जन आकाश
समाज सेवी पुरन बानियाँ
पोखराको लामाचौर र बाटुलेचौर गरी दुई ठाउँम बानियाँहरूको ठूलो वस्ती छ । यस बाहेक सानातिना फाट्ट फुट्ट वस्ती पनि निकै ठाउँमा छन् । सानो वस्ती मध्य ढुङ्गेसाँघुको वस्ती ५ पुस्ता अगाडि पुरनका जिजुले म्याग्दीको पुला भत्रे ठाउँबाट वसाइँ सराइ गरी आएर विकास गर्नु भएको हो । त्यो समूहले ढुङ्गेसाँघु आई मिहिनेतका साथ राम्रो प्रगति गरी सामाजिक प्रतिष्ठा समेत आर्जन गरेको थियो । त्यसै प्रतिष्ठाको आधारमा पुरनका हजुरबाले सरकारबाट गाउँको जिम्मावाल को ओहदा प्राप्त गर्नु भएको थियो ।
जिम्मावाल परिवार त्यहाको मध्यम वर्गीय उच्च परिवार थियो । तत्कालीन परिवेश अनुसार जीविकोपार्जन को लागि जिम्मावालले चाँहिदो घरघडेरी खेतवारी र पशुआदि सबै सम्पत्ति को व्यवस्था गरेर स्वर्गे हुुनुभएको थियो । तर पुरनको बाबु बलबहादुरले त्यो सम्पत्तिको वास्था गर्नु भएन । उहाँ ५ कक्षा पछि स्कुल पनि जानु भएन र घरखेतको काम पनि गर्नुभएन । बरू १६ वर्षको कलकलाउदो उमेरमा साथीहरूको लहै लहैमा लागेर भारतको बम्बई सहरमा जानु भयो । त्यहाँ ठूलो संघर्ष पछि रिजर्भ बैंक अफ ईन्डियामा काम पाउनुभयो । बैंकको नोकरी छउन्जेल बलबहादुरको सबै परिवार कोचिएर भएपनि बम्बईको बैंकको क्वार्टरमा बस्न वाद्य भयो । यस्तो बसाइ बिसौ वर्षको भयो । सन् १९८० मा बैंकबाट अवकाश प्राप्त गर्नुभयो र पोखरा फर्किएर १९८२ मा उहाँको देहान्त भयो । उहाँका २ वटी श्रीमती थिए । जेठी पुरन की आमाको नाम धर्म कुमारी र कान्छीको नाम शुभकुमारी थियो । दुवै परिवारबाट उहाँका ५ छोरा र २ छोरी थिए । जेठी पुरनको आमा पट्टि ३ छोरा र १ छोरी को जन्म भयो ।
पुरनको जन्म आज भन्दा ६५ वर्ष अगाडि बम्बईको माटुँङ्गा भत्रे ठाउँमा भएको हो । बलबहादुर र धर्म कुमारीका ३ छोरा र १ छोरी मध्ये पुरन कान्छो हो । र पुरन बाहेक सवै बालबालिकाको जन्म पोखरामा भएको हो । पुरनको बाल्यकाल बम्बईको घरमा माता पिताका साथ वित्यो । उनले कखरा घरैबाट सिके । तर दुखको कुरा ६ वर्षको उमेरमा मात्रृशोक प¥यो । तैपनि कतै मिल्दो काम पाए काम पनि गर्ने र अध्ययन पनि गर्ने गरेर ७ कक्षा सम्म सरकारी स्कुलमा र त्यस पछि एस.एल.सी. सम्म महर्षि दयानन्द स्कुल बाट उत्तीर्ण गरे । तत्पस्चात बम्बई युनिभर्सिटीबाट बि.कम, एम.कम र एल.एल.बि. उत्तीर्ण गरे ।
भाग्यवस स्कुल जीवन देखि नै पुरन पढाइ र खेलकुदमा अब्बल विद्यार्थी भएकोले सबैले उनलाई राम्रो मान्दथे । त्यसले उनलाई अध्ययन र नोकरीमा मदत पु¥यायो । हुँदै जादा २२ वर्षको उमेरमा स्नातक पुरा गरेपछि पुरनले औपचारिक रूपमा जर्मनीको मल्टी नेशनल कम्पनीमा तालिम सहायकको पदमा मासिक भा.रु.४०० तलव आउने गरी नियुक्ति पाए । उनको उच्च तहको अध्ययनले गर्दा जीवनमा नयाँ सम्भावनाका ढोकाहरू खुल्दै गए ।
उनलाई सन १९५५ देखि १९८२ सम्म २७ वर्ष भारतको निरन्तर बसाइमा दर्जनौं संघसंस्थाहरूमा काम गर्ने अवसर मिल्यो । खाडी राष्ट्रमा पनि ३ वर्ष काम गरे । पुःन भारतमा फर्केर केही वर्ष काम गरेपछि अन्ततः सन १९८६ मा नेपाल फर्केे । तत्पश्चात हालसम्म आप्mनो नयाँ व्यवसायमा निरन्तरता दिदै छन ।
जीवनको दौरानमा बहराइन, ओमान, संयुक्त अरब इमिरेट्स, इटली र चीनमा समेत ३—४ वर्ष काम गर्ने अवसर मिल्यो । यस मानेमा आपूmलाई भाग्यमानी ठान्दछन् । तर पनि उनलाई मुख्य सम्झन लायक काम भने भारतको बम्बई स्थित युनिट ट्रष्ट अफ इण्डिया जहाँ ताजा ५०० युवा स्नातकहरूसाथ भर्ना भई ३ वर्षसम्म काम गर्ने अवसर मिल्यो । त्यसवखत अनेकौ खेमाका साथीहरूसँग काम गरेको सम्झदा आपूm ऐलेपनि बम्बईमा छु की जस्तो लाग्छ । दर्जनौं व्यक्ति सम्पर्कमा छन् । अभैmपनि भारतको बम्बई गएर समय समयमा तिनीहरूसँग भेट गर्दै छन् ।
नोकरीकै सन्दर्भमा भारतका धेरै प्रान्तहरूको भ्रमण गर्नेे अवसर मिल्यो । उनलाई भारतको राष्ट्रिय स्तरको रेशम ९सेरीकल्चर०को बारेमा अनुसन्धान को लागि खटाइएको ले जम्मु कश्मिर, वेष्टबंगाल, कर्नाटक, तामिलनाडु र आन्द्रा प्रदेश समेतको करिव ८० प्रतिशत गाउँ र जिल्लाहरुको भ्रमण गर्ने अवसर प्राप्त भयो, जुनकुरा उनका लागि सम्झन लायक रह्यो ।
पुरनलाई थाहा भएको उहाँका ५ पुस्ता सम्मको जीविकोपार्जनको उपाय खेतीपाती र पशुपालन मा सिमित रहेको थियो तर बलबहादुरले यो प्रथा तोडेर बम्बईमा जागीर गर्नु भएको हुनाले छोरा पुरन पनि जागीर खाने वा व्यवसाए गर्ने सोचाइमा थिए । पुरनका साथीले पनि एउटा उद्योग सञ्चालन गर्न उक्साइरहेका थिए । यसै मुताविक पुरनले व्यापार सुरु पनि गरे । तर भारत सरकारको नियमानुसार त्यो उद्योग बन्द गर्नुपर्ने भएकोले तुरुन्त बन्द गरे । त्यसपछि १९८६ देखि नेपाल आएर उत्पादन उद्योग सञ्चालन गरेर हाल सम्म निरन्तरता दिइरहेका छन् । हाल कोरोनाको प्रभावले गर्दा केही महिना देखि लकडाउनमा परेकाछन ।
अत्यन्त मिहिनेति पुरन बानियाँ ६ वर्षको कलिलो उमेरबाट आमा नहुँदा पनि नेपाली उखानमा “टुहुराको दिन फिर्छ, विधवाको दिन जान्छ” भत्रे चलन भएभैंm, पुरन पनि जीवनको हरेक मोडमा आरोह अवरोह पार गर्दै अगि बढे । उनले हरेक कुरा आपैm निर्णय गर्न पर्ने भयो । यत्तिकैमा २०५१ बैशाख १ गते सुश्री गायत्री राउतसँग बिवाह वन्धनमा बाधिए । अव पुरनको जीवनमा काँधमा काँध थपियो । गायत्री एक कुशल गृहिणी भएर पनि श्रीमानको व्यवसाय पार्टनर पनि हुनुभयो । पुरन एक सफल व्यवसायी मात्र नभएर बालबच्चाका लागि अशल पिता पनि भए । उनको जेठो छोरा आइटी इञ्जिनियर अमेरिकामा कार्यरत छन् । कान्छो छोराले भक्तपुरको वालकोट आप्mनै बानियाँ भवनमा एलजी इलेक्ट्रोनिक सो रुम सञ्चालन गरेकाछन् । त्यस पछिकी कान्छी छोरीे मेकानिकल इञ्जिनियरको अन्तिम कक्षा अमेरिकामा पुरा गर्दै छन् । यसरी आप्mना परिवारका लागि अविभावकले निभाउनु पर्ने भूमिकामा कुनैकमी आउन दिएका छैनन् ।
नोकरी र पर्यटन भ्रमणको सन्दर्भमा भारतको ७५% र नेपालको ५० % भूभाग पुरनले भ्रमण गरेका छन् । धर्मपत्नीका साथ वङलादेश, हङ्कङ्, फ्रान्स, इटाली, जर्मन, स्विजरल्याण्ड्, बेलायत, अमेरिका, जापान, सिङ्गापोर, थाइल्याण्ड, आदि देशहरूको भ्रमण गर्न भ्याएका छन् । भ्रमणको अवसरमा रमाइलो दृस्यावलोकन गर्ने, आनन्द लिने मात्र नभई आप्mनो व्यवसायलाई फराकिलो पार्न महत्वपूर्ण ग्राहकसँग भेटघाट र भलाकुसारी गर्ने पनि अवशर मिल्यो ।
सामाजिक क्षेत्रमा पनि सेवा गर्न उनी बाल्यकाल देखि उत्सुक थिए । समाज सेवातर्पm पशुपति नाथको कृपाले उत्सुक गराएको ठान्दछन् । समाजबाट कुनै फलको आश नगरी दृढभएर लागेका छन् । उनलाई आप्mनो बारेमा प्रचार प्रशार गर्न मन पर्दैन । आप्mनो श्रीमती र छोराछोरीहरुलाई समेत सबैले आप्mनो आयआर्जनबाट कम्तीमा पनि १ प्रतिशत रकम निस्वार्थ भावले धर्तीमाताको सेवाकोलागि छुट्याउनु पर्छ भन्ने सल्लाह दिन्छन् ।
उनले समाजलाई पु¥याएको योगदान मात्रको फेहरिस्त उतार्ने हो भने एउटा पुस्तक नै तयार हुन्छ । जुनकुरा यो छोटो चिनारीमा सम्भव पनि छैन । बानियाँ बन्धु लगायत धेरै संघसंस्था हरुलाई सेवा पु¥याएका छन् । २०७२ सालको भूकम्पमा पनि पीडित हरुलाई आप्mनो नेपालका चिनेजानेका साथीहरू बाट राहत संकलन गरी वितरण गरेका थिए । यतिमात्र नभई बम्बईका पुराना साथीहरुबाट समेत राहत संकलन गरी पीडितमाझ पु¥याएका थिए ।
यस्ता उद्योगी एवम् समाज सेवी, अरूको उन्नति र प्रगतिमा रमाउने समाज सेवामा आप्mनो जीवन देख्ने सघर्षशील र प्रेरणा दायक, साथी भाइ, तथा अग्रज अनुजका लागि उत्प्रेरक उर्जा प्रदान गर्ने पुरन बानिाँको बारेमा सामान्य जानकारी गराउने उद्देश्यले यो पंक्तिकारको सानो प्रयास मात्र हो । सधैं हसिलो मुहारमा रहने हँस—मुख पुरन बानियाँका आगामी दिनहरू अझ ससक्त भएर समाज सेवामा लागिरहुन्, र समाजले पनि उनको सेवा निरन्तर पाइरहोस भन्ने कामनाका साथ कलम बन्द गर्दछु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend