जन आकाश
“हायू” समुदायको इतिहासलाई बिनोद श्रेष्ठको कलमवाट हेर्दा
“हायू” वायूको उत्पत्ति हुनु पूर्व लंकाका देवगणहरूको इतिहाससँग नाता जोडिएको छ । लंकामा ठूलो लडाई भयो । लडाईमा भागदौड मचिए । यसक्रममा देवगणहरू भागाभाग गरे । भागाभाग गर्ने क्रममा लंकाबाट विभिन्न भाइहरू छिन्नभिन्न भए ।
‘हायू’ जातिको सभ्यता र विकाससँग जोडिएको मूल मर्म लंकाका राम रावण युद्धसँग इतिहास गाँसिएको छ । उनीहरूले लंकाबाट धनुषवाण, ढोलक, दुमुकु विभिन्न गहनाहरू सँगै ल्याए ।
छिन्नभिन्न हुने क्रममा उनीहरू बिभिन्न दिशा लागे । आ–आफ्नो जिम्मेबारी सम्हाले । उनीहरू जिम्मेवारी हुँदापनि रमाइलो गर्न छोड्दैनथे । गाउँथे, नाच्थे । यसरी आउँदै गर्दा हाल नेपालको भूमि विशेष गरी सुनकोशी, अरूण, तमोर, लिखु नदीका किनार देखि गौरापर्वतको तल बीच भागमा बसोबास गर्न थाले ।
छिन्नभिन्न भाइहरू जिरेल, सुरेल, सुनुवार, राई, लिम्बु ‘हाई’ वायू जातिका बने । जसको प्रमाण दाजुहरूले वोक्न दिएका वाण, तिर, दुमुकु लंकाबाट ल्याएको आज पनि ‘वायू’ हायूसँग जीवित छ ।
हिड्न सक्ने दाजुहरू जिरेल जिरीतिर, सुरेल सुरीतिर र सुनुवार भुजी प्रीति र राई लिम्बु, अरूण, तमोर, लिखु नदीको किनारमा बसोबास गरे । बिस्तारै उनीहरूले बाँच्नको लागि सिकार खेले ।
‘हायू’ कान्छा वायू जातिले सुनकोशी नदीको किनारमा बसोबास गर्यो । दाजुहरूले आउने बाटोमा रिसा, बोहोरी काटी चिनो राखे ।
काटिएको रिसा (केरा) पलाएको र बोहोरीको रूखको कालो चोप देखेपछि दाजुहरू छोडी धेरै माथी पुगे भन्ने उसले सम्भ्रयाे । कान्छा ‘हायू’ सानै थिए । म अव माथी जान सक्दिन भन्दाभन्दै पनि ऊ सुनकोशी किनार माथीको पालीगाउ“ मुडाजोरमा आइपुग्यो ।
रामेछाप जिल्ला रामेछाप नगरपालिकामा अवस्थित उप्छीमीरानी मन्दिर (महाकाली देवी) माथी ताक्पा तौरामा आइपुग्दा दुमुकु निक्तिङ्क निक्तिङ्क गरी बज्यो । बाजा आफै बजेकै ठाउँमा बस्न उचित सम्झेर उसले त्यही बस्ने अठोट गर्यो ।
उप्छीमीरानी ‘महाकाली देवी’ भएको ठाउँमा एउटा देवी कन्या देखिए । तत्कालै देवी अल्प पनि भए । आज त्यस देवीलाई महाकाली देवी भनेर सबैले पुजा गर्छन् । उनीहरूले त्यही घना सालको जंगल फडानी गरेर बसे । जसमा प्रमाण छ्याजु, पुजु, इक, च्यायू, भञ्ज्याङ्ग, ताक्पातौरा गौरापर्वत, लिखु, तामाकोशी, सुनकोशी बीचको भूभागमा किला सीमा बनाई राजकाज गरी बसी आएको इतिहाँस साँचो छ ।
तर, केही कालखण्डमा हायूलाई दास सरह मानियो । हायूहरू पछि परे । तर पछिल्लो समय सरकाले पनि हायूलाई लोपोन्मुख जनजातिको सूचिमा राखेको छ । आज हायूको अवस्था केही केहिको जिवनस्तर राम्रै भएपनि धेरै जतिको एकदमै दयनीय देखिन्छ । हायूको जग्गा जमिन केही टाठा बाठाहरुले कव्जा गरेका छन । उनीहरूलाई सुकुम्वासी बनाएका छन् । यो रामेछाप नगरपालिकाको दयनीय अवस्था हो । हायूहरूको कुल देशको जनसंख्या मध्य यसै रामेछाप नगरपालिका भित्र पन्चानव्वे प्रतिशत बसोबास् गर्दछन् । बाकी ५ प्रतिशत मात्र अन्य ठाउँमा ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend