जन आकाश
(दुई मिनेट समय निकालेर पढौ ल)
मलाई रक्तचाप (Blood Pressure) र मधुमेह (Sugar) को समस्या थियाे। त्यसैले सवेरै नियमित जचाँउने डाक्टरकहाँ पुगें। डाक्टरको क्लिनिकबाट बाहिर उनकाे बगैंचाकाे दृष्य स्पष्ट देखिएकाे थियाे। जहाँ डाक्टरसाब याेग र ब्यायाम गर्दै थिए। करिव १ घण्टाको प्रतिक्षा पश्चात् डाक्टर आफ्नाे लागि कागती पानी लिएर आए र कागती पानी पिउदै मेरो रक्तचाप जाँच गर्न थाले। उनले मलाई भने अब तपाईंले औषधी बढाउनु पर्ने भयाे। उनले प्रेस्क्रिप्सनमा ७/८ वटा औषधीकाे नाम लेखे। उनले मलाई औषधी नियमित रुपमा खान सचेत गराए। मैले उत्सुकतावश डाक्टरलाई साेधें के तपाईं सधैं याेग र ब्यायाम गर्नुहुन्छ? डाक्टरले भने- ‘विगत १० वर्ष देखि म याेग र व्यायाम गर्दैछु । यही कारण रक्तचाप तथा मधुमेह लगायतका राेगहरुबाट म सुरक्षित छु। म आफ्नाे हातमा लिएकाे प्रेस्क्रिप्सन हेर्दै थिएँ जसमा तिनै डाक्टरले रक्तचाप तथा मधुमेहलगायतका रोग कम गर्नका लागि थुप्रै औषधि लेखिदिएका थिए।…..
एक दिन टाउकाे बेस्सरी दुखिरहेकाे थियाे। त्यसैले म औषधि पसलमा गएँ। पसलमा साहुजी हैन कामदार थिए। उनले मलाई टाउकाे दुखेकाे सञ्चाे हुने १ पत्ता औषधि दिए। उनलाई मैले साेधें- ‘साहुजी खै त ?’ उनले भने -‘उहाँ त टाउकाे बेस्सरी दुख्यो भनेर बाटाेपारीकाे कफीहाउसमा कफी पिउन जानुभाछ।’ ‘एकछिन मै आइहाल्नु हुन्छ।’ म आफ्नाे हातमा लिएकाे औषधिकाे पत्ता हेर्दै थिएँ। ….
अर्को एक दिन म आफ्नाे श्रीमतीका साथ एउटा ब्युटी पार्लरमा गएँ। श्रीमतीजीलाई केशविन्यास (Hair Treatment) गर्नुथियाे किनभने उनकाे कपाल रुखाे र दराे भएकाे थियाे। सोधपुछ कक्षमा बसेकी युवतीले हामीलाई थुप्रै प्याकेजका बारेमा बताईन्। पैसा देखि लिएर ती प्याकेजका फाईदाहरुका बारेमा बेलिविस्तार लगाईन्। प्याकेज ३००० रूपैंया देखि ८००० रूपैंयासम्मकाे रहेछ। केही समय बार्गेनिङ चलेपछि ५००० रूपैंयाकाे प्याकेजमा ५०० रूपैंया छुटगरी ४५०० रूपैंयामा केशविन्यासको मूल्य तय गरियाे। केशविन्यास गर्ने दौरानमा विन्यास गर्ने युवतीकाे कपालबाट मनमाेहक बास्ना आईरहेकाे थियाे। मैले उनलाई साेधें -‘ तपाईंले आफ्नाे कपालमा के लगाउनु भएकाे छ ?’ वास्ना त मीठाे छनि त!’ उनले भनिन् – ‘तेलमा मेथी र कपुर घाेलेर लगाएकी छु। यसले कपाल नरम, मुलायम बनाउनुका साथै कपाल छिटाे बढ्ने र मजबुत हुने गर्छ।’……म आफ्नी श्रीमतीकाे अनुहार हेर्दै थिएँ जो पैंतालीस सय रूपैंया तिरेर आफ्नाे कपाल नरम बनाउँदै थिईन्।…….
मेराे एउटा हुनेखाने साथीकाे एउटा ठूलो डेरी फार्म छ। म एकदिन उसको दुग्धशालामा पुगें। जहाँ करिव सयओटा विदेशी गाईहरू थिए। गाईहरूको दूध मेशिनद्वारा निकालेर प्रशोधन भइरहेकाे थियाे। केही पर दुईओटा स्थानीय जातका गाईहरू हरियाे घाँसपात र दाना खाँदै थिए। मैले जिज्ञासा राखें – ‘किन यी दुई खाले गाई?’ साथीले भन्याे – ‘आफ्नाे घरमा बिदेशी गाईकाे दूध जाँदैन। घरपरिवारकाे प्रयाेगका लागि त स्थानीय दुईओटा गाईकाे दूध, दही र घ्यू मात्र प्रयाेग हुनेगर्छ।’…….
म तिनीहरुका बारेमा साेच्दै थिएँ – जसले ब्रान्डेड दुधलाई उत्कृष्ट मानेर किन्ने गर्छन्……..।
हाम्रो घर नजिक एउटा प्रसिद्ध रेष्टुरेन्ट छ जुन आफ्नाे विशिष्टता, शुद्ध एवम् स्वादिष्ट खानाकाे लागि चर्चित छ । एक दिन हामी जोईपोई खाना खान त्यही रेष्टुरेन्ट गयौं। खाना खाईसेपछि रेष्टुरेन्टबाट निस्कँदैगर्दा त्यहाँकाे मेनेजरले विनय पूर्वक जिज्ञासा राखे – ‘सर खाना कस्तो लाग्याे ? हामी विशुद्ध घिउ, तेल र मसला प्रयाेग गर्ने गर्छौ। हाम्रो काेसिस छ घर जस्तै खाना र वातावरणको अनुभव हाेस् हाम्रा ग्राहकहरुलाई।’ हामीले खानाकाे प्रशंसा गरेपछि मेनेजर हामीलाई आफ्नाे Visiting Card दिनका लागि आफ्नाे क्याविनमा गए। काउण्टरमा एउटा तीन खण्डकाे स्टिलकाे टिफीनक्यारियर राखिएकाे थियाे । एउटा वेटरले अर्काेसँग भन्याे – ‘दिपक, सरकाे खाना भित्र क्याविनमा राखिदेउ। ग्राहक गएपछि खानुहुन्छ सरले।’ मैले वेटरसँग साेधें – ‘के मेनेजर सावले याहाँकाे खाना खानुहुन्न?’ वेटरले जवाफ दिए -‘ सरले कहिल्यै यहाँकाे खाना खानुहुन्न। सधैं नै घरबाट ल्याएर खानुहुन्छ।’…..म आफ्नाे हातमा रहेकाे झण्डै दुईहजार रुपैंयाको बिललाई हेर्दै थिएँ……..
#मेराे बुझाई / सिकाई :
उपराेक्त घटनाहरूबाट मेराे जीवनमा तलका जस्ता केही नविनतम सिकाइ हासिल भएकाछन्:-
१. हामी जसलाई असल जीवनशैली भनेर बुझ्दै आएका छौँ, त्याे हामीलाई भ्रमित गर्ने माध्यम मात्र हुन् । हामी बैंकको ATM हौं जसबाट कुशल ब्यापारीले ठूलाे धनराशी निकालिरहेका छन् ।
२. प्रायःजसो जुन चिजहरु हामीलाई बेचिन्छ ती चिज हरु स्वयम् बिक्री गर्नेले भने प्रयाेग वा उपभाेग गर्ने स्तरका हुंदैनन्।सुदर्शन पराजुलीको फेसबुकवाट
copied
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend