाई केही टेवा पुग्न थाल्यो । २०२८ सालमा नेपालका राजा महेन्द्रको रहस्यमय मृत्यु भएपछि लामो सास फेरेका भारतीयले राजा बीरेन्द्रले पनि त्यही महेन्द्रकालीन नीतिलाई निरन्तरता दिन खोजे । नेपालले यस्तै एकपछि अर्को बिकास गदै गयो भने भारतको प्रभुत्ववाट बाहिर जान्छ भनेर दिल्लीलाई नेपालवाट सुचना दिईरहेका थिए । जसले नेपालमा भारतीय प्रभुत्व कायम गर्न बल पु¥याई रहयो । भारतका कुटनीतिज्ञहरुले
भारतका कुटनीतिज्ञहरुले नेपालमा अस्थिरता मच्चाउन त्यस्ता बिकृत नेपाली पात्रहरुको खोजि गरिरहेका थिए ।
त्यतिवेलाका नेपाली काग्रेस र ७ वामदल नामका पार्टीहरु नेपाललाई अस्थिर बनाउन प्रयोग भए । किनकि महेन्द्रको मृत्यु २०२८ सालमा भइसकेको थियो । भने राजा बनेका बीरेन्द्रले पनि सवै पञ्च नेपाली सवै नेपाली पञ्चको नामवाट काम गर्न शुरुवात गरेका थिए । त्यो पञ्चायतकालीन नीतिलाई असफल गराउन भारतको जुठो पुरो खाएर र्हुर्केका नेपालका प्रजातान्त्रिक भनिने काग्रेस र बाम दलहरुले भारतकै उक्साहटमा बिभिन्न बिरोधहरु गरि नै रहेका थिए । जसले गर्दा २०३६ सालमा बहुदलीय र र्निदलीयको लागि जनमत सग्रह गराउनुपर्ने बाधयता भयो । त्यतिवेला र्निदलीय पक्षले बहुमत प्रप्त ग¥यो । सायद त्यतिवेला बहुदलले जनमत सग्रहमा जितेको भए नेपालको स्वतन्त्रता नै रहन्थ्योकि रहन्थेन भन्न सक्ने अवस्था थिएन । किनकि भारतले केही समय अगाडि मात्रै सिक्किमलाई भारतमा बिलय गराएको थियो । नेपालका त्यतिवेलाका कुटनैतिक बुद्धिजीवि सवैको बुद्धिमताका कारण नेपाल स्वतन्त्र रहिरहन सफल भएको थियो ।
त्यसपछि एकपछि अर्को गोटी चाल्दै आएको बिस्तारवादी भारतले नेपालको स्वतन्त्रलाई समाप्त बनाउन नेपालको राजनीतिक अस्थिरताको लागि भएभरको बल लगाएर नेपाली काग्रेसलाई सत्यग्रह गर्न लगाएको थियो । त्यसको लगतै भारतीय नेता चन्द्र सेखर, श्याम शंखर मुखर्जी नेपालमा आएर गणेशमानको च्याक्सीबारी ठमेलवाट र बिराटनगरको कोइराला निवासवाट हमारे आन्दोलन आगे बडगी अव नै रोकिङगे भन्दै २०४६ सालमा नेपालमा भारतीय उक्साहटमा आन्दोलन गरेको थियो । त्यो नेपाली जनताको र्निदेशनमा थिएन । त्यसैको परिणाम संविधान बनेको केही छिनमा नै नेपाली किसान र नेपाली मजदुरहरुले बिरोध जनाएका थिए ।
नेपाललाई बहुदलमा लगेपछि बिभिन्न संघ÷संस्था राजनैतिक दल खोल्न पाउने र नेपालमा नभएका कपोलकल्पीत कुराहरु फैलाएर राष्ट्रवादी शक्तिहरुलाई कमजोर बनाउने योजना भारतको सफल भएको थियो । जसका कारण नेपालमा कहिल्यै पनि कुनै पनि प्रधानमन्त्रीले आफ्नो ५ बर्षे कार्यकाल पुरा गर्न पाएनन् । बेलाबखतमा नेपालको नागरिता बिध्येक र परराष्ट्र नीतिको बिषयमा राजा बीरेन्द्रले हस्तक्षर नगर्दा भारतीय योजनाहरु रोकिदै आएको थियो । त्यसैकारण भारतले नेपालको राजतन्त्रलाई भारतको बाधकको रुपमा हेरिरहेको थियो । नेपाललाई अर्को द्धन्द्धमा फसाउने दाउमा रहेको भारतको लागि कम्युनिष्ट नामवाट राजनीनि गर्नेहरु नेपालमा चै बढी अरुका लागि बिश्वासिला हुन्छन भन्ने भारतको बुझाई र अध्ययन थियो । नभन्दै त्यस्तै नेकपा –( माओवादी) ले २०५२ सालमा जनयुद्ध घोषणा ग¥यो । भारतको नेपाललाई अस्थिरता गराउने सपना पुरा भयो । र, माओवादीहरुलाई भारतमा निम्ता गरेर भारतीय सरकारले नै आस्रय स्थल, गुरिल्ला तालिम, हातहत्तियार दिएर नेपाली गरिवका छोराछोरीलाई भारतीय विस्तारवादी बिरुद्ध भनेर भ्रम सिर्जना गराउदै नेपालीले नेपालीलाई मार्ने मराउने बैक ध्यस्त बनाउने पुल भत्काउने, सुराकीको नाममा पढेलेखेका बुद्धिजीविहरुलाई समाप्त गर्ने जस्ता कार्यको थालनी गरे अरु देशले बिकाशको फट्को मारिरहदा नेपाल भने देशभित्रको कलहमा फसेर बस्नुपर्ने बाध्यतामा फस्योे नेपालमा दैनिक यति मानिसको मृत्यु यति घाइते भनेर सञ्चार माध्यमहरुले समाचार बजाउदा दक्षिणतिरको नेपालको छिमेकी भारतका साशकहरु भने नेपालको अस्थिताले भारतको कुहिएको गोलभेडा, सडेको चामल, घाइतेहरुलाई उपचारको लागि भारतमा लानुपर्दा भारतीय अस्पताललाई हुने फाइदा र नेपाली सेना र उता बिद्रोही भनिएको माओवादीलाई हतियार बेचेर पैशा कमाउदै नेपालको अस्तित्व चाडै समाप्त हुने सपना देखेर रमाई रहेको थियो । र नेपालका नेताहरुलाई दिल्लीमा बोलाएर भारतीय योजना सुनाउदै आएको थियो । तर नेपालमा राजतन्त्र भएको र जुनसुकै बिध्येक र नीतिहरु पास गर्दा राजाले स्वीकृत गर्नुपर्ने हुनाले भारतका योजनाहरु सफल भएका थिएनन् ।
त्यसैको प्रतिशोधमा नेपालको राजबंशीय साशनलाई सधाका लागि अन्त्य होस भनेर नेपालको राजतन्त्र माथि २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भयो । जुन नेपालको लागि निक्कै डरलाग्दो र नेपालीहरु अविभावक गुमाएका जस्ता भए । यहा जोड्न खोजेको के हो भने २०४६ सालमा जसरी भारतीयहरु नेपालमा आएर आन्दोलनको शुरुवात गरेका थिए बहुदल ल्याउनलाई त्यो बहुदलमा एउटै बिषलाई बिभिन्न खालका शक्तिले आ–आफ्नो धारणा राख्दा बिषय नै अन्तै मोडि सकिएको हुन्थ्यो । दरबार हत्याकाण्ड डिजाइन अन्तै कतैवाट गरेको र ज्ञानेन्द्र राजालाई आरोप लगाउँदै दोश थोपरेर प्रतिवेदन पनि त्यो हत्याको आरोप लगाएर मरिसकेका राजकुमार दिपेन्द्रलाई लगाएर नेपालको अस्तित्वमाथि खेलवाड गदै ष¥यन्त्रलाई ढाकछोप गर्न लगाइयो । त्यसपछि नेपालको संयन्त्र नै खलबलाएर देशलाई झनै आक्रान्त पार्न सफल भएपछि त भारतीय बिस्तारवादको नीतिले काम नगर्ने कुरै भएन । भारतमा नेपालका त्यतिवेलाका नेता भनेकै गिरिजा प्र. कोइराला, माधव नेपाल, केपी शर्मा ओली थिए । उत्तापर्टी जनयुद्ध लडिरहेको माओवादी पार्टीका नेताहरु त भारत मै बसेर नेपालमा रक्तपात मच्चाईरहेका थिए माओवादी र नेपालका सात राजनीतिक गठबन्धनलाई भारतले एउटै मोर्चामा काम गर्न दिएको निर्देशन पालना गर्न लगाएर २०६२÷६३ को आन्दोलन गराएको थियो । त्यो आन्दोलन पछि नेपालमा अस्थिरता बढेर जाने र नेपालको राजतन्त्रले बिद्रोह गर्ने नेपाल अस्थिरताको चरम रुपमा जाने भारतीयहरुको आकलन थियो । तर नेपालको राजतन्त्रले सजिलै नेपालको राज्यसत्ता छोडिदिएपछि भारतीयहरुको बिशलेषण फेरी एकपटक हावाको बेलुन फुटे झै फुट्यो । अर्को उपाय अपनाउदै भारतले जातियता र क्षेत्रियताको नाममा रौतहटको गौरमा पाहाड र तराइबासीको भिडन्त गराएर जनअधिकार फोरमको नामवाट माओवादी कार्यकर्ता २७ जनाको हत्या गराई गृहयुद्धमा नेपाललाई फसाउने योजना पनि असफल भएको थियो ।
त्यसपछि नेपालको माओवादी जनयुद्धमा लागेका कार्यकर्ताहरुलाई घरघरमा पुगेर केही साना समुहहरु भएपनि युद्धमा होमिन उक्साउन भारतीय खुफियाहरु लागेको देखिन्थ्यो । तर माओवादीको लामो जनयुद्धले देशलाई पु¥याएको क्षतिले कुनैपनि नेपालीमा आईन्दा बिद्रोह गर्ने जागर कसैमा थिएन । जसले नेपाललाई फाईदा नै पु¥यायो । त्यसपछि जातिय द्धन्द्ध गराउन उधत शक्तिहरुले जातिय संगठनहरुलाई उचालेर सडमा उतारिरहे । तर, नेपालको जातिय सदभाव र एकतामा सवै मिलेर बसेका नेपालीलाई त्यस्ता केही अर्ध चेत भएका नेता बन्न अवसर खोजेर बसेकाहरुले चर्का भाषण र अन्तैवाट राषण बुजेपनि नेपालमा जातिय सदभावमा कुनै समस्या आएन यो नेपालको हजारौ बर्षदेखि मिलेर बसेका नेपालीहरुमा कहिल्यै फुटन जान्दैनन् एकता तोडदैनन् भन्ने नेपालको एकता देखाईदिए ।
नयाँ संविधान निर्माणका लागि पहिलो निर्वाचन भयो । निर्वाचनमा बिद्रोहमा रहेको माओवादी पार्टींले सवैभन्दा धेरैसिट जित्यो र नेपाल केही समय माओवादीमय भएको थियो । निर्वाचनपछि बिद्रोहवाट आएका प्रचण्ड प्रधानमन्त्री भएका थिए । प्रचण्डले आफ्नो ९ महिनामा एउटा पशुतिनाथको पुजारी र सेनापति बिबादका कारण राजिनामा दिएका थिए । त्यतिवेला प्रचण्डभन्दा अझै धेरै भारतका बिश्वासिला पात्र डा. बाबुराम भट्टराई थिए । तिनै बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन चाहान्थ्यो भारत, र, भारतको आग्रहमा नै प्रचण्डले प्रधानमन्त्रीवाट राजिनामा गरेका थिए ।
तर सोचेभन्दा बिपरित त्यतिवेलाका नेकपा एमालेका पुर्व महासचीव माधव कुमार नेपाल प्रधानमन्त्री चयन भए जो दुवै निर्वाचन क्षेत्रवाट हारेका ब्याक्ति थिए । माधव नेपाल प्रधानमन्त्री भएपछि माओवादीहरुले बिभिन्न खालका आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्न शुरु गरेका थिए । त्यसको बिकसित रुप माओवादीले काठमााडौ नै कब्जा गर्ने र काठमाडौ आएर माओवादीहरु काठमाडौका बासिन्दाको घरघरमा जर्वजस्त बस्ने सम्मका योजना सार्वजानिका गरे । नभन्दै योजना मुताबिक नै माओवादी पार्टीले काठमाडौमा कार्यकर्ता उतार्न थालिसकेको थियो । नेपाल गृहयुद्धमा फसाउने तयारी जस्तै देख्न सकिन्थ्यो । नेपालका सर्वसाधारण नागरिकहरु आन्दोलनमा कतै देखिदैनथे तर माओवादी कार्यकर्ता र तराई मुलका जस्ता देखिने भारतीय सेनाहरु सिभिल डे«समा काठमाडौमा जताततै देखिन्थे । लाग्थ्यो नेपाल केही समयमा अव सिक्किम हुन जादैछ । नेपालका सञ्चारकर्मीहरुले खवदारी गरिरहेका थिए । नेपाललाई गृहयुद्धवाट जोगाउ सिक्किम हुन जोगाउ भन्दै नेपालका सञ्चारकर्मीहरुको सुझबुझ तरिकाले समाचार प्रसारण गरेर सन्देश दिएपछि काठमाडौमा थुप्रीएका माओवादी कार्यकर्ता र काठमाडौ बासीवीचमा लडाई गराउन खोजिएको थियो । तर, यो योजना नेपालका माओवादी कार्यकर्ता र काठमाडौका बासिन्दाले बुझे र नेपालमाथि हुन लागेको ष¥यन्त्र जनताले सफल हुन दिएनान् । नेपालले यस्ता खालका धेरैवटा खड्को काटदै आयो । माधव कुमार नेपाललाई माओवादीले संविधान निर्माणको समयसीमा सकिन लागेको र नयाँ संविधान नबनेमा त्यसको भागिदार माधव कुमार नेपाल हुनुपर्ने धम्की दियो । त्यसको लागि दुईतिहाई हुनुपर्ने ब्यवस्था थियो । त्यसकारण माधव कुमार नेपालले प्रधानमन्त्री पदवाट राजिनामा दिएका थिए । तर सदनमा प्रक्रिया मिलाउनुपर्दा लामो समयसम्म कामचलाउ प्रधानमन्त्री हुने अवसर माधव कुमार नेपालले पाएका थिए ।
त्यसपछि सदनमा प्रधानमन्त्री निर्वाचनमा झलनाथ खनाल र रामचन्द्र पौडेलको उम्मेद्धारी प¥यो । १७ पटकसम्म प्रधानमन्त्री हुन असफल रेकर्ड पनि रामचन्द्र पौडेलको नाममा किर्तिमान कायम भयो । तर झलनाथ खनाल प्रधानमन्त्री भए ।
माथि उल्लेखित सवै आन्दोलन, सत्ता परिवर्तन र ब्यवस्था परिवर्तनमा दृष्र्य – अदृष्र्य रुपमा हात भने भारतकै थियो । भारतको चाहना नभए प्रधानमन्त्री बन्न पाइँदैन भन्ने भावना अहिले पनि प्रचुर मात्रमा छ । बिकासवादी नेपालीहरु भन्दैछन् – जवसम्म नेपाली नेता दास मानसिकतावाट मुक्त हुदैनन् – तवसम्म नेपालमा बिकास हुदैन । अहिले पनि नेपाल निल्नको लागि भारत सुरसाको मुख खोलेर बसेको छ । नेपाली नेताहरुलाई जनताले खवदारी गरेनन् भने नेपाल रहने छैन । सवैलाई चेतना भया ।
लेखक
नेकपा –(माले) का केन्द्रीय कमिटी सदस्य हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend