जन आकाश
जब देशमा कोभिड १९ को कारण संकट आयो, तब नेपाली श्रमिकहरु आफ्नो थाकथलो फर्कन बाध्य भए किनकी लकडाउन एकदमै कडा थियो, भित्र बाहिर गर्न मानिसलाई गा¥हो थियो । कामकाज ठप्प थियो आर्थिक कारोबार पूर्णरुपमा बन्द हुदै गयो । हुने खानेहरुले अति आवश्यक खाद्यान्न, पेय पर्दाथ, औषधी लगायत दैनिक उपभोग्य बस्तुहरु प्रस्सत मात्रमा संचय गरेर दशैं जस्तै रमाइलो र मोज मस्तीमा जिवन विताईरहेको थिए । तर हुदा खाने अर्थात दैनिकी कमाएर जिविको पार्जन गर्नेहरुलाई भने अभिश्राप नै भएर देखा परेको काभिड १९ राज्यले राहात वितरण गर्ने नाउँमा विभिन्न बाहानामा नागरिकता र घरवेटीको सिफारीस खोज्दै आफ्नो जिम्मेवारीबाट पन्छियो सरकार ।
तर बिभिन्न समस्याको कारण काम गर्दै आएको आफ्नो क्षेत्र छाडेर, आफ्नो थाकथलो र्पmकन बाध्य भएका श्रमिकहरुको यात्रा सहज थिएन । लामो दुरीको यात्रा तय गरी मध्य रातमा अस्थाई बसोबास छाड्दै बच्चा, बुढाबुढी आफ्नो भाडाकुडा र कुल्लो कटुरो बोकेर १२–१३ सयकिलो मिटरको यात्रा पार गर्दै गर्दा भोको पेट खाली खुट्टा आखाभरी आसु लिएर यात्रा गरि रहेको श्रमिकको पिडालाई देखेन सरकारले देशका प्रधानमन्त्री केपि ओली भन्छन् कोइ भोका रहँदैन, रोग र भोकले कोइ मर्नु पर्दैन, घरघरमा ग्यासको पाईप र फ्री ईन्टरनेट शिक्षाबाट कोहि बञ्चित हुन पर्देन । सरकार साथमा छ भन्छन््, राज्य संचालकबाट यस्तो शब्द सुन्दै गर्दा न्युन आय भएका र दैनक श्रम गरेर जिविकोपार्जन गर्दै आएका हुँदा खाने श्रमिकले राज्यबाट केहि गर्ला भन्ने आशा गर्नेहरु भन्न लागे यो सत्ता संचालन गर्नेको सोचाई, बोलाई र गराईमा एक रुपता छैन यो कुरा बास्तविक थियो । प्रम ओलि भन्छन खुसि नेपाली समृद्ध नेपाल हाम्रो बाई लाइन हो तर आज उनको खुसि नेपाली समृद्ध नेपाल भनेको लकडाउन भएको ५ महिना बित्दा पनि आफ्नै भित्री खिचातानीमा अल्झिएर यो महासंकट बिपत्तिको बेवास्था गरी रहनु जनजिविकाको सवालमा मौन बस्नु नै खुशी नेपाली समृद्ध नेपालको आदर्श हो ? त्यहि आफ्नो सर्मथक नेताहरुलाई कुर्शिसम्म पु¥याउने, जागीर दिने, नातावाद र कृपावादको विकाश गर्नु पो रहेछ । उदारणको लागि विभिन्न मन्त्री हेरफेर गर्नुभयो कारण सबैलाई सत्ताको स्वाद चखाउनु थियो तेतिमात्र होइन कुर्सी वलियो पार्नु थियो । उनी भन्छन म भ्रष्टचार गर्दिन अरुलाई पनि भ्रष्टचार गर्न दिन्न यसो भन्दै गर्दा ३० किलो सुन काण्ड, ह्वाइट बढी जहाज काण्ड, केपिको प्रिय पात्र गोकुल बासकोटा अडियो प्रकरण, स्वास्थ्य सामाग्री खरिद प्रकरण, एनसिएल कर प्रकरण र हालै ट्रान्सपरेन्सी ईन्टरनेश्नल र महालेखाले हालै सार्वजनिक गरेको तथ्याङ्क लगायतका कुराहरुबाट प्रष्ट हुन्छ कि यो त एउटा जादुगरले मुरलीको धुनमा बादर नचाए जस्तै हो । नेपाली जनता सोझा, सिधा छन गफमा भुल्याउन सकिन्छ भन्ने उनको कमजोर सोचाई भोलिको निम्ति उनी आपैmलाई अभिश्राप बन्ला कि भन्ने कुरामा किन ध्यान नगएको होला त । नेपाली जनताले बहुमत दिएर सत्ता सुम्पिएको उनको आजीवनको लागि होइन मात्र ५ वर्षको लागि हो र सत्ता उनको पैतृक सम्पती पनि होइन २४० बर्ष राज्य गरेको राज संस्था जनताले नै फालेका हुन् स्मरण रहोस प्रधानमन्त्री ज्यू । श्रमिकहरुका गास, बास, स्वस्थ्य शिक्षा, रोजगार जस्ता आधारभूत हक अधिकारबाट किन जन्ता बन्चीत भइ रहेका छन् यो सरकार रोजगारीको ग्यान्टी गर्न सक्दैन ।
तागत कुर्शीमा होइन जनतामा छ भन्ने कुरा प्रष्ट हुनुपर्छ किनकी २००६ साल, २०४७ साल २०६२÷६३ को जनआन्दोनले प्रष्ट हुन्छ कि जनताको तागत कति छ भन्ने प्र.म.ज्यू ।
अब मुख्य विषय तिर प्रवेश गरौं कोभिड १९ को कारण कष्टकर जिवन विताई रहेका श्रमिकहरुलाई कलकारखानाका मालिक, होटल मालिकले क्रमश बहुसंख्या श्रमिकहरुलाई जागिरबाट निकालि रहेका छन् । ठूलो संख्यामा बिदेशमा अलपत्र पर्नेहरु पनि धेरै नै छन्् तर राज्य श्रममन्त्रालय मुख दर्शक बनिरहेको छ । नेपालको कानून अनुसार २४० दिन काम गरि सकेका श्रमिकले स्थाई नियुक्ति पाउने र उनीहरुलाई कामबाट अवकाश गर्दा विभिन्न नियमहरु सम्बन्धीत निकायले पालना गर्नुपर्ने हुन्छ तर यहाँ त तेस्तो हुँदैन किनकी यहाँ राज्य संयन्त्र कमजोर छ । यहाँ हुँदा खाने को होइन हुनेखानेको पक्षारोपण गर्दैछ सरकार । हिजो सत्ता सिडीसम्म पुग्नको लागि गरेको भाषण घोषणा गरेका प्रतिवद्धता र गरिब मजदुर, किसान हुँदा खाने नेपाली जनताहरुलाई दिएको आश्वासनलाई लत्याउदै अघि बढिरहेको छ हामी र हाम्रो संगठन (पिकोण्ट) यि यस्ता गलत नीति अवलम्बन गर्न, मनोबलमा आच आउने श्रमिकको सपनामाथि कुठराघात गर्ने, नेपाली जनतालाई धोका दिनेहरुलाई नेपाली श्रमिक, जनताले सडकमा ल्याएर दण्डीत गर्नेछन् ।
नेपाली जनतालाई झुटा आश्वासन दिने नेपाली जनताको अभिमतलाई अपहेलना गर्नेहरु माथि धावा बोल्न हामी तयार छौं यदि अभैm पनि नेपाली श्रमिकलाई अपहेलना गर्ने र ब्यवस्थापनमा मुख दर्शक बनेर बस्ने हो भने यो सरकारले ठूलो मूल्य चुकाउनु पर्छ भन्ने कुरा अवगत गराउछौं र श्रमिकको पक्षमा काम हुने गरी रोजगारी गुमाएका र यो कोभिड १९ को महामारीबाट प्रत्यक्ष मारमा परेका श्रमिकको पक्षमा हुने गरी हामी भन्छौं १ खर्बको श्रमिक राहात कोष खडा गरि श्रमिकका समस्याको सम्बोधन गरियोस । छुट्टै श्रमिक आयोग गठन गरियोस र श्रमिकका जल्दाबल्दा समस्याको सम्बोधन गरियोस र श्रम अदालत आई चुस्तदुरुस्त कसैको रबाव र दबावमा नपरी निपक्ष रुपमा पिडीत मजदुरको पक्षमा काम गर्ने वातावरण वनाउनु पर्दछ, रोजगारदाताले आर्थिक गतिविधि, नाफा नोक्सानको बिवरण मजदुहरुलाई उपलब्ध गराउनु पर्दछ र सरकार जनताको साथमा छ भन्ने प्रत्याभुति गराउन सक्नु प¥यो । प्रधानमन्त्री ज्यू आज जनता बत्ति बालेर खोज्दै छन्, सरकार कहाँ छ ?
सरकारलाई जनताको जनजिविकाको सवालमा ध्यान केन्द्रीत हुनुप¥यो, श्रमिकको छातिमा टेकेर सत्तामा पुग्नेहरुले हिजो मजदुरको अधिकारको निम्ति गरेको प्रतिबद्धता र आश्वासनलाई ध्यान दिनु प¥यो नत्र नेपाली श्रमिक जो विभिन्न देशमा र स्वदेशमा रहेका श्रमिकहरुले तपाईहरु सित झुटको खेति गरेर पाएको सत्ताको मूल्य चुकाउन बाध्य गराउने नै छन् । बिदेशमा अलपत्र परेको मजदुरको उद्धार र ब्यवस्थापनमा पनि ध्यान दिनु प¥यो, बिदेशी मुलुकबाट पठाएको रेमिटेन्सबाट नै तपाईहरुका सबै आवश्यकता पूरा र देश बिकाशमा सहयोग पुगेको कुरालाई नर्र्बिसिनु होला नेपाली श्रमिकको रगत र पसिनाको सम्मानबाट मात्र खुशी नेपाली समृद्ध नेपालको परिकल्पना र परिवर्तन गर्न सकिन्छ नत्र त बालुवामा पानी सरह मात्र हुनेछ प्रधानमन्त्री केपि ओलि ज्यू ।
लेखक प्रगतिशिल नेपाल स्वतन्त्र टे«ड यूनियन महासंघका केन्द्रीय महासचिव अभिषेक कोइराला हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend