logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

तिज गीत र कविताको आन्तारिक प्रतिस्पर्धामा सुशिला ढकाल अधिकारीले मारिन बाजी


  • जन आकाश
  • बिहिबार, भाद्र १८ २०७७

आधुनिक साहित्य परिषद्को आयोजना र जन आकाश मिडिया प्रा.लि.को सहजीकरणमा हरितालिका तिजको उपलक्ष्यमा आयोजित दिदीबहिनीहरू बिच आन्तरिक कविता तथा गीत कार्यक्रम सम्पन्न भएको छ । उक्तकार्यक्रमा उत्कृष्ट छ जनालाई लेखन, भिडियो मार्फत प्रस्तुति दिने कवियत्रीहरूलाई पुरस्कृत गरिएको थियो । निर्णायक मण्डलमा डा शैलेन्दुप्रकाश नेपाल र पुष्कर अथक रेग्मी रहनुभएको थियो । सहभागी कवयित्रीहरूका कवितामा दुर्गा भमरकोटेले संक्षिप्त समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । उक्तकार्यक्रममा आधुनिक साहित्य परिषद्, गौरी पव्लिक, पुष्कर अथक रेग्मी र स्माइल व्युटी पार्लरले पुरस्कार प्रायोजन गरेका थिए । उक्त कार्यक्रममा प्रस्तुत उत्कृष्ट छ कवि र कविता ।



२०७७ साल भदौको महिना
यो चेलीको बेदाना सुन्नोस् बहिन ।
घुम्दै फिर्दै यो तीज फेरि पनि आएको
माइत जान मलाई त मन लागेको ।
माइत पर्यो गाउँमा मेरो , घर पर्यो सहर
माइत जान मलाई त ,लाग्यो रहर
खोला पनि बढेको छ ,पहिरो पनि झरेको
यस्तो बेला , घुम्दै फिर्दै तीज परेको ।
आज राती सपनीमा माइती घर देखेको
यो पापी , कोरोनाले बाटो छेकेको ।
नरुनु है मेरी आमा दुनियाँको माझमा
छोरी आउने बाटो हेर्दै झम्के साँझमा ।
घर समाली राख्नु है ,ठूला मेरा दाइले
दिदी सम्झी नरुनु मेरा भाइले ।
दिदी बहिनी टाढा भए, दाजु भाइ नि टाढा
टाढै बसी , मायालाई राख्नु है गाढा ।
कोरोनाको महामारी सबैतिर छाएको
त्यसैले त , हामीले दुःख पाएको ।
यसपालीको तीज त नरमाइलो हुने भो
माइत सम्झी चेलीहरु कति रुने हो ।
बाबा आमा सम्झेर धुरुधुरु रोएको
रुँदा रुँदै आँसुले आँखा धोएको ।
यो वर्ष यस्तै भयो ,पीर नगर्नु आमाले
दर पकाइ खाएर , नाँच्नु मजाले ।
देशै हाम्रो चलेको छ , कोरोनाको कहरमा
तीज हाम्रो बित्ने भो ,रहर रहरमा ।

(महामारीमा तीज) गीत २०७७

प्रतिस्पर्धावाट प्रथम भएको गीत

( सुशीला ढकाल अधिकारी )

 

माहामारिमा तिज ( कविता

 

सधै जस्तो यस्पालिको तिजमा
माइती जाने रहर थियोे
प्राणघाती कोरोनाले
बाटो छेकिदियो
बात्सल्य अवस्थाको
महासागरबाट पार लगाइदिने
त्यो आगनिलाइ सम्झदै छु
जहाँ म उफ्रि उफ्रि खेल्थे
आज तेहि आगनिलाइ
सम्झदै माइती जाने रहर थियो
प्राणघाती कोरोनाले बाटो छेकी दियो
दुख र पिडाका उकालीहरुमा
बाबा र आमाको न्यानो
काख पाएर
थकाइ मेटाउथे
आज पनि तेहि बर्ष दिनभरिको
थकाइ मेटाउन चाहन्थे
हो मलाई आज पनि
तेहि माइतीघर जाने रहर थियोे
तर प्राणघाती कोरोनाले
बाटो छेकिदियो
त्यो आगनमा खेल्दा
फराकिला र सहज लाग्ने
बाटाहरु
आज किन हो
सागुरो र असहज लाग्दैछन
आफ्नो छातिलाइ ढाल बनाएर
छेकिन्थ्यो आधिबेरिलाइ
हो आज तेहि माइतीघर
जाने रहर थियोे
प्राणघाती कोरोनाले
बाटो छेकिदियो
हाम्रो जिन्दगीलाई
आफ्नो भविस्य ठानेर
कहिल्यै नथाकिकन
डोर्‍याइरहने
मेरा प्यारो माइतीघर
बर्ष दिनमा सगै बसेर
सुख दुख साट्ने मन थियोे
प्राणघाती कोरोनाले
बाटो छेकिदियो
सगै खेल्ने साथी संङ्गि
म सगै अग्लिएका
सल्लाका रुखहरु
भिरपाखामा
घासदाउरा गर्न जाने
गोरेटोबाटोहरु
अनि पानी भर्न जाने पधेरोलाइ
एक पटक हेर्ने मन थियो
प्राणघाती कोरोनाले
बाटो छेकी दियो
नदियो साथी संङ्गी भेट्न
नदियो मनको पोको
फुकाएर गाउन
रहर थियोे दिदिबहिनी
सग सगै कम्मर मर्काएर नाच्न
रहर जति सबै कोरोनाले लगिदियो
प्राण घाती कोरोनाले
बाटो छेकिदियो ।


(लिला माया ढकाल गौतम) धापासी ६

(महामारीमा तीज) तीजगीत

दशै औंला जोडेर सबलाई हार्दिक नमन ।
यो तीजको सबैलाई शुभकामना ।
सफा अकाश, घाम लागी भए पनि घमाइलो,
तीज आए नि यसपालि त छैन रमाइलो ।
कोरोनाका कारण एकसाथ विश्वै जल्या’छ ,
हामी सबको सपना यसै ढल्या’छ ।
एकातिर कोरोनाको यत्रो महामारी छ,
अर्कातिर बाढी, पहिरो, वर्षा भारी
छ ।
भ्रष्टाचार, हत्याहिंसा, बलात्कार, ।।। नि उस्तै छन्,
न्यायधर्मी मुखुण्डाले देशै चुस्दै छन् ।
यो कोरोना भाइरसले त झनै कहर बढा’छ ,
एक् चुलाकै मान्छेलाई नि टाढा बना’छ ।
ख्यालठट्टा गरे झैं योसँग नजिस्कौं,
सकेसम्म घरबाट बाहिर ननिस्कौं ।
सेनिटाइजर, मास्क अनि साबुन पानीलाई,
सदा सदुपयोग गरौं बरिलै ।
घरमा नि कत्ति पनि हुन्न भीड गरन,
आऽऽऽफनै कारणले जाला परान ।
सफासुग्घर भएर आत्मबल बढाऔं,
सुरक्षित आफू साथै सबलाई बनाऔं ।
महामारीको बीचमा आएको यो तीज,
भिडियो कल​कै बीच​मा रमाऔं बरिलै ।
पैतालामा दबाएर सब दुःख पीडालाई,
भिडियो कल् र जुम​मा जमौं बरिलै ।
आत्मबल बढाएर सचेत कदम चाले’सी,
भेट्न पाउँछौं कोरोना भाइरस ढाले’सी ।
यसै गरी चारैतिर यो भाइरस ढले’सी,
जम्घट् गरी रमाऔंला ज्योति बले’सी ।
छिटै पूरा होऊन् हामी स​ब​का मनका चाहना,
यो तीजको पुनः सबलाई शुभकामना ।।।
हजुरहरू स​बैप्रति यही छ मनको चाहना,
दीर्घ जीवन सुस्वास्थ्यको शुभकामना ।।।
विश्वास​ ग​रौं स​बैले प​क्कै ह​ट्छ​ बेहाल​,
अहिलेलाई बिदा हुन्छु, ज​य​ नेपाल​ ।।।
धन्यबाद ।

च​न्द्रा न्यौपाने
जन्म तनहूँ
हाल टोखा नगरपालिका, ८

बानियाँटार, जालपाचोक
काठमाडौं ।

 

 

(माहामारिमा तिज)

 

तिजको रहर आयो बरिलै
तिजको रहर आयो बरिलैूभन्दै
रातो पहिरमा पोहोर सालझै सजिएर
तिम्रो आगमको उमङ्ग सगै छमछम नाच्ने म
कैदी जस्तै बनेर अच्कल्टो रहरहरुमै
मनाउदै छु यसपालि तिज ।
हजारौं बिडम्वनाहरु
निदाउन अघि थाती राखेर
आँसुले परेली भिजाउदै बिउझने
बिहानि छ
तिम्रो आगानको उत्साव मनाउदै
क्षणिकताको खुसि बटुलेर
बाध्यताको भुमरीमा
मनाउदै छु यसपालि तिज ।।
विकासले फुलेको विश्व सुगन्ध
रित्तीऐको फुल झै बन्दा
मेरो देश
आसुको सागरमा डुबिरहेको बेला
अधुरो आशाहरु
मन भित्र राखेर
यसपालि मनाउदै छु तिज।
अगेनाको नजिक
पोहोर पाकेको मिष्ठान र परिकारहरुको
समझनामै
खरानी जस्तै भएका सपनाहरु बोकेर
हृदय छियाछिया बनाई
तिम्रो आगमनको आभाषमा रम्दै
म मौनतामै मनाउदैछु
यसपालि तिज

तिजको रहर आयो बरिलै भन्दै छमछम नाच्न
साथि र सँगि सँग कमर भाच्ने अधुरो सपना भबिस्य
लाई साचेर
जिन्दगी जीवन र मृत्यु सँग लडिरहेको बेला क्षणिकताको मुस्कान बटुलेर
पिञ्जडा भित्र बसी मौनतामै मनाउदै छु
यसपालि तिज

बिजयीता भण्डारी झापा

 

महामारीमा तीज कविता
घातक रोग कोरोना चाइनाबाट जन्मियो
महामारी रूप लिँदै विश्व घुम्दियो
चाइनाबाट युरोप हुँदै अमेरिका गयो नी
नेपालमा त आउँदैन कि भन्ने थियो नि
अरू देशमा सकेर नेपालमा आको छ
भुसको आगो जसरी फैलिराको छ
कोरोनाको कहरको कहरले अस्तव्यस्त बनायो
अर्को विपत बाढी पहिरो घर खेत बगायो
समयमा धान रोपी रमाएका किसान
बाढी आई बगाई लग्यो छैन निशान
धनजनको क्षति भयो माटोसरि पुरियो
मर्ने मरे बाँच्नेको विजोग भैदियो
भौगोलिक विविधता नेपालको जमिन
वर्षै आउँछ वाढी पहिरो नयाँ होइन
वर्षायाम शुरू हुन्छ अनि काम गर्दछन्
हिसाब किताब मिलाउन लागि पर्दछन्
जुनै जोगी आए पनि कानै चिरा रहेछन्
देश अनि जनतालाई घात गर्याछन्
कहिले आउला नियम कानुन अत्याचार रोकनी
भ्रष्टाचार गर्नेलाई गोली ठोकनी
एकात्मक बाढीपहिरो अर्कोतिर कोरोना
दिनै खाली भएन मान्छे मरन
अरू रोग लागे पनि कोरोनाकै शङ्का छ
अस्पताल डुलाउँदैमा ज्यान गाको छ
ज्यान बचाउने आशा बोकी अस्पताल पुर्याउछन्
स्वास्थ्यकर्मी विरामीलाई छुनै डराउँछन्
दुई दिनको जीवन खै कसरी साँच्ने हो
जसले जित्छ कोरोनालाई उहीँ बाँच्ने हो
निर्मुल हुन्न कोरोना सावधानी अपनाउँ
विशेष काम नपरी बाहिर नजाउँ
यसपालिको तिज पर्व घरमै बसी मनाउँ है
दर खान भेला हुँदै कतै नजाउँ है
घातक रोग कोरोनालाई जित्न सके बाचौला
अर्को साल तिजमा सङ्गै नाँचौला
धेर्य भई महामारीको गरौ सामना
महान पर्व तीजको शुभकामना ।

 


जानुका थापा रायमाझी
बुढानिलकण्ठ ८,गोल्फुटार

 

महामारीमा तीज – कबिता )

बिश्वभरी कोरना मौलाएको छ ।
यो भयावहमा अहिले मान्छे सँग
मान्छे तर्सिन्छन् । झन नयाँ मान्छे
देखे भने त अपराधी झैँ हेर्छन ।
एकापसमा छुवाछुत बन्दनै छ ।सामाजिक
दुरी कायम गर्नु सिवा
अरू कुनै विकल्प रहेन ।

म त गाउँमा जन्मे हुर्केकि एक
किसानकि छोरी हुँ । काठमाडौंको एक
युबक संग बाबाले मेरो बिहे गरी दिनु
भयो र म अहिले काडमाडौं सुकेधारामा
घरजम गरी बस्दै आएकि छु ।
यो शहरमा पनि के बाँकी छाड्थ्यो र कोरनाले
सातो उडाएको छ । दिनहुँ डर त्राशमा
मान्छे निन्याउरो मुख लगाइरहेका छन
भो यो साल मलाई लिन नआ है भाई ।।।। ।।।।
गाउँबाट
यस्तो कहाली लाग्दो बेलामा
भोक लाग्दा खानेकुरा नपाउँलास् प्यास
लाग्दा पानी नपाउलास् थाकेर गल्दा
चौपारीमा बस्न नपाउलास् । तसर्थ
मलाई तिजमा दिदी लिन जान्छु भन्दै
फुर्किएर यसपाली शहरतिर नआएकै बेश होला भाई ।

गाउँमा बाढी र पहिरोको जोखीम छ ।
पल्लो गाउँ त सखापै पारी सक्यो भन्छन ।
जन धनको कति क्षति भयो मुल्याङ्कन छैन रे
समाचारमा सुनेको मैले ।
हाम्रा पनि बुढा छन् बाञ्आमा
तेरा सन्तान पनि साञ्साना छन् ।
चनाखो भएर बस्नु , भाई माथीतिर हेर्दै ।
बिगत,भुइचालो ले थर्काएर कमजोर
बनाएको घरको धुँरीखाँभो जसोतसो अडिएको
ओत लाउने छानो र पाली
डाँडा भाटा जिर्ण भैंसकेका होलान ।
हेर भाई । यदि ढल्न थाल्यो भने हतपत
सुरक्षित ठाउँमा लगेर बुबा आमा, बुहारी र
केटाकेटी हरूलाई कसै गरी बचाउनु ।
तिजमा दिदीले खालीन भनेर घिउ
साँचेको होलास, मह काडेको होलास,
अमिलो पेलेको होलास, खुर्सानी सुकाको
होलास् अनि तामा अमिल्याउन
गालेको होलास ,टाइचिनको
च्यूरा बोरा भरी ,राखी दिएको होलास् ,
कुराउनी पकाउन छिमेकिमा गाई भैंसिको
दुध भनेको होलास, सेल पकाउने
बन्दोबस्तो मिलाको होलास है
तर यो महामारीको तिजमा मेरो प्यारो भाई ।।। ।।
तँ कसरी लिन आउछस रु
लिन नआइज है रु त आफैलाई थाहा छ मेरो भाई ।
साधन गुडेका छैनन सडकमा ।
फाट्ट फुट्ट गुडाउने हरूलाई पनि पुलिसले
समातेर जरिवाना तिराको छ रे भन्ने सुन्छु ।
हेर भाई । यो कष्ट झेल्नु भन्दा
दिदी बहिनी लिन भन्दै यस्तो भिसम परिस्थितिमा
आ)आफ्नै घरमा बस्नु उचित हुन्छ ।
दिदीको कुरामा अन्यथा नमानेस है भाई रु
वर्ष दिनको चाडमा आमाको हातले
पकाएको मिठा मिठा परिकार
खान त कुन चेलिको मन हुँदैन र भाई ।
त्समा पनि अझैं तैँले घोटेको कुरानी संझिदा त झन
मुखै रसाएर आउछ भाई ।
संझनाले छाती पोलेको छ के गरू
सहज भएछ र चौतर्फी खुलेछ भने
लगतै दशैं तिहार मनाउँलानी संगै बसेर ।
दुख नमान है भाई रु
म माइती आउँदिन यो साल ।
संसार रोएको बेला ,छ ।
चेलीले माइती सम्झदै र माईतीले चेली
सम्झदै तिज मनाउँ ,यो पाली ।
यो मन तड्पाउँदै , अनि आँसु बहाउँदै ।


शुचिता काफ्ले
सुकेधारा, काठमाडौं ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend